हुम्लामा पनि फल्न थाले बोदीचित्तका बिरुवा, बन्न सक्छ नौलो आम्दानीको स्रोत - Palikanews.com
Connect with us

कर्णाली

हुम्लामा पनि फल्न थाले बोदीचित्तका बिरुवा, बन्न सक्छ नौलो आम्दानीको स्रोत

  • 86
    Shares

हुम्लामा पनि बोदीचित्तका बिरुवा फल्न थालेका छन् । यसबाट हुम्लाको जैविक विविधतामा थप आयाम थपिने भएको छ । यसले स्थानीय अर्थतन्त्रमा नौलो आयाम ल्याउन सक्ने देखिएको छ ।

चार वर्षअघि काठमाडौंमा मास्टर्सको डिग्री अध्ययनको क्रममा यो बिरुवाको बारेमा जानकारी पाएकोले आफ्ना बुवा काठमाडौं भेट गर्न जाँदा प्रशंगबश बोदीचित्त बिरुवाको बारेमा कुरा उठेको बेला काठमाडौं अनामनगर कालीन्चोकको एक नर्सरीले काभ्रेपालान्चोकको १० बिरुवा झिकाएर हुम्ला पठाएको स्मरण गर्दछन् गोठी गाउँका युवा इराजन शाही ।
यसलाई नेपालमा बोदीचित्तको रुख भनेर चिनिन्छ भने यसको वैज्ञानिक नाम जीजीफस बुढेनीसस् हो । यो कति महंगो हुने कुराको निर्धारण यसको दानाले गर्दछ । जति सानो त्यति धेरै मोल पर्ने गरेको छ । सकभर पूजा गर्दा पुरै माला हातको मुठीमा सजीलै अट्न पर्दछ । हाल काभ्रेको तीमाल क्षेत्रबाट लाखौंको बोदीचित्त मालाको ब्यापार हुने गरेको छ ।

प्रत्येक वर्षको कौतुहलता र के हुन्छ के हुँदैन भन्ने दोधार बीच यो बिरुवाबाट रुख भएर हुम्लामा पहिलो पटक गत वर्ष २०७६ मा बोदीचित्तको कलिलो रुखले हुम्लामा फल दिएको थियो । लटरम्म फुल फुले पनफिल लाग्दा १०÷१२ दाना लागेको थियो । यो वर्ष त्योभन्दा पनि धेरै फल लागेको हुनाले अब हुम्लामा पनि यो बिरुवाको खेती गर्दा सफल हुने भएकाले थप बिरुवा लगाउने तयारी गरिएको इराजन शाहीले जानकारी दिनुभयो ।

हुम्ला जिल्ला प्राकृतिक विविधताको एक हिड्डन हर्बेरिया भएकाले यहाँ दुःख गर्न सके स्थानीय भूगोलमा हुने र यही भूगोल नापोमा नेपालको अन्य ठाउँमा फल्ने विभिन्न प्रकारका बोट बिरुवाहरुको पनि व्यावसायीक खेती गर्न सकिन्छ भन्ने विभिन्न अध्ययन र व्यावहारिक प्रयोगले सिद्ध गरिसकेको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका वार्ड नं ५, गोठी गाउँका रामराज शाही र उहाँका छोराले काठमाडौमा कानेखुशी गरेर ल्याएको बोदीचित्त बिरुवाको परिक्षण सफल भएको छ । यसलाई व्यावसायिक बनाउनका लागि अझै धेरै लागि पर्नुपर्ने विभिन्न अध्ययनले देखाएको छ ।

यो बोदीचित्त रुखबाट फल्ने दाना जति धेरै साना त्यति धेरै मोल पर्ने देखिन्छ । यो दस मिटरसम्म अग्गो हुन्छ । यसको दानाबाट बनाइने मालालाई बुद्धचित्त माला भनिन्छ । हाल विश्वभरी यसको माग धेरै भएकाले नेपालका विभिन्न स्थानहरूमा यसको व्यावसायिक खेती बढ्दै जान थालेको छ ।

हुम्ला जिल्लामा पहिलो पटक व्यावहारिक रुपमा परिक्षण गरेर शाही र इराजन शाहीले एग्रोफरेष्टीमा एक नौलो आयाम थप्ने प्रयासलाई सकरात्मक सन्देशका रुपमा लिनु आवश्यक देखिन्छ । यदी यसलाई व्यावहारिक रुपमा प्रयोग गर्न सकेमा श्रम कम, लगानी कम र खेर गएको पाखो जग्गाको उपयोगका साथै नौलो आम्दानीको अवसर खुल्ने छ ।

  •  
    86
    Shares
  • 86
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

मेलम्ची खानेपानी आयोजना सुन्दरीजल आइपुग्यो

बागमती51 years ago

भक्तपुर मासिक पत्रिकाबारे अन्तरक्रिया

कर्णाली51 years ago

सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न

गण्डकी51 years ago

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

कर्णाली51 years ago

गाउँपालिकाले बनायो स्वास्थ्य चौकीलाई मोटरसाइकल ग्यारेज

मुख्य समाचार51 years ago

केही स्थानमा हल्का वर्षा र हिमपातकको सम्भावना

प्रदेश २51 years ago

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

कर्णाली51 years ago

हुम्लामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

समाचार51 years ago

अधिकृत पदबाट अवकाशपछि कागती खेतीतर्फ आकर्षित

मुख्य समाचार51 years ago

बैतडीका स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

मुख्य समाचार51 years ago

धनगढी उपमहानगरको छैटौँ नगरसभामा तीन विधेयक पारित

समाचार51 years ago

‘तेजु स्मृति अक्षय कोष’का लागि मेयर वडद्वारा आर्थिक सहयोग

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement