नारायणी र राप्ती नदीमा जलपँछीको गणना शुरु - Palikanews.com
Connect with us

बागमती

नारायणी र राप्ती नदीमा जलपँछीको गणना शुरु

  • 10
    Shares

चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा नारायणी र राप्ती नदीमा जलपछी गणना शुरु गरिएको छ । विश्वभर जनवरी ५ देखि जलपछी गणना गरिने भए पनि चितवन निकुञ्जमा भने विशेष कारणले १० जनवरीबाट गणना शुरु गरिएको हो ।

बर्ड एजुकेशन सोसाइटीको अगुवाइमा भएको चरा गणनामा चितवनको भण्डारादेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीसम्मका विभिन्न सिमसारहरुमा जलपछी गणना गरिँदैछ । बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले विभिन्न नौजना चरा विज्ञलाई टोली नेताका रुपमा चयन गरेर ५० भन्दा बढी गणकहरु चरा गणनामा सहभागी भएको बताउनुभयो ।

विश्वव्यापीरुपमा गरिएको चरा गणनाको नेतृत्व ‘वेटल्यान्ड इन्टरनेशन’ले गर्ने भन्दै चौधरीले २७ देशका ६ हजार १०० स्थानमा एकैसाथ जलपछी गणना भइरहेको जानकारी दिनुभयो ।

विश्वमा पाइने १७५ प्रजातिका जलपछीमध्ये नेपालका सिमसार क्षेत्रमा १६० प्रजाति गणना गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । जलपछीको विभिन्न १२ वटा प्रजाति सङ्कटापन्नको सूचीमा परेका छन, उहाँले भन्नुभयो, नेपालमा सारससहित तीनवटा प्रजाति संरक्षणको सूचीमा छन् ।

जलकौवा, चखेवालगायत हाँस प्रजातिहरु नारायणी र राप्ती नदीमा बढी मात्रामा भेटिने गरेको भए पनि यस वर्ष यिनीहरुको सङ्ख्यामा समेत कमी आएको उहाँको भनाइ छ ।

बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं चराविज्ञ वासु विडारीले नदीका जलाधार क्षेत्रहरुमा प्रदूषण बढ्दै जाँदा जलपछीको सङ्ख्यामा कमी आएको बताउनुभयो । शहरीकरणसँगै हाम्रा नदीहरु प्रदूषित बन्दै गइरहेका छन्, उहाँले भन्नुभयो, जसको प्रत्यक्ष असर जलपछीहरुमा परेको छ ।

नदीहरुमा बढ्दै गएको प्रदूषण न्यूनीकरण गर्न नसकेको अवस्थामा नेपालबाटै जलपछीहरु लोप हुने खतरा बढ्दै गएको भन्दै विडारीले बेलैमा सचेत हुनुपर्ने बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज र यसको सिमसार क्षेत्रमा गणना भएका चराहरुको तथ्याङ्कलाई यस वर्षदेखि स्थानीयरुपमा समेत सार्वजनिक गर्ने गरी काम भइरहेको चराविज्ञ टीका गिरीले बताउनुभयो । अघिल्लो वर्षहरुमा हुने गणनाको रिपोर्ट एकमुष्ट निस्कने गरेको भए पनि यस वर्षदेखि चितवन र यस वरपरको क्षेत्रको तथ्याङ्क बर्ड एजुकेशन सोसाइटीले समेत सार्वजनिक गर्ने उहाँको भनाइ छ ।

नारायणी र निकुञ्ज क्षेत्रमा पाइएका चराहरु, यिनीहरुको बासस्थानको अवस्था, संरक्षणका प्रयासबारे सरोकार पक्षसँग अन्तरक्रिया गर्दै संरक्षणमा सबैको साथ लिएर अगाडि बढ्ने तयारी भइरहेको चराविज्ञ गिरीले बताउनुभयो ।

निकुञ्जले बनाउने घाँसेमैदान एकै प्रकृतिको भएको, चरा विज्ञहरुसँग कुनै पनि छलफल नगरी निर्माण गरिँदा जलमा आश्रित पछीहरुको बासस्थानमा समस्या हुँदा सङ्ख्या घटेको उहाँको भनाइ छ ।

आइतबार र सोमबार गरिएको जलपछी गणनामा चखेवा, जलकौवा, गडवाल, कुट, किङफिसर, बकुल्ला, गरुड, भुँडीफोर गरुड, कालो गरुड, स्युइरो ठुँडे हाँस आदि प्रजाति भेटिएको चराविज्ञ गिरीले बताउनुभयो । विश्वव्यापीरुपमा गरिने गणनानुसार आउने तथ्याङ्कले जलपक्षीको संरक्षणका लागि रणनीति तयार गर्न सहयोग पुग्ने उहाँको विश्वास छ ।

  •  
    10
    Shares
  • 10
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

सवारी दुर्घटना न्यूनीकरण गर्न टल्कने ट्राफिक कोन

कर्णाली51 years ago

हुम्लामा पनि फल्न थाले बोदीचित्तका बिरुवा, बन्न सक्छ नौलो आम्दानीको स्रोत

लुम्बिनी51 years ago

‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने तयारी

बागमती51 years ago

निर्माणाधीन गौतमबुद्ध रङ्गशालाका लागि ४ करोड सहयोग

कर्णाली51 years ago

रुकुम पश्चिममा पनि सुरुभयो कोरोना विरुद्धको खोप अभियान

बागमती51 years ago

कोरोनाविरुद्धको खोप अभियान भक्तपुर अस्पतालबाट शुरु

बागमती51 years ago

पाकिस्तानमा हिन्दूहरूमाथि भइरहेको दमनविरुद्ध राष्ट्रिय एकता अभियानको काठमाडौंमा प्रदर्शन

प्रदेश १51 years ago

मापदण्डको नियम उल्लघंन गर्दै मन्त्रीले लगाए कोरोना खोप

गण्डकी51 years ago

अझै सहारा पाएनन् ढोरपाटनका बाढीपीडितले

अर्थ51 years ago

कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना सुरु

कर्णाली51 years ago

आगलागीबाट करीब तीन करोड भन्दा बढीको क्षति

प्रदेश २51 years ago

उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement