दुर्गममा पहिलो पटक विशेषज्ञ सहितको स्वास्थ्य शिविर - Palikanews.com
Connect with us

मुख्य समाचार

दुर्गममा पहिलो पटक विशेषज्ञ सहितको स्वास्थ्य शिविर

  • 38
    Shares

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १का नागरिकले घरआगनमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम –पश्चिमको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरमा स्थानीयले सेवा पाएका हुन् ।

दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट दईसय २१ ले सेवा पाएका थिए । शिविरमा सेवा लिनेमा पुरुष भन्दा महिलाको संख्या दोब्बर भन्दा बढी रहेको छ । शिविरबाट ७० पुरुष र एक सय ५१ जना महिलाले सेवा लिएका कार्यक्रमका संयोजक लिलामणि गौतमले जानकारी दिनुभयो । शिविरमा भिडियो एक्सरे गरिनुका साथै स्त्री रोग सम्बन्धी सम्पूर्ण रोगहको जाँच तथा उपचार, मुटुरोग, रगत, मधुमेह, रगत, खकार जाँच समेत गरिएको थियो ।

शिविरमा ८० को भिडियो एक्सरे गरिएको थियो । पाठेघर सम्बन्धि समस्या भएका नौलाई नेपालगञ्ज रिफर गरिएको छ । उनीहरुको त्यहाँ निशुल्क उपचार गरिने छ । यस्तै दुईमा एचआइभी पोजेटीभ देखिएको छ भने एक जना हेपाटाइटीसका बिरामी फेला परेका छन् ।

शिविरमा सबैभन्दा बढी पाठेघर बाहिर निस्केका र सुत्केरी हँुदा पाठेघर च्यातिएर अहिलेसम्म पनि पानी र रगत बगिरहने समस्याका बिरामी भेटिएका उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन् । एचआइभी पोजेटीभ देखिएका दुई जनालाई भने रुकुम –पूर्व अस्पतालमा रिफर गरिएको छ ।

शिविरमा स्त्री रोग विशेषज्ञ डा रामकुमार दास, जनरल फिजिसीयन डा अरविन्दकुमार यादव लगायत अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नुभएको थियो । जिल्लाको दुर्गम क्षेत्रमा सञ्चालन गरिएको उक्त शिविर त्यहाँका नागरिकको लागि वरदान सावित भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो ।

सदरमुकाम आउन पनि हिडेर एकदेखि दुई दिनसम्म लाग्ने त्यहाँका नागरिकलाई घरआगनमै गएर स्वास्थ्य सेवा दिएपछि खुशी भएका छन् । निरन्तरको दुई दिनको पैदल यात्रापछि स्वास्थ्यकर्मीको टोली वडा नं १ को भट्टेचारैमा पुगेर शिविर सञ्चालन गरेको हो भने औषधी पनि बोकेरै पु¥याइएको हो ।

  •  
    38
    Shares
  • 38
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार51 years ago

चार दिनमा दुई लाख ३८ हजारले गरे ‘नागरिक एप’ डाउनलोड

प्रदेश २51 years ago

कटहरियामा स्वास्थ्य चौकी तथा बर्थिंग सेन्टरको भवन शिलान्यास

प्रदेश २51 years ago

एड्स संक्रमित किशोरीको मृत्यु

बागमती51 years ago

प्रेस सङ्गठनको भेला माघ ८ मा

बागमती51 years ago

आफ्नै घरभित्र श्रीमती मृत फेला, श्रीमान पक्राउ

समाचार51 years ago

सिटी अपार्टमेन्टमा लागेको आगलागी नियन्त्रणमा

गण्डकी51 years ago

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

कर्णाली51 years ago

बालविवाह रोकथामका लागि धामी झाँक्रीलाई तालिम

गण्डकी51 years ago

सुन्तला बगैँचा मासेर ड्रागन खेती गर्दै

समाचार51 years ago

भारतको अडान : नयाँ नक्सा नसच्याएसम्म नेपालसँग कुनै वार्ता हुन सक्दैन

मुख्य समाचार51 years ago

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच

समाचार51 years ago

ऐतिहासिक चरीघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement