प्रदेश १
हेटौँडा उपमहानगरका १२७ वटा योजना सम्पन्न

- 8Shares
मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ४२९ योजनामध्ये १२७ वटा योजना सम्पन्न गरेको छ । साथै, ९० वटा योजना चालू अवस्थामा रहेको र ३०२ वटा योजना सम्झौताको प्रक्रियामा रहेको सो उपमहानरपालिकाले जनाएको छ ।
कार्यालयका अनुसार चालू आवको साउनदेखि मङ्सिरसम्ममा भौतिक पूर्वाधार विकास निर्माणतर्फ रु १६ करोड दुई लाख २८ हजार खर्च भएको बताइएको छ । पूर्वाधार निर्माणमा कूल खर्च १७.६३ प्रतिशत खर्च भएको हो । उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाद्वारा खर्चसम्बन्धी उपलब्ध विवरणमा चालू आवका लागि रु दुई अर्ब ४८ करोडको बजेट विनियोजन गरिएको थियो ।
सो रकममध्ये कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रतर्फ आठ करोड ५५ लाख ९९ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ६७ लाख ११ हजार, सामाजिक विकास क्षेत्रतर्फ रु २८ करोड तीन लाख ४६ हजार, आर्थिक विकास क्षेत्रतर्फ १५ लाख ५२ हजार खर्च भएको हो ।
उपमहानगरपालिकाले कूल बजेटको ५३ करोड ४४ लाख ३८ हजार अर्थात २२.७१ प्रतिशत खर्च भएको उपप्रमुख लामाले जानकारी दिनुभयो । चालू आवको हालसम्म अधिकांश क्षेत्रगत आयोजना तथा कार्यक्रम सम्झौता भई कार्य सञ्चालनका क्रममा रहेको तथा खर्च भुक्तानी नभइसकेको अवस्थामा क्षेत्रगत खर्चमा कमी देखिएको उहाँले बताउनुभयो ।
सो कार्यालयले चालू आवको पाँच महिनामा रु ७५ करोड ७६ लाख ८६ हजार आम्दानीसमेत गरेको छ । प्राप्त विवरणअनुसार उपमहानरपालिकाले सुत्केरी महिलालाई स्वस्थ्य जीवनयापनका लागि सुत्केरी भएको सात दिनभित्र स्वास्थ्य जाँचसहित पोषणयुक्त कोशेली उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ ।
सो अवधिमा ७४४ सुत्केरी महिलालाई उक्त सुविधा र ११ हजार १४४ जनालाई सामाजिक सुरक्षा भत्ता दिइएको छ । त्यस्तै उपहानगरपालिकाको न्यायिक समितिको कार्य सम्पादनमासमेत प्रगति भएको छ । लामाले त्यहाँ न्यायिक समितिमा परेको उजुरीमध्ये ३१ वटा समाधान भएको छ भने १२४ वटा मुद्दा एवं विवाद प्रक्रियामा रहेको भन्नुभयो ।
- 8Shares
8
You may like

मेलम्ची खानेपानी आयोजना सुन्दरीजल आइपुग्यो

भक्तपुर मासिक पत्रिकाबारे अन्तरक्रिया

सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

गाउँपालिकाले बनायो स्वास्थ्य चौकीलाई मोटरसाइकल ग्यारेज

केही स्थानमा हल्का वर्षा र हिमपातकको सम्भावना

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

हुम्लामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

अधिकृत पदबाट अवकाशपछि कागती खेतीतर्फ आकर्षित

बैतडीका स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

धनगढी उपमहानगरको छैटौँ नगरसभामा तीन विधेयक पारित

‘तेजु स्मृति अक्षय कोष’का लागि मेयर वडद्वारा आर्थिक सहयोग

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या
