ललितपुर जिल्लाको ललितपुर महानगरपालिकास्थित जावलाखेलको सदर चिडियाखाना, नेपालकै सबैभन्दा ठूलो चिडियाखानाको रुपमा चिनिन्छ । जहाँ दैनिक हजारौ बाह्रय र आन्तरिक पर्यटकले अवलोकन गर्ने गर्दछन् ।
विक्रम संवत् १९८९ मा तत्कालिन प्रधानमन्त्री जुद्धशमशेरले निजि चिडियाखानाको रुपमा स्थापना गर्नुभएको थियो । पछि सरकारले आफ्नो स्वामित्वमा लिएर सर्वसाधारणको लागि खुल्ला गरिएको यस चिडियाखानाको दैनिक हजारौ पर्यटकले अवलोकन गर्दै आएका छन् ।
चिडियाखानालाई सरकारले आफ्नो स्वामित्वमा लिएपछि २२ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई रेखदेख गर्न दिइएको छ । अहिले चिडियाखानामा एक सय २४ प्रजातिका ८३७ वटा जनावर रहेका छन ।