अन्तर्वार्ता
देशभरिका धेरै पालिका भन्दा धनगडी उपमहानगर विकासका लागि अगाडि नै छ : मेयर ओड

- 62Shares
सुदूरपश्चिम प्रदेशको राजधानीस्थीत कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा कोरोनाले विकास निर्माण तथा पर्यटनमा पारेको असर, धनगढीमा भैरहेका विकास निर्माणका कार्यहरु, आगामी योजनाहरु आदि सेरोफेरोमा रहेर धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर ओडसँग पालिका न्यूज डटकमका लागि सम्पादक मनोज राज रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ः
अहिले विश्व नै कोरोनाले आक्रान्त छ, यसमा धनगडी उपमहानगरपालिका पनि अछुतो हुन सकेको छैन, यहाँको कोरोनाको अवस्था कस्तो छ र यसको नियन्त्रणको लागि कस्ता कस्ता कदम चाल्नु भएको छ?
धनगढी अरु क्षेत्रभन्दा अलि बढी संवेदनशिल क्षेत्र हो र यो देशको सबैभन्दा ठूलो ओहोरदोहर गर्ने नाका भएकाले अहिले सम्म एकदमै गाह्रो अवस्था थियो । तर यसका बाबजुद पनि त्यहाँका सबै संघ सस्थाहरु, नागरिक समाज, सबैले सहयोग गरेका कारणले अहिले सम्म व्यवस्थित गर्दै जाने कुरामा हामी लागिरहेका छौं । अहिले हरेक क्षेत्रमा सबैको साथ सहयोग लिएर अगाडि बढी रहेको अवस्था छ । अहिले कोरोना पहिलेको भन्दा धेरै सामान्य भएको छ । पालिकामा दुई चार जना मात्र पोजेटीव देखिएको अवस्था छ । अहिले कोरोना विरुद्धको खोप पनि आइसकेको छ । स्वास्थ्यकर्मीहरु, सरसफाई क्षेत्रमा लागेकालाई खोप लगाएर अगाडि बढिराखेको अवस्था छ । कोरोना नियन्त्रणका लागि प्रचारप्रसार गरिरहेका छौ । तीनवटै सरकारको मापदण्ड अनुसार जनतालाई आदेश गरिरहेका छौं । कोरोना विरुद्ध अभियानको रुपमा स्वास्थ्यकर्मी र स्वयमसेवीकाहरुलाई ठाउँठाउँमा खटाएर अघि बढिराखेका छौं ।
तपाईले धनगढी उपमहानगरपालिकाको नेतृत्व लिनु भएको पनि साढे तीन वर्ष भैसकेको छ । यस अवधिमा तपाईंले के कस्ता कामहरु गर्नुभयो ?
धनगढीमा जुन चीजहरु हिजो पछाडी परेका थिए ती सबै चीजहरुलाई तदारुकताका साथ संगसगै अगाडि लैजाने पहल गरिरहेका छौ । स्वास्थ्यका क्षेत्रमा हामी आइसेकेपछि धेरै परिवर्तन भएको छ । स्वास्थ्य क्षेत्रको धेरै भन्दा धेरै सुविधा उपलब्ध गराउने कोेसिस गरेका छौं । धनगढीमा खानेपानीको असुविधा छ, त्यसलाई सुधार गर्ने कार्य अगाडि बढीराखेका छौ । सामाजिक कार्यहरु र अन्य पक्षहरुलाई पनि अगाडि बढाईरहेका छौं । शिक्षामा पनि हामी आईसकेपछि पहिलेभन्दा धेरै सुधार भएको छ । कृषिमा अनुदान लगायत धेरै कुराहरुमा अगाडि बढेका छौं । संघ सस्थाहरुसँग अनुरोध गरेर यहाँ यस्तो अभाव छ यो अभावलाई हटाउन सहयोग गरिदिन भनेर पहल गरेको अवस्था छ । पर्यटन क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरुलाई अगाडि सारेर अगाडि बढेका छौं ।
हामीले गरेका उल्लेखनिय कामहरु उल्लेख गर्नुपर्दा कोल्डस्टोर बनाएका छौं, सिटी हल पनि बनाईरहेका छौ । वडामा सामुदायिक भवनहरु बनाएका छौं, स्वास्थ्य कार्यालयका लागि भवन बनाएका छौ । वडा कार्यालयहरुले पहिले भाडाका घरबाट काम गरिरहेका थिए भने अहिले दुईतीन वडा बाहेक अरु सबै वडाका भवनहरु बनाएका छौं । त्यस्तै गरी पहिले स्वास्थ्य भवन पनि भाडामा थियो भने अहिले आफ्नै भवन बनाएका छौं । नगरपालिकाको अफिसहरु व्यवस्थापन गरेका छौ । कर्मचारीहरु व्यवस्थापन गरेका छौ । कानुनी प्रकृयामा अहिले प्रदेश नं. ७ अव्वल भूमिकामा आएको छ । सुदुरपश्चिम प्रदेशमा हाम्रो नगरपालिका अरुभन्दा अग्रस्थानमा नै आउँदछ । सबै कामहरु जुन स्थानीय तहले गर्नुपर्ने थियो त्यो सबै क्षेत्रहरुमा निरन्तररुपमा हामीे अगाडि बढिरहेका छौं । धर्म सस्कृति जोगाउने र जगर्ना गर्ने कामहरु गरिरहेका छौं ।
गएको वर्षमा भन्दा नगरपालिकामा यो वर्ष प्रमुख प्राथमिकतामा परेका विकासका योजनाहरु के के छन् ? गत वर्षको विकास योजनाका कार्यलाई कोरोनाले के कस्तो असर पुर्यायो ?
कोरोनाको कारणले त सबै क्षेत्रमा असर पुगेको छ । सबै क्षेत्रका निर्माण कार्यहरु अधुरा नै छन् र अहिले विस्तारै ती कार्यहरु सुचारु हुँदै गएका छन् । विशेष गरि स्वास्थ्य, शिक्षा, कृषिलाई नै यस वर्षको प्रमुख प्राथमिकतामा राखेका छौं । विभिन्न संस्थासँग सहयोग र अनुरोध गरेर अगाडि बढेको अवस्था छ ।
देशमा कम्युनिष्ट पार्टीको सरकार छ । सरकारबाट नगरपालिकाको विकास निर्माण कार्यमा के कस्तो सहयोग पुगेको छ ?
अन्य नगरपालिकामा सरकारको स्तरबाट कस्तो सहयोग पुग्यो मलाई थाहा भएन तर धनगढी महानगरपालिकामा संघीय सरकार र प्रदेश सरकार पूर्वाग्रही रुपमा अगाडि बढेका छन् । किनभने अहिले हामी देशको धेरै पालिका भन्दा अगाडि छौ । त्यो अगाडि भएको अवस्थामा जुन किसिमको सहयोग र समन्वय हुनुपर्ने हो धनगढी उपमहानगरपालिकासँग त्यो भएन । किनभने चुनाव जितेको संघिय सरकारले मेगा सिटी बनाउने परियोजनामा १० वटा सहरमध्ये धनगढी उपमहानगरपालिका पनि परेको थियो त्यसमा कुनै किसिमको प्रक्रिया अगाडि बढ्न सकेन । धनगढी उपमहानगरपालिकाले कुनै किसिमको सहयोग पाएको छैन । हाम्रो इलाकामा क्राइट एरिया मिट गरेर हामीले परियोजना पाएका