मध्यपहाडी लोकमार्ग ९२ किलोमिटर सडक कालोपत्रे - Palikanews.com
Connect with us

गण्डकी

मध्यपहाडी लोकमार्ग ९२ किलोमिटर सडक कालोपत्रे

  • 39
    Shares

राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्ग (पुष्पलाल) बागलुङ खण्डको ९२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी खण्डको कालोपत्रे गर्ने तयारी भइरहेको छ । सडक यातायातमा आएको यो सुधारले यस क्षेत्रमा व्यापक उत्साह छाएको छ । अब आर्थिक विकासको बाटो खुल्ने स्थानीयमा विश्वास पलाएको छ ।

मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग १३७ किलोमिटर बागलुङ जिल्लामा पर्छ । यसले बागलुङका १० स्थानीय तहमध्ये सातवटालाई छुने र ठूलो जनसङ्ख्यालाई सुविधा पुग्ने भएकाले स्थानीयमा खुसी छाएको छ । साथै यो राजमार्गलाई जिल्लाकै महìवपूर्ण पूर्वाधार विकास आयोजना र समृद्धिको आधार मानिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय, पर्वतका प्रमुख मेघराज मरासिनीले बताउनुभयो ।

यस जिल्लामा पर्ने मध्यपहाडी लोकमार्गको १३७ किलोमिटरमध्ये ९२ किलोमिटर कालोपत्रे भइसकेको हो भने ४० किलोमिटर खण्ड भने चाँडै नै कालोपत्रे हुने मध्यपहाडी लोकमार्ग कार्यालय, पर्वतका उज्ज्वल शर्माले बताउनुभयो । बागलुङ नगरपालिका–१, मालढुङ्गादेखि उपल्लाचौरसम्मको पाँच किलोमिटर खण्डमा भने ठेक्का पनि लागेको छैन ।

यो क्षेत्रको अधिकांश भागमा कडा चट्टान छ । कालोपत्रे गर्ने तयारी भइरहेको ४० किलोमिटरमध्ये सदरमुकाम बागलुङ बजारको उपल्लाचौरदेखि काठेखोला गाउँपालिका–५, घोडाबाँधेसम्मको २५ किलोमिटर र बुर्तिवाङ–पातीहाल्ने सडक खण्डको १५ किलोमिटर सडकमा कालोपत्रेको तयारी भइरहेको हो । बुर्तिवाङ–निसी खण्डमा भने कालोपत्रे गर्न थालिएको छ । राजमार्गको त्यस खण्डमा पहरो काट्ने, नाली निर्माण, कालोपत्रेका लागि क्रसर सञ्चालन, कालोपत्रे गर्ने सामग्रीको तयारी, सडक चौडा पार्ने तथा बेस निर्माणको काम भइरहेको इन्जिनियर शर्माले जानकारी दिनुभयो ।

काम हुन नसकेको पाँच किलोमिटर क्षेत्रमा ठूलो र कडा चट्टान तथा चट्टानमाथि र तल मानवीय बस्ती भएको हुँदा स्रोत, साधन र जनशक्तिको सुनिश्चित भएपछि मात्र काम सुरु गरिने प्रमुख मरासिनीले बताउनुभयो । बुर्तिवाङ बजार क्षेत्रमा सडक विस्तारका लागि घरधनीलाई दिनुपर्ने क्षतिपूर्तिको काम अगाडि बढेको छ । बागलुङ उपल्लाचौरदेखि अक्षते खण्डको १३ किलोमिटरमा काठेखोला गाउँपालिका–१, खहरेको चट्टान काट्ने काम सुरु भएको छ भने बिहुँ–घोडाबाँधे खण्डको १२ किलोमिटर सडक खण्डमा नाली निर्माण, ग्राभेलका लागि आवश्यक सामग्री जोहो गर्न थालिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ ।

उपल्लाचौर–घोडाबाँधे सडक निर्माणका दुई ठेकेदार कम्पनीले गत मङ्सिर २१ गते जिल्ला प्रशासन कार्यालयमा आउँदो जेठ महिनाभित्र कालेपत्रे सक्ने गरी काम गर्ने लिखित प्रतिबद्धता गरेपछि अलपत्र कामले गति पाएको हो ।

उपल्लाचौरदेखि अक्षते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी÷एससीएफ÷ईसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो ।

पाँच वर्ष बित्नै लाग्दा आयोजनाको भौतिक प्रगति ५० प्रतिशत भएको छ । आयोजना प्रमुख मरासिनीले भन्नुभयो, ‘‘बागलुङ खण्डमा कुल ७० प्रतिशत काम सम्पन्न भएको छ, बन्दाबन्दीका कारण ढिला भएको बाँकी खण्ड चालू आर्थिक वर्षभित्र सकिने छ । गोरखापत्र दैनिक

  •  
    39
    Shares
  • 39
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

६१ स्थानीय तहको केन्द्रसम्म अझै छैन सडक

मुख्य समाचार51 years ago

राना थारू समुदायको भाषा संरक्षण र संवद्र्धनका लागि व्याकरण निर्माण गरिँदै

प्रदेश २51 years ago

तराई क्षेत्रमा चिसोले जनजीवन कष्टकर हुँदै

बागमती51 years ago

भरतपुर अस्पतालमा आकस्मिक कक्ष बन्दै

गण्डकी51 years ago

मनकामना मन्दिरमा दर्शन गर्न बढ्दै

गण्डकी51 years ago

पोखरामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते

कर्णाली51 years ago

हुम्लाको पहिलो जनगागृति पुस्तकालय ओझेलमा

प्रदेश २51 years ago

राजमार्गको निर्माण द्रुत गतिमा

प्रदेश १51 years ago

झापा प्रशासनमा नागरिकता लिनेको भीड

मुख्य समाचार51 years ago

न्यायाधीशहरुलाई कहिल्यै भेटेको छैन : प्रधानमन्त्री ओली

प्रदेश १51 years ago

हेटौँडा उपमहानगरका १२७ वटा योजना सम्पन्न

फोटो फिचर51 years ago

विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रको दृष्य

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement