स्थानीय तहमा सरकारले पठाएको बजेटको दुरुपयोग भएको छ : मन्त्री ठगुन्ना - Palikanews.com
Connect with us

मुख्य समाचार

स्थानीय तहमा सरकारले पठाएको बजेटको दुरुपयोग भएको छ : मन्त्री ठगुन्ना

  • 120
    Shares

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले नेकपा नफुटेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी दार्चुलाले आयोजना गरेको बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ठगुन्नाले अबको अभियान कांग्रेसलाई स्थानीय तहमा परास्त गर्ने अयिभानमा लाग्ने बताउनु भएको हो । कुनै पनि जनता वा नेताले सडकमा गएर राजनीतिक आन्दोलनको नाममा हामी यहाँ छौँ भनेर भन्नुपर्ने अवस्था नरहेकोले प्रधानमन्त्री ओलीले नेतृत्व गरिरहेको नेकपा पार्टीमा सहभागी भएर अगाडी बढ्न अनुरोध गर्नुभएको छ ।

वर्तमान समयमा नेपाली जनताले राजनीतिक अस्थिरता नभइ परिर्वतन, विकास निर्माण र समृद्धि खोजीरहेकोले सरकारले सोही हनुसार जनआदेशको पालना गरिरहेको मन्त्री ठगुन्ननाको भनाई छ । त्यस्तै अहिले देशमा राजनैतीक आन्दोलनको आवश्यकता नरहेको बताउदै मन्त्री ठगुन्नाले विकास र परिर्वतनमा सरकार केन्द्रित हुने धारणा व्यक्तm गर्नुभएको छ । नेकपा दार्चुलाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ठगुन्नाले भन्नुभयो, अबको आन्दोलन विकास र परिर्वनको लागी हनुपर्दछ, देशको भौगोलिक अखण्डताको लागी आन्दोलन हुनुपर्दछ, मिचिएको भुमी फिर्ताको लागी आन्दोलन हुनुपर्दछ ।

उहाँले राजनैतीक आन्दोलन छोडेर विकास हुने, नेपाली जनताको गरिबी दुर गर्ने र बेरोगारहरुलाई रोजगारी दिने आन्दोलनमा सहकार्य गर्नुपर्ने बताउनु भयो । देशभरि प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको पक्षमा आम जनता एक ढिक्का भएकोले उच्च मनोबलका साथ कार्यक्षेत्रमा जान कार्यक्रतालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो दार्चुलेली जनताको मतले मैले नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएको छु, म जती दिन त्यो पदमा रहन्छु त्यती दिन मैले दार्चुलेली जनताले गर्व गर्न लायक काम गर्छु भन्ने आशा र विश्वास लिएको छु उहाँले भन्नुभयो ।

दार्चुलाका जनताले गर्व गर्न लायक र दार्चुलेली जनताको शिर ठाडो पार्न काम गर्न सके मात्रै दार्चुलेली जनताले आफुलाई दिएको मतको सम्मान हुने उहाँको भनाई थियो । दार्चुलामा इतिहासमा कसैले गर्न नसकेको काम गर्न सके मात्रै आफुलाई पनि आत्मसन्तुष्टि हुने मन्त्री ठगुन्नाले बताउनुभयो । वर्तमान सरकार देश विकासको लागी छुट्टै मिसन र भिजनको साथमा अगाडी बढीरहेको पनि उहाँले बताउनुभयो । जनताको जनादेश अनुसार आफुहरु अहिले पनि सिंगो कम्युनिष्ट आन्दोलन एक ढिक्का भएर अगाडी बढ्नुपर्छ भन्ने मान्यतामा रहेकोले गुट फुटमा लागेका पाटिका अन्य सदस्यलाई पनि मुल धारको नेतृत्वमा आउन आग्रह गर्नुभयो ।

लाखौँ जनताको समर्थनको पार्टी छोडेर सडकमा जानुपर्ने र हामी यहाँ छौ भनेर भन्नु पर्ने कुनै आवश्यक्ता नरहेको उल्लेख गर्दै उहाँले प्रचण्ड–नेपाल समुह (नेकपा) लाई ओली नेतृत्वको नेकपा पार्टीमा फर्किन आग्रह गर्नुभयो । दार्चुलामा कम्युनिष्ट आन्दोलन कमजोर नहुने दाबी गर्दै उहाँले अगामी चुनावमा स्थानीय तहदेखि प्रदेश र संघीय सभामा नेकपाको बिजय सुनिश्चित हुने उहाँको भनाई छ । नेपाली काग्रेसले स्थानीय तहमा नेपाल सरकारले पठाएको बजेटको दुरुपयोग गरिरहेकोले अगामी चुनावमा जिल्लाभरी नेकपाको लालकिल्ला कायम गर्न आफुले आफ्नो राजनीति दाउमा लगाएर भएपनि पहल गर्ने धारणा राख्नुभयो ।

स्थानीय तहहरुमा भ्रष्टाचार र बेतिथी बढेकोले त्यो सरकारलाई मान्य नहुने मन्त्री ठगुन्नाले बताउनुभयो । स्थानीय तहमा आएको बजेट आफ्नो पार्टीको बजेट हो भन्दै आफ्ना कार्यक्रतालाई बाड्ने गरेको भन्दै उहाँले सरकार कडाईका साथ अगाडी बढ्ने र कुनै पनि स्थानीय तहमा भ्रष्टाचार र अनियमितता भएको पाइए कारवाही गरिने उहाँको भनाई छ ।

साथै दार्चुला जिल्ला कम्युनिष्ट पार्टीको महासागर रहेको भन्दै महासागरबाट कसैले एक दुई लोहटा झिक्दैमा महासागर नसुक्ने टिप्पणी गर्नुभयो । ‘दार्चुला जिल्ला नेकपाको महासागर हो, महासागरबाट एकदुई लोहटा पानी झिक्दैमा महासागर सुक्यो र हामी अगाडी बढ्छौँ भन्ने सपना नदेख्दा हुन्छ’ उहाँले भन्नुभयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य रामदत्त जोशीले नेकपा नेतृत्वको केपी शर्मा ओलीको सरकारले भारतले मिचेको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता गर्ने प्रयास गरेकोे भन्दै सरकारको कार्यको प्रशंसा गर्नुभएको छ । ‘भारतद्धारा अतिक्रमित नेपाली भूमि नक्सामा समेट्ने र फिर्ता गर्ने प्रयास गर्दा तपाईहरु किन अलमलमा पर्नु भयो’ माधव–प्रचण्ड समूहलाई संकेत गर्दै नेता जोशीले भन्नुभयो ।

नेकपा केन्द्रिय सदस्य लालबहादुर बिकले राजनीतिक आन्दोलन भन्दै सडकमा नाराबाजी गर्ने कार्य प्रति संकेत गर्दै शान्ती सम्झौता गर्ने बेला सम्झौता पत्रमा लेखिएको बुँदाहरु अध्ययन गर्न अपील गर्नुभएको छ । मुख्यगरी माधव–प्रचण्ड समूहलाई संकेत गर्दै उहाँले सडकमा गएर नाराबाजी गर्नुको अर्थ नरहेको बताउदै शान्ती सम्झौता गर्ने बेला सम्झाँैता पत्रका बुदाँहरु पढ्न व्यांग्यात्मक रुपमा आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीमा पूर्व एमाले र पूर्व माओबादी नरहेको बताउदै आफूहरु नेपाल कम्युनिष्ट पार्टी मात्रै रहेको बताउदै मुलधारको पार्टीमा समाहित हुन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका उप स्वकीय सचिव एवं केन्द्रिय सदस्य हरदेव जोशीले नेकपाको सरकारले अतिक्रमित नेपाली भूमि नक्सामा समेटेदेखि नै सरकार ढाल्ने खेल सुरु भएको बताउनुभयो । ‘जब हाम्रो सरकारले अतिक्रमित भूमि फिर्ता गर्ने अठोट गर्दै नयाँ नक्सा पारित ग¥यो, त्यतिबेला देखि नै पार्टी भित्रैबाट सरकार ढाल्ने खेल सुरु भएको थियो’ जोशीले भन्नुभयो ।

