अन्तर्वार्ता
कृषिलाई विशेष प्राथमिकतामा राखेर नगरको सर्वाङ्गीण विकासका लागि अगाडि बढीराखेका छौं : नगरप्रमुख शाही

- 21Shares
पश्चिम नेपालको लुम्बिनी अञ्चलमा रहेको श्रीनगर डाँडाको काखदेखि माडी उपत्यका सम्म फैलिएको पाल्पा जिल्ला सदरमुकामलाई तानसेन भनि चिनिन्छ । यो ऐतिहासिक शहर पनि हो । यहाँको सुन्दर पाल्पा दरबार, रानीमहल, भगवती मन्दिर, अमर नारायण मन्दिर, भैरवस्थान मन्दिर लगायत प्रसिद्ध छन् । शिक्षा तथा स्वास्थ्यको केन्द्र तानसेनमा त्रिभुवन बहुमुखी क्याम्पस, लुम्बिनी मेडिकल कलेज तथा अरू क्याम्पस तथा विद्यालय रहेका छन भने मिसन अस्पताल तथा पाल्पा जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्था रहेका छन । तानसेन पर्यटकीय स्थल पनि हो ।
तानसेनमा कोरानाले विकास निर्माण तथा पर्यटनमा पारेको असर, तानसेनमा भैरहेका विकास निर्माणका कार्यहरु, आगामी योजनाहरु आदि सेरोफेरोमा रहेर तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीसँग पालिका न्युज डटकमका लागि सम्पादक मनोज राज रेग्मीले गरेको कुराकानीको सम्पादित अंशः
अहिले विश्व नै कोरोनाले आक्रान्त छ, यसमा पाल्पा जिल्ला पनि पक्कै पनि अछुतो हुन सकेको छैन, यहाँको कोरोनाको अवस्था कस्तो छ । यसको नियन्त्रणको लागि कस्ता कस्ता कदम चाल्नुु भएको छ ?
अहिले विश्वव्यापी रुपमा सबैलाई कोरानाले आक्रान्त पारेको छ । अहिलेसम्म तानसेनमा १० जनाले ज्यान गुमाएको अवस्था छ भने पोजिटिभहरुको संख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ । यसको लागि हामीले शुरुदेखि नै अवेयरनेशका कार्यक्रमहरु ग¥यौं । अहिले पनि स्वाब संकलन गर्ने र निःशुल्क रुपमा परिक्षण गर्न पठाउने कार्य गरिराखेका छौं । तर हामीले विगतमा ३५ वटा क्वारेन्टाइन खोलेका थियौं अहिले बन्द ग¥यौं । किनभने नेपाल सरकारले आइसोलेसन चलायो । अहिलेसम्म साढे चार हजार मानिसलाई हामीले सेवा पु-यायौं । अहिले हामीले स्वाब संकलन गर्ने, पठाउने र कोरोनाको कारणले मृत्यु भयो भने एउटा गाडी उपलब्ध गराउने कार्य गरेका छौं । पीसीआर परिक्षण तानसेनमै हुन्छ । एउटा नेपाल सरकारको स्थापना भएको छ, अर्को नीजि पनि छ । हामीले निःशुल्क नेपाल सरकारकोमा पठाउने गर्दछौं । स्वाब संकलन हप्ताको २ चोटी गर्ने गरेका छौं ।
तपाईले तानसेन नगरपालिकाको नेतृत्व लिनु भएको पनि साढे तीन वर्ष भैसकेको छ । यस अवधिमा तपाईंले के कस्ता कामहरु गर्नुभयो ?
तानसेन नगरपालिकाको मेयरमा निर्वाचित भैसकेपछि नगरको विकासको लागि एउटा खाका कोरेका थियौं । भौतिक निर्माणको साथसाथै लोककल्याणका कामहरु पनि गर्नुपर्दछ भनेर अगाडि बढेको सन्दर्भ छ । निर्माणको सन्दर्भमा बाटोघाटो निर्माणका कुराहरु र मन्दिर जिर्णोद्धारका कामहरु गरेका छौं भने हामीले युवाहरुलाई ध्यानमा राखेर युवा स्वरोजगार कार्यक्रमहरु पनि चलाइराखेका छौं । त्यसैगरी औषधि उपचारको अभावमा मानिसले अकालमा ज्यान गुमाउन नपरोस् भनेर नगरपालिकाको तर्फबाट निशुल्क बिमा गरिदिने कार्य गरेका छौं । अहिले कम्युनिटी थपिएको छ, शुरुमा हामीले अल्पसंख्यकलाई, दलितलाई ग-यौं । अहिले महिला स्वास्थ्य स्वयमसेवीहरु, रातो र निलो कार्ड पाउने फरक क्षमताका व्यक्तिहरु, नगरपालिका भित्र रहेका सफाई कर्मचारीहरु, बाहिर जिल्लाबाट यहाँ पढ्न आउने फरक क्षमताका व्यक्तिहरु गरि १७६० परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने गरेका छौं । त्यस्तै युवा स्वरोजगार कार्यक्रम अन्तर्गत १५६० युवालाई सीपमूलक तालिम प्रदान गरेका छौं । सीपमूलक तालिम प्राप्त गरेर कृषिमा लाग्ने मध्ये २०० वटा व्यवसायिक खोरहरु बनाइदिएका छौं । अहिलेसम्म १००० जति वाख्रा वितरण गरिसकिएको छ । त्यस्तै बिउ विजनहरु हरेक साल बाँड्ने कार्य पनि गरेका छौं । कृषिमा आत्मनिर्भर बनाउनको निम्ति नयाँ किसिमका बाली भित्र्याएका छौं । जस्तै मरिच, कांक्रे ओखर, यसरी हामीले कृषिमा अलि फरक ढंगले युवाहरुलाई डो¥याएका छौं । त्यसैगरी तानसेनको ब्राण्डको रुपमा रहेको तर लुप्त हुन लागेको पाल्पाली करुवाको लागि तालिम दिएर युवाहरुलाई उत्पादन गर्न आव्हान गरेका छौं । त्यस्तै ढाकालाई रिभाइभ गर्न पनि तालिमहरु चलाइराखेका छौं । तालिम पश्चात केही अनुदानहरु दिएर उत्पादनसँग जोड्ने काम हामीले गरेका छौं ।
युवा स्वरोजगार कार्यक्रम अन्तर्गत अहिलेसम्म हामीले २ करोड ६० लाख रुपैयाँ विना धितो तानसेन नगरपालिकाको जमानीमा युवाहरुलाई वितरण गरेका छौं । ६०० जना युवाहरुले निवेदन दिएका छन् र ६०० मध्ये पचास प्रतिशतलाई लोन प्रवाह गरेर अगाडि बढ्ने लक्ष्य रहेको छ । विकास निर्माणका कार्यहरुलाई अगाडि बढाउनका लागि रिसोर्सलाई परिचालन गर्नको निम्ति रिसोर्स मेकिङको योजनाहरु बनाएका छौं । दीर्घकालीन योजनाहरु हामीले बनाइसकेका छौं । यसको साथसाथै तथ्याकं संकलन गरेर नगर प्रोफाइल बनाएर डिजिटल्ली लगिसकेको सन्दर्भ छ । यसरी हामी विकासको निर्माणको काम र व्यक्तिहरुलाई आत्मनिर्भर गर्ने काम गरिराखेका छौं । विकासको निर्माणमा उल्लेख गर्नुपर्ने कामहरु हेर्दा तानसेन नाकाभित्र छिर्ने सबै बाटाहरुलाई हामीले फराकिलो बनाएका छौं । राष्ट्रिय राजमार्गमा परेपनि सुनौली देखि पोखराको बाटोको बर्तुङदेखि सीमानासम्मको बाटोलाई पुरानो बाटोमा थप ८ मिटर फराकिलो गराएका छौं । तानसेन देखि रिडी तम्घासको बाटोमा पुरानो बाटोलाई थप ७ मिटर फराकिलो बनाएका छौं । त्यस्तै धुवाघाटबाट तानसेन पस्ने बाटोलाई ११ मिटर फराकिलो बनाउन टेण्डर परेको छ । त्यस्तै तानसेनमा आउने हाइवेलाई सर्ट गर्नको लागि टेण्डर गरेका छौं । सर्ट बनिसकेपछि तानसेन आउने बाटो ५ किलोमिटर छोटो रहने अवस्था रहेको छ । ऐतिहासिक धरोहरलाई हेर्ने हो भने वडा नं. ४ मा पर्ने गणेश मन्दिर, तानसेन नगरपालिकाको वडा नं. ३ स्थित भिमसेन मन्दिर, वडा नं. ३ कै नारायण मन्दिरको छानाहरु जिर्ण अवस्थामा रहेकोमा पितलको छाना छाउने काम सम्पन्न गरिसकेका छौं भने यो नगरपालिकालाई युनेस्कोले स्थान दिएकोले पुरानै अवस्थामा राख्नुपर्दछ भनेर ढुंगा छाप्ने काम पनि सम्पन्न गरेका छौं । सँगसँगै यो वर्ष हामीले के घोषणा गरेका छौं भने तथ्याकं लिंदा तानसेन नगरपालिकाको ९५ घरमा चर्पी नभएको देखियो । हालसालै हामीले एउटा नीति बनाएका छौं कि ती सबै घरमा ट्वाइलेट बनाएर ट्वाइलेट नभएका घरहरु छैनन् भन्ने घोषणा गर्न हामी लागिराखेका छौं ।
त्यस्तै हामीले तानसेन नगरपालिकामा गरीब, जेहेन्दार र शिक्षा पाउन नसकेका छोरीहरुलाई छोरी शिक्षा कार्यक्रम अगाडि सारेका छौं । एउटा वार्डबाट ५, ५ जना छोरीहरुलाई पढाइदिने नीति तथा कार्यक्रमहरु पास गरिसकेका छौं । नगरपालिकाले स्थानीय व्यक्तिहरुको लागि काम गर्नुपर्दछ भनेर हामी अगाडि बढीराखेको सन्दर्भ छ । त्यस्तै तानसेन नगरपालिकालाई खरको छाना मुक्त बनाउनको लागि प्रत्येक वर्ष एउटा एउटा वडालाई खरको छानामुक्त गराउने कदम चालेका छौं । यो हिसाबले स्रोत र साधन अनुसार जनताको पक्षमा काम गर्नको निम्ति जनतालाई सेवा गर्नको निम्ति हामी अगाडि बढिराखेका छौं ।
तपाईं नेपाल कम्युनिष्ट पार्टीको र देशमा कम्युनिष्ट पार्टीको सरकार छ । सरकारबाट नगरपालिकाको विकास निर्माण कार्यमा के कस्तो सहयोग पुगेको छ ?
नगरपालिका एक्लैले पनि केही गर्न सक्दैन र सरकारले पनि केही गर्न सक्दैन । अहिलेको संघियताको परिवेशमा हामीले सहयात्रा र सहकार्य गर्ने हिसाबले नगरपालिकाले पनि आफ्नो स्रोत परिचालन गरिराखेको छ भने प्रदेशबाट पनि सहयोग भैराखेको छ ।
तानसेन नगरपालिका ऐतिहासिक सहर पनि हो, यहाँ पुराना भवन मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाहरुलाइ जोगाइ राख्न के कस्ता काम भएका छन ?
हामीले तीनवटा मन्दिरहरुको जिर्णोद्धार गर्ने काम सम्पन्न गरिसकेका छौं । एउटा मन्दिर निर्माणको लागि पुरातत्व विभागलाई आग्रह गरेका छौं । हामीलाई अधिकार दिनुहोस् हामी आफै बनाउँछौं भनेर भनेका छौं । संगसँगै रानी महललाई पनि तानसेन नगरपालिकाले रेखदेख गर्न सरकारले दिएको छ । त्यसलाई हामीले पेन्टहरु गर्ने, मर्मत गर्ने काम गरिरहेका छौं । त्यसको अहिले पिपीआर बनाएर तयार गरिरहेका छौ । पिपीआर अनुसार हामीले एउटा ऐतिहासिक पुरातात्विक धार्मिक सांस्कृतिक सम्पदाको रुपमा जोगाउनको निमित्त पहलहरु सुरु भैरहेको छ । सँगसँगै हामीले यो नगरमा प्रदेश सरकारको सहयोगमा सांस्कृतिक डबली निर्माण गर्न लागिराखेको छौं । त्यस्तै हाम्रो नगरमा स्थानिय सभागृह पनि निर्माण गर्नको लागि स्थान छनोट भैरहेको छ । त्यस्तै हामी तानसेन नगरपालिका मात्रै हैन कि वरिपरिका कृषि उपजहरु बजारसम्म पु¥याउनको लागि होलसेल कृषि बजार केन्द्र निर्माण गर्ने क्रममा अगाडि बढेका छौं । संकलन