तीन तहकै सरकारको वार्षिक खर्च करीव १२ खर्ब मात्र - Palikanews.com
Connect with us

अर्थ

तीन तहकै सरकारको वार्षिक खर्च करीव १२ खर्ब मात्र

  • 25
    Shares

ठूलो आकारको बजेट बनाएर कार्यान्वयन नगर्ने परिपाटी संघीय सरकारको पुरानै रोग हो । यसमा अब प्रदेश र स्थानीय सरकार समेत जोडिएका छन् । तीन वटै तहका सरकारको एकीकृत तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा १९ खर्ब रुपैयाँ बराबरको बजेट बनेको थियो । तर, खर्च भने करीव १२ खर्ब मात्र भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले तीन वटै सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तयार गरि अर्थ मन्त्रालय र महालेखा परीक्षक कार्यालयलाई बुझाएको छ । महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार आर्थिक वर्षमा उक्त आवमा तीन वटै तहका सरकारको कुल बजेट (दोहोरो परेको रकम हटाएपछि) १८ खर्ब ९० अर्ब १ करोड रुपैयाँ रहेको छ ।

तीन तहका सरकारमध्ये संघीय सरकारले एक वर्षमा १० खर्ब ९१ अर्ब १३ करोड खर्च गरेको छ । प्रदेश सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ खर्च गरेका छन् । स्थानीय सरकारले भने ३ खर्ब २० अर्ब ५ करोड रहेको छ । प्रवक्ता खड्का अनुसार यसरी तीन वटा सरकारबाट भएका खर्चबाट दोहोरिएको रकम मिलाउँदा तीन वटै तहका सरकारबाट भएको यथार्थ खर्च ११ खर्ब ९१ अर्ब ५ करोड देखिएको छ ।

सरकारले सबै तहका सरकारको लेखालाई दुरुस्त राख्न निर्माण गरेको प्रणाली सुत्रलाई आव २०७६÷०७७ को लेखा राख्ने क्रममा सबै स्थानीय तहमा कार्यान्वयनमा ल्याएको छ । प्रवक्ता खड्काका अनुसार स्थानीय तहको वित्तीय प्रतिवेदन पहिलो पटक सुत्र प्रणालीबाट तयार भएको हो । जसमा आय र व्ययको एकीकृत विवरण राखिएको छ ।

आन्तरिक आय १० खर्ब ४७ अर्ब मात्र

तथ्याङ्कअनुसार एक वर्षमा तीन वटै तहका सरकारको कुल आन्तरिक आय १० खर्ब ४७ अर्ब रहेको छ । यो आन्तरिक ऋण तथा बाहृय सहयोग बाहेकको रकम हो । गत आर्थिक वर्षमा सरकारले आन्तरिक ऋण भने १ खर्ब ९४ अर्ब ९० लाख उठाएको छ ।

वैदेशिक ऋण भने १ खर्ब १६ अर्ब ४८ करोड प्राप्ती भएको छ । यो वर्ष सरकारले वैदेशिक अनुदानका रुपमा १८ अर्ब ८८ करोड ५७ लाख रुपैयाँ प्राप्त गरेको छ ।

सरकारले एक वर्षको अवधिमा ८ खर्ब ४१ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । संघीय सरकारले गरेको खर्च र राजस्व प्राप्ति सुरु अनुमानको तुलनामा क्रमशः ७५.६६ र ७१.१८ प्रतिशत कायम भएको महालेखाको तथ्यांकमा उल्लेख छ । अनलाइन खबर

  •  
    25
    Shares
  • 25
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार51 years ago

चार दिनमा दुई लाख ३८ हजारले गरे ‘नागरिक एप’ डाउनलोड

प्रदेश २51 years ago

कटहरियामा स्वास्थ्य चौकी तथा बर्थिंग सेन्टरको भवन शिलान्यास

प्रदेश २51 years ago

एड्स संक्रमित किशोरीको मृत्यु

बागमती51 years ago

प्रेस सङ्गठनको भेला माघ ८ मा

बागमती51 years ago

आफ्नै घरभित्र श्रीमती मृत फेला, श्रीमान पक्राउ

समाचार51 years ago

सिटी अपार्टमेन्टमा लागेको आगलागी नियन्त्रणमा

गण्डकी51 years ago

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

कर्णाली51 years ago

बालविवाह रोकथामका लागि धामी झाँक्रीलाई तालिम

गण्डकी51 years ago

सुन्तला बगैँचा मासेर ड्रागन खेती गर्दै

समाचार51 years ago

भारतको अडान : नयाँ नक्सा नसच्याएसम्म नेपालसँग कुनै वार्ता हुन सक्दैन

मुख्य समाचार51 years ago

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच

समाचार51 years ago

ऐतिहासिक चरीघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement