प्रदेश १
झापा प्रशासनमा नागरिकता लिनेको भीड

- 7Shares
जिल्ला प्रशासन कार्यालय झापामा नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि लिनेको दैनिक भीड हुने गरेको छ । भीड बढेसँगै काममा ढिलासुस्ती हुँदा सेवाग्राही आक्रोशितसमेत हुने गरेका छन् ।
गाउँगाउँमै परिचयपत्रको विवरण सङ्कलन गर्न टोली गएपछि अन्य जिल्लाबाट बसाइँ सरेर आउनेहरुले नागरिकता आद्यावधिक गर्ने, प्रतिलिपि निकाल्ने र नयाँ नागरिकता बनाउनेको समेत चाप बढेको कारण भीड बढेको हो ।
दैनिक सात सयदेखि आठ सय जनालाई नागरिकताको प्रतिलिपि र नयाँ नागरिकता पनि सोहीको हाराहारीमा वितरण भइरहेका कारण भीडभाड बढेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शाहीले बताउनुभयो ।
उहाँका अनुसार वंशजका आधारमा चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा छ हजार ३३७ जनाले नयाँ नागरिकता, वैवाहिक अङ्गीकृत लिने ५१ र प्रतिलिपि लिनेमा चार हजार ६६२ जना रहेका छन् ।
उहाँले अन्य जिल्लाबाट बसाइँ सरी आएकाहरुले अनिवार्य जिप्रका झापामा नागरिकता आद्यावधिक गराउनुपर्ने र कतिपयको नागरिकता पुरानो र नबुझिने हुँदा प्रतिलिपि लिनुपर्ने भएको कारण कार्यालयमा भीड बढ्नु र ढिलो हुनु स्वाभाविक भएको बताउनुभयो ।
परिचयपत्रका लागि नागरिकता अनिवार्य छ, सहायक प्रजिअ शाहीले भन्नुभयो, तीन महिनासम्म कोडिभ–१९ का कारण प्रतिलिपि र नयाँ नागरिकता वितरण गर्न सकिएन ।
जसका कारण असर अहिले परेको छ । सकेसम्म व्यवस्थित र चाँडो दिने वातावरण बनाउन पहल गरिरहेका छौँ ।” जिल्लामा परिचयपत्रको विवरण सङ्कलन गर्ने कार्य अन्तिम चरणमा पुगिसकेको छ ।
अन्य जिल्लामा बनाएको नागरिकताको विवरण मगाउनु पर्ने, अभिलेखीकरण धेरै पुरानो हुँदा खोज्न समय लाग्ने हुँदा प्रतिलिपि वितरणमा केही ढिलो हुने गरेको उहाँको भनाइ छ ।
उहाँले एकजना व्यक्तिको नागरिकता बनाउन या प्रतिलिपि लिनका चारजनाभन्दा बढी व्यक्ति आउने हुँदा पनि प्रशासनमा भीड बढेको बताउनुभयो ।
- 7Shares
7
You may like

मेलम्ची खानेपानी आयोजना सुन्दरीजल आइपुग्यो

भक्तपुर मासिक पत्रिकाबारे अन्तरक्रिया

सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

गाउँपालिकाले बनायो स्वास्थ्य चौकीलाई मोटरसाइकल ग्यारेज

केही स्थानमा हल्का वर्षा र हिमपातकको सम्भावना

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

हुम्लामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

अधिकृत पदबाट अवकाशपछि कागती खेतीतर्फ आकर्षित

बैतडीका स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

धनगढी उपमहानगरको छैटौँ नगरसभामा तीन विधेयक पारित

‘तेजु स्मृति अक्षय कोष’का लागि मेयर वडद्वारा आर्थिक सहयोग

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या