नेकपा केन्द्रिय सदस्य मोहन सिंह धामीले कतिपयले पूर्व माओबादी र पूर्व एमाले बिउताउने प्रयास गरेको बताउदै एमाले र माआबोदी अब नरहेको दाबी गर्नुभयो । ‘हामी सुन्दैछौँ, कतिपयले हामी पूर्व माओबादी हौँ, उनीहरु पूर्व एमाले हुन् भन्ने खालका कुरा चलाइरहेका छन् रे, तर हामी नेकपामा छौँ, एमाले र माओबादी अहिले छैन’ धामीले भन्नुभयो ।

नेकपा नफुटेको दाबी गर्दै केही साथीहरु सपना बिराएर गलत बाटोमा गएको टिप्पणी गर्नुभयो । साथै बाटो बिराएर सपना बिराएर फरक बाटोमा लागेको भन्दै उनीहरुलाई पनि पार्टीमा फर्किन आग्रह गर्नुभयो ।

सुदूरप्रदेश सभा सदस्य गेल्बु सिंह बोहराले प्रतिनिधिसभा विघटन गर्नुपर्ने अवस्था कसरी आयो त्यसका बारेमा जिम्मेवार नेता कार्यकर्ताहरुले गम्भीर भएर केलाउनुपर्नेमा जोड दिनुभएको छ । पार्टी भित्रबाटै विभिन्न चलखेल हुन थालेपछि यस्तो अवस्था सिर्जना भएको प्रदे सभा सदस्य बोहराले बताउनुभयो ।

लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले पनि एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ । नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले फुटेर जाने नेकपा नेताहरुप्रति साहित्य मार्फत् तिखो ब्यांग्य गर्नुभएको छ । सजिलो हुदाँ संगै रहने र समस्या पर्दा टाढिने नेकपा नेताहरुप्रति साहित्य मार्फत् नौगाड अध्यक्ष धामीले ब्यांग्य गर्नुभएको हो ।

अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मनन्द मन्यालले सामाजिक सञ्जालमा जनताको भीडलाई भेडाको संज्ञा दिनेहरुले राजनीति गर्न नसुहाउने भन्दै सामाजिक सञ्जालमा जनताको अपमान गर्ने खालका सामग्री राख्ने नेता कार्यकर्ताहरु प्रति तिखो प्रहार गर्नुभएको छ । कार्यक्रममा जनताको सहभागिता र नेता कार्यकर्ताको सहभागितालाई भेडाहरुको संज्ञा दिने नेता कार्यकर्ताहरुले राजनीति गर्नु नसुहाउने अपिहिमाल गाउँपालिका अध्यक्ष मन्यालले टिप्पणी गर्नुभयो । ‘जनताले भेडाको संज्ञा दिनेहरुलाई राजनीति गर्ने कुनै अधिकार छैन, र जनताले त्यो अधिकार पनि दिने छैनन्’ मन्यालले भन्नुभयो ।

  •  
    120
    Shares
  • 120
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार51 years ago

चार दिनमा दुई लाख ३८ हजारले गरे ‘नागरिक एप’ डाउनलोड

प्रदेश २51 years ago

कटहरियामा स्वास्थ्य चौकी तथा बर्थिंग सेन्टरको भवन शिलान्यास

प्रदेश २51 years ago

एड्स संक्रमित किशोरीको मृत्यु

बागमती51 years ago

प्रेस सङ्गठनको भेला माघ ८ मा

बागमती51 years ago

आफ्नै घरभित्र श्रीमती मृत फेला, श्रीमान पक्राउ

समाचार51 years ago

सिटी अपार्टमेन्टमा लागेको आगलागी नियन्त्रणमा

गण्डकी51 years ago

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

कर्णाली51 years ago

बालविवाह रोकथामका लागि धामी झाँक्रीलाई तालिम

गण्डकी51 years ago

सुन्तला बगैँचा मासेर ड्रागन खेती गर्दै

समाचार51 years ago

भारतको अडान : नयाँ नक्सा नसच्याएसम्म नेपालसँग कुनै वार्ता हुन सक्दैन

मुख्य समाचार51 years ago

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच

समाचार51 years ago

ऐतिहासिक चरीघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement