सार्वजनिक सुनुवाइमा नगरवासीहरुका गुनासै गुनासा - Palikanews.com
Connect with us

गण्डकी

सार्वजनिक सुनुवाइमा नगरवासीहरुका गुनासै गुनासा

  • 25
    Shares

मल कहिल्यै पनि समयमा आएन, मल कहाँ पाइन्छ भन्ने जनतालाई थाहा पनि छैन । भौतारिएर दमौली बजार पूरै घुम्दा पनि मल नपाउँदा जनतालाई दुःख भयो, तनहुँको व्यास नगरपालिका वडा नम्बर १ का देबबहादुर गुरुङले गुनासो राख्दै भन्नुभयो, बीउ पनि कहिल्यै पनि समयमा आउँदैन ।

नगरपालिकाले केही समय अगाडि मात्रै आलुको बीउ वितरण ग¥यो । उक्त बीउ लिनका लागि नगरवासीले सास्ती भोग्नुपरेको गुरुङले सुनाउनुभयो । उहाँले भन्नुभयो, वडाले बीउ लिनका लागि सूचना ग¥यो, हामीले सोहीबमोजिम वडामा टिपायौँ तर आलुको बीउ लिनका लागि ठूलो हण्डर खानुप¥यो । वडाले आलु बिक्री गर्ने बिक्रीकर्तालाई सम्पर्क गर्न आग्रह गरे पनि पटक–पटक फोन गर्दा सुनुवाइ नभएको गुरुङले बताउनुभयो । तनहुँको व्यास नगरपालिकाले मङ्गलबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्ना गुनासो राख्दै गुरुङले नगरपालिकाले प्रवाह गर्ने सेवा जनतामुखी हुनुपर्ने बताउनुभयो ।

व्यास नगरपालिका वडा नम्बर ६ का नवराज न्यौपानेले कृषि शाखाले उपलब्ध गराउने अनुदान ग्रामीण भेगसम्म नपुगेको गुनासो गर्नुभयो । अनुदान दिने व्यवस्था न्यायोचित भएन, नगरपालिकाले अनुदान वितरणका क्रममा नगरवासीलाई सूचना प्रवाह गरिएन, न्यौपानेले भन्नुभयो । नगरपालिकाभित्र सार्वजनिक जग्गा मिचिँदा पनि नगरपालिका चुप लागेर बसेको उहाँले आरोप लगाउनुभयो ।

न्यौपानेले नगरपालिकामा आएर योजना सम्झौता गर्ने क्रममा ढिलाइ हुँदा सास्ती खेप्दै आउनुपरेको बताउनुभयो । धाउँदा धाउँदा तिघ्रा कामिसक्दा र चप्पल फाटिसक्दा पनि योजना सम्झौता हुन सक्दैन, उहाँले भन्नुभयो । वर्षायाममा बाढीपहिरोबाट जनता पीडित भइरहँदा वडाध्यक्षहरुले अनुगमन नगरेको उहाँले गुनासो गर्नुभयो ।

व्यास नगरपालिका वडा नम्बर १ का ज्ञानेन्द्र बसौलाले वडागत बजेट विवरणमा दामासाही र हचुवाको भरमा बजेट वितरण गरिँदा न्यायोचित नभएको गुनासो गर्नुभयो । जनसङ्ख्या र भूगोललाई प्राथमिकता दिएर बजेट वितरण गरिनुपर्नेमा हचुवाका भरमा बजेट विनियोजनले न्यायोचित भएन, उहाँले भन्नुभयो ।

व्यास नगरपालिका नगरपालिका वडा नम्बर २ का इमकुमार मल्लले बजार क्षेत्रमा सार्वजनिक जग्गा हराउँदै जाने क्रम बढेकाले त्यसतर्फ ध्यान दिन नगरपालिकालाई आग्रह गर्नुभयो । व्यास नगरपालिका–१ का भरप्रसाद पन्थले घरको नक्शा बनाउने क्रममा एउटै बाटोको दूरीमा पनि फरक–फरक मापदण्ड कायम गरेर स्वीकृति दिइएको बताउनुभयो ।

नगरवासीको गुनासो सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जनताको चासोसँग जवाफदेहीतालाई विकास गरिने बताउनुभयो । उहाँले प्रत्येक वडामा भएका सार्वजनिक जग्गा संरक्षणका लागि नगरपालिको प्रतिबद्धता व्यक्त गर्नुभयो । समयमै मल र बीउ नपाएको विषय अत्यन्तै संवेदनशील रहेकाले यसतर्फ नगरपालिकाको ध्यान गएको र यसलाई सुधार गर्दै लैजान नगरपालिका प्रतिबद्ध रहेको न्यौपानेले बताउनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी, आर्थिक पूर्वाधार विकास शाखा प्रमुख राजेन्द्र कार्की, शहरी पूर्वाधार तथा प्राविधिक शाखा प्रमुख डा राजु पौडेल, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, प्रशासन शाखा प्रमुख मेघनाथ आचार्य, लेखा प्रमुख हेमन्त गुरुङले चालु आर्थिक वर्षमा सम्पन्न भएका योजना विवरण सार्वजनिक गर्नुभएको थियो ।

  •  
    25
    Shares
  • 25
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

६१ स्थानीय तहको केन्द्रसम्म अझै छैन सडक

मुख्य समाचार51 years ago

राना थारू समुदायको भाषा संरक्षण र संवद्र्धनका लागि व्याकरण निर्माण गरिँदै

प्रदेश २51 years ago

तराई क्षेत्रमा चिसोले जनजीवन कष्टकर हुँदै

बागमती51 years ago

भरतपुर अस्पतालमा आकस्मिक कक्ष बन्दै

गण्डकी51 years ago

मनकामना मन्दिरमा दर्शन गर्न बढ्दै

गण्डकी51 years ago

पोखरामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते

कर्णाली51 years ago

हुम्लाको पहिलो जनगागृति पुस्तकालय ओझेलमा

प्रदेश २51 years ago

राजमार्गको निर्माण द्रुत गतिमा

प्रदेश १51 years ago

झापा प्रशासनमा नागरिकता लिनेको भीड

मुख्य समाचार51 years ago

न्यायाधीशहरुलाई कहिल्यै भेटेको छैन : प्रधानमन्त्री ओली

प्रदेश १51 years ago

हेटौँडा उपमहानगरका १२७ वटा योजना सम्पन्न

फोटो फिचर51 years ago

विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रको दृष्य

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement