मुख्य समाचार
राना थारू समुदायको भाषा संरक्षण र संवद्र्धनका लागि व्याकरण निर्माण गरिँदै

- 34Shares
कैलाली र कञ्चनपुरमा मात्रै बसोवास गर्ने राना थारू समुदायको भाषा संरक्षण र संवद्र्धन गर्नका लागि व्याकरण निर्माणको कार्य अगाडि बढाइएको छ । भाषा आयोग शङ्खमुल काठमाडौँ र नेपाल राना थारू समाजको संयुक्त प्रयासमा राना थारू समुदायको मातृभाषाको व्याकरण निर्माण र अभिलेखीकरणको कार्य हुन लागेको हो ।
प्रारम्भिक चरणमा व्याकरण निर्माण र शब्दकोष निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका भाषा विज्ञान विभागका सहायक डिन प्रा डा दुबीनन्द ढकाल, भाषा अनुसन्धानकर्ता राजकुमार राना र भाषाविज्ञ कमलसिंह रानालाई जिम्मेवारी दिइएको छ । पाँच महिनाभित्रै राना थारू भाषाको व्याकरण तयार गरिनेछ । पूर्ण व्याकरण तयार गर्नका लागि पाँच वर्षको समय लाग्ने भए पनि छोटो अवधिमै कम अध्ययन भएको राना थारू भाषामा व्याकरण तयार गर्ने कार्य हुन लागेको त्रिविका भाषा विज्ञान विषयका सहायक डिन ढकालले बताउनुभयो ।
हालसम्म राना थारू भाषाको शब्दकोषका लागि दुई हजार ४०० शब्द सङ्कलन गरिएको छ । राना थारू भाषामा पहिलोपटक व्याकरण तयार गर्दैछौँ, उहाँले भन्नुभयो, समुदाय लाभान्वित हुने गरी व्याकरण लेखन कार्य हुनेछ । सांस्कृतिक सम्पदा संरक्षणमा समुदायको पहुँच पुग्ने गरी व्याकरण लेखनको कार्य हुने उहाँले बताउनुभयो ।
राना थारू भाषा भारोपेली परिवारको भाषा भएकाले भाषाको पूर्ण तस्वीर आउने गरी स्वर, वर्ण वाक्य तहलगायत उल्लेख गरी सबैले प्रयोग गर्न सक्ने सजिलो व्याकरण तयार गरिने छ, उहाँले भन्नुभयो, भाषालाई लिपिबद्ध गरी व्याकरण तयार हुन्छ । भाषा आयोगका उपसचिव गेहनाथ गौतमले भाषासम्बन्धी संवैधानिक व्यवस्थाअनुरुप कञ्चनपुर र कैलालीमा रहेका राना थारू समुदायको भाषा अध्ययन भइरहेकाले चालु आर्थिक वर्षभित्रै भाषाबारे पहिलो चरणको व्याकरण निर्माण गरिने बताउनुभयो ।
उहाँका अनुसार भाषा आयोगले नेपाल सरकारका सार्वजनिक निकायका रूपमा रहेका विश्वविद्यालय, क्याम्पस, गाउँपालिका, नगरपालिकासँग द्विपक्षीय सम्झौता गरी सम्बन्धित भाषिक समुदायको मागका आधारमा भाषामा पाठ सङ्कलन, शब्द सङ्कलन, वर्ण निर्धारण, शब्दकोष निर्माण, भाषिक इतिहास लेखन, व्याकरण निर्माणजस्ता कार्य गर्दै आएको छ । हालसम्म लोपोन्मुख अवस्थामा रहेका ३१ भाषाको अभिलेखीकरणको काम गरेको छ ।
नेपालको संविधानको धारा ३२ को मौलिक हक र कर्तव्यमा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हकका साथै भाषा संरक्षण र संवद्र्धन गर्ने व्यवस्था रहेको छ । त्यसैअनुरुप राना थारू समुदायको भाषा संरक्षणका लागि शब्दकोष निर्माणका लागि शब्द सङ्कलन र व्याकरण निर्माणको कामलाई अगाडि बढाइएको नेपाल राना थारू समाजका अध्यक्ष कृपाराम रानाले बताउनुभयो । राना थारू समुदायको पहिचानसहित अलग्गै सूचीकृत गर्ने कार्य भएको उल्लेख गर्नुहँुदै उहाँले राना थारू भाषा सूचीकृत भइसकेकाले मातृभाषालाई लिपिबद्ध गर्नका लागि व्याकरण र शब्दकोष निर्माणका लागि काम अगाडि बढाइएको बताउनुभयो ।
राना थारू भाषाको अभिलेखीकरण गर्ने कार्य व्याकरणबिना पूर्ण हँुदैन, उहाँले भन्नुभयो, त्यसका लागि नेपाल राना थारू समाज र भाषा आयोगको टोलीले काम अगाडि बढाएको छ । संस्कृतिको एक पाटोका रूपमा भाषा भएकाले भाषा लोप भए संस्कृति आफैँ लोप हुने भएकाले यसलाई जोगाउनका लागि काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।
कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्णबहादुर हमालले राना थारू भाषाको स्थानीय पाठ्यक्रम तयार गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताउनुभयो । गत वर्ष कारोनाको महामारीका कारण पाठ्यक्रम निर्माण गर्ने काम अगाडि बढ्न सकेन, उहाँले भन्नुभयो, यस वर्ष राना थारू भाषाविज्ञहरुको सल्लाह र सुझावका आधारमा पाठ्यक्रम तयार हुन्छ ।
राना थारू भाषाको व्याकरण लेखन र शब्दकोष निर्माणका लागि आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । विसं २०६८ को जनगणनाअनुसार नेपालमा १२३ भाषा सूचीकृत गरिएका छन् ।
- 34Shares
34
You may like

मेलम्ची खानेपानी आयोजना सुन्दरीजल आइपुग्यो

भक्तपुर मासिक पत्रिकाबारे अन्तरक्रिया

सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

गाउँपालिकाले बनायो स्वास्थ्य चौकीलाई मोटरसाइकल ग्यारेज

केही स्थानमा हल्का वर्षा र हिमपातकको सम्भावना

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

हुम्लामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

अधिकृत पदबाट अवकाशपछि कागती खेतीतर्फ आकर्षित

बैतडीका स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

धनगढी उपमहानगरको छैटौँ नगरसभामा तीन विधेयक पारित

‘तेजु स्मृति अक्षय कोष’का लागि मेयर वडद्वारा आर्थिक सहयोग

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या
