सामुदायिक विद्यालयहरुमा निःशुल्क पुस्तक वितरण - Palikanews.com
Connect with us

बागमती

सामुदायिक विद्यालयहरुमा निःशुल्क पुस्तक वितरण

  • 18
    Shares

गोकर्णेश्वर नगरपालिकाका १६ सामुदायिक विद्यालयमा कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएको छ । समाजसेवीत्रय दीपकुमार भण्डारी, डा लक्ष्मण आचार्य र धनप्रसाद लामिछानेको पहलमा नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरिएको होे ।

हस्तान्तरणका अवसरमा समाजसेवीत्रयले एक स्वरमा सानै कक्षाबाट पठनपाठन संस्कृति शुरु गरिए मात्र त्यसको दीर्घकालीन प्रभाव पर्ने धारणा राख्नुभयो । करिब रु छ लाखको लागतमा कक्षा ३ सम्मका विद्यार्थीका लागि कक्षाकोठामा नै राख्ने गरी जीवनोपयोगी पुस्तक उपलब्ध गराइएको समाजसेवी भण्डारीले बताउनुभयो । विज्ञबाट छानिएका पुस्तकको अध्ययनसँगै स–साना विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन आउनेमा आफू आशावादी रहेको उहाँको भनाइ थियो ।

शिक्षाविद्समेत रहनुभएका डा आचार्यले विद्यार्थीमा पठन संस्कृति बढाउनका लागि शिक्षक शिक्षिकाको इमान्दार प्रयास उत्तिकै जरुरी रहेको बताउनुभयो । विद्यार्थीको स्तरअनुसारको पुस्तक पढ्न दिनुपर्नेमा अहिलेसम्म त्यसो हुन नसकेको आचार्यको भनाइ थियो । अर्का समाजसेवी लामिछानेले शैक्षिकस्तरको अभिवृद्धिबिना समृद्ध समाजको परिकल्पना गर्नै नसकिने बताउनुभयो ।

नगरपालिकामा मङ्गलबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोेष चालिसे, उपप्रमुख शान्ति नेपाल, शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्यलगायतले विद्यार्थीमा पठन संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयबाट शुरु गरिएको अभियान फलदायी हुनेमा आफूहरु आशावादी रहेको समाजसेवीत्रयको विश्वास छ । सहयोगी मन सामुदायिक अध्ययन केन्द्रको संयोजकत्वमा भएको कार्यक्रम नगरपालिकाले आयोजना गरेको हो ।

  •  
    18
    Shares
  • 18
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार51 years ago

चार दिनमा दुई लाख ३८ हजारले गरे ‘नागरिक एप’ डाउनलोड

प्रदेश २51 years ago

कटहरियामा स्वास्थ्य चौकी तथा बर्थिंग सेन्टरको भवन शिलान्यास

प्रदेश २51 years ago

एड्स संक्रमित किशोरीको मृत्यु

बागमती51 years ago

प्रेस सङ्गठनको भेला माघ ८ मा

बागमती51 years ago

आफ्नै घरभित्र श्रीमती मृत फेला, श्रीमान पक्राउ

समाचार51 years ago

सिटी अपार्टमेन्टमा लागेको आगलागी नियन्त्रणमा

गण्डकी51 years ago

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

कर्णाली51 years ago

बालविवाह रोकथामका लागि धामी झाँक्रीलाई तालिम

गण्डकी51 years ago

सुन्तला बगैँचा मासेर ड्रागन खेती गर्दै

समाचार51 years ago

भारतको अडान : नयाँ नक्सा नसच्याएसम्म नेपालसँग कुनै वार्ता हुन सक्दैन

मुख्य समाचार51 years ago

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच

समाचार51 years ago

ऐतिहासिक चरीघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement