अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कालिकोटले जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटलाई ज्ञापन पत्र वुझाएको छ ।
कालिकोटका स्थानिय तहका सरकारी मोटर साईकलहरुको चरम दुरुपयोग भएको भन्दै यसलाई नियन्त्रण गर्न जिल्ला ट्राफिक कार्यालयलाई ध्यानकार्षण गराउदै ज्ञापन पत्र वुझाएको हो ।
अनेरास्ववियु कालिकोट जिल्ला संयोजक धर्म ब शाही ,सह–संयोजक मिनराज न्यौपाने ,केन्द्रिय सदस्य रबिन्द्र शाही ,कार्यालय सदस्य रमेश शाही ,सचिवालय सदस्य राजकुमार शाही लगायत युवा नेता गगन बोगटी ,ज्ञानेन्द्र शाही को सहभागीता मा यो ज्ञापन पत्र बुझाएको हो ।
सरकारी गाडी दुरुपयोग एक हप्तामा नियन्त्रण नरोकिएमा कडा कार्यक्रम मार्फत आगाढि २४ घण्टे अल्टिमेडम दिएको छ । साथै हरेक खालका सामाजिक बिकृती लाई पुरै रुपमा निर्मुल पार्न अनेरास्ववियु निरन्तर रुपमा लागि पर्ने जानकारी ज्ञापन पत्रमा भनिएको छ ।
