पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घघाटन भएको ४ महिनामा निकै सुन्दर देखिएको छ । काठमाडौँ महानगरपालिकाले रानीपोखरीमा जमेको लेउ निकास्न थालेपछि सो क्षेत्रको सुन्दरता निकै बढेको हो ।
गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्धघाटन गर्नुभएको थियो । २०७२ सालको भूकम्पकाकारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण असोज महिनामा सम्पन्न भएको थियो ।