सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आलोचना झेल्दै आएको सरकारले शुक्रबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश ल्याएको छ ।

सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीरीले शुक्रबारै जारी गरेकी छिन् ।