केन्द्रको रुपमा १० नम्बरमा कृषि उपज संकलन केन्द्र निर्माण गर्न स्थानान्तरण भैसकेको छ । अरु थुप्रै वडाहरुमा पनि त्यस्तो कृषि उपज संकलन केन्द्र बनाएर अगाडि बढिरहेका छांै । अहिले हाम्रो ध्यानमा मुख्य रुपमा कृषकहरुले उत्पादन गरेको कुरालाई उपभोक्ता सम्म पु-याउँदा बीचमा अनावश्यक रुपमा मुल्य वृद्धि हुने र उत्पादक पनि ठगिने र उपभोक्ता पनि ठगिने काम चाहि कसरी रोक्न सकिन्छ भन्ने हिसाबले काम गरिरहेका छौं । अहिले हामी सिधै कृषकहरुलाई सकेसम्म उपभोक्तासँग पुर्याउनलाई उहाँहरुलाई आउटलेटहरु खोल्नलाई प्रोत्साहित गरेका छौं । अर्को कुरा पनि हामीले एउटा नियमावलि विनियम पास गरेका छौं जसमा हरेक वडामा एउटा एउटा सस्तो पसल खोलेर त्यस किसिमको सस्तो पसललाई नगरपालिकाले सहयोग गर्ने, अनुगमन गर्ने र यसो गर्दा मुल्य नियन्त्रणमा सहयोग पुग्दछ भन्ने हामीलाई लागेको छ ।
तानसेन पर्यटकीय शहर पनि हो । कोरोनाको महामारीले नेपालकै पर्यटन व्यवसायलाई धरासायी पारेको छ । तानसेनमा यसको कस्तो असर देखिएको छ ?
अहिले कोरोनाले विश्वाव्यापी रुपमा सबैभन्दा असर पारेको क्षेत्र भनेकै पर्यटन क्षेत्र हो । यहाँ पनि पर्यटन क्षेत्र एउटा अस्तव्यस्तको अवस्थामा रहेको छ । यसलाई रिभाइभ गर्न पोष्ट कोभिड प्रोग्राम भनेर अगाडि बढाईरहेका छौं । अब यो सुस्त सुस्त खुल्ने क्रममा गैरहेका छ । यस क्रममा पर्यटन व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर हामीले प्रचार सामग्रीहरु तयार गर्ने, विभिन्न ठाउँमा त्यस्ता गोष्ठीहरु गर्ने, नयाँ कार्यक्रमहरु बनाउँने, नयाँ पर्यटक स्थलहरुको पहिचान गर्ने, त्यसलाई प्रचारमा लिने काम गरिरहेका छांै । अब मलाई लाग्छ यसको लागि कोभिड–१९ को कारणले गर्दा विस्तारै सुस्त गतिमा अगाडि बढ्ने क्रममा छौं । यसको लागि हामीले स्थानीय तहले गर्नुपर्ने सबै किसिमका सहयोग गरिरहेका छौं । खास गरि हामीले प्रचारप्रसारको क्षेत्रमा, नीति निर्माणको क्षेत्रमा र उहाँहरुलाई अरु हिसाबले फ्यासिलिटेट गर्ने कुरामा अगाडि बढिराखेका छौं ।
तानसेनमा खानेपानीको पहिले देखिनै समस्या रहिआएको थियो । अहिले खानेपानीको समस्याको स्थिति कस्तो छ ? यसको समाधानको लागि के कस्ता प्रयास भैरहेका छन ?
कतिपय बेलामा हाम्रो भएको भन्दा वेशी कुरा गर्ने बानी छ । तानसेन नगरपालिकामा खानेपानीको कुरा गर्ने हो भने काठमाडौँको, पोखराको र बुटवलको भन्दा परहेड सप्लाई बढी छ । तर हामीले जहिलेपनि खाने पानीको समस्या भन्ने गर्छौ । भर्खरै हामीले वास प्राग्राम अन्तरगत सर्वे गरेका थियौं । तानसेन नगरपालिका एउटा सानो नगरपालिका हो । सानो ठुलो गरे २०० ओटा खानेपानी प्रोजेक्टहरुको संचालन भैरहेको छ । यसमा ठूलाठूला प्रोजेक्टरहरुको कुरा गर्ने हो भने एउटा कोर एरियामा पहिलादेखि नै चलिआएको ४ हजार घरमा धारा वितरण भएको छ । त्यस्तै गरि तानसेन नगरपालिकाले बनाएको साना साना लगभग सय सवा सय घरले बनाएको खानेपानी लगभग ११–१२ वटा जती छन् । त्यसरी के देखिन्छ भने खानेपानी पर्याप्त नभएतापनि अरुअरु सहरमा जस्तै यहाँ चाहिं त्यस्ता नकारात्मक कुरा प्रचार भएको जस्तो समस्या छैन । मुख्य कुरा हाम्रो प्रवृत्तिको कुरा हो । हाम्रो यहाँ खानेपानीको विल तिर्न जाँदा खेरी बेसी तिर्न प¥यो भनेर कराउँछन्, धेरै पानी नआएपछि त बिल त बढ्दैन नि । तर यहाँ खानेपानीको समस्याबारे जुन चर्चा छ, त्यस्तो होइन । प्रचार हुँदा त काकाकुलको नगर हो कि जस्तो लाग्दछ तर त्यस्तो होइन । नेपालको अरु सहर जस्तै सामान्य छ । एकदमै क्राइसिस भएको हाहाकार भएको अवस्था भने छैन ।
अन्तमा, तपाईंको बाँकी कार्यकालमा तानसेनको विकास निर्माणका कार्यमा कस्ता कस्ता योजनाहरु अगाडि सार्नु भएको छ ?
अहिले भर्खरै हिउँदे अधिवेशन सक्कायौं । अधिवेसनबाट हामीले २ सय किलोमिटर भन्दा बेसी सडक बनाउने भनेका छौं । कमसेकम एउटा वडामा १ किलोमिटर भएपनि हामीले आफ्नै स्रोत बाट पीच गर्नुपर्दछ भनेर नीति पास गरेका छौं, तत्कालै हामी टेण्डरमा जाँदैछौं । अर्को भनेको तानसेन नगरपालिकाको बसपार्क साह्रै सानो छ, यो बनाउनको निमित्त नेपाल सरकारको वन मन्त्रालयबाट १ सय रोपनी जग्गा प्राप्त भइसकेको छ, जग्गाको क्लियरेन्सको काम भैरहेको छ । बसपार्क बनाउनको लागि हामीले प्रकृया अगाडि बढाई सकेको छौं । डीपिआर बाँकी रहेको छ । यसै गरि नगर स्तरिय एउटा औद्योगिक ग्राम बनाउनको लागि जग्गाको पहिचान भैरहेको छ । डिपिआर बनाएर त्यसको बजेट समेत छुट्याइ सकेको अवस्था छ । यसरी हामीले गरेको कतिपय कामहरु फिनिसिङ गर्दै जाने तरिकाले अगाडि बढिरहेका छौं । संगसँगै हामीले अहिले विदेशबाट आउने युवाहरुलाई रोजगारमा लगाउनु पर्छ भनेर नगरपालिकामा हाम्रो कार्यकाल सकिंदा सम्म कृषिजन्य जस्तै डेरी र मासुजन्य पदार्थमा हामी आत्मनिर्भर मात्र होइन छिमेकी जिल्लाहरुमा पनि पु¥याउनुपर्दछ भनेर लागिपरेका छौं । हामीले कृषिलाई विशेष प्राथमिकताका साथ अगाडि बढीराखेका छौं ।
- 21Shares
21
You may like

कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते

उर्लाबारीमा सन्थाल जातिको एकीकृत बस्ती निर्माण

ज्येष्ठ नागरिकको भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश

सदन छलेर दुईवटा अध्यादेश ल्याउने तयारी

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

फेवातालको नयाँ क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर

साउथ फिल्म ‘थिरिमाली’मा स्वस्तिमा खेल्ने

‘वनमा खयर’ गीतमार्फत दुलालको पुनरागमन (भिडियो सहित)

पर्यटकको रोजाईमा गणतन्त्र स्मारक पार्क (फोटो फिचर)

गाउँघर आयुर्वेद घुम्ती सेवाबाट १५ सय लाभान्वित

व्यङ्ग्यचित्र पत्रकारिताबाट राजनीतिलाई खबरदारी गर्न आग्रह

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या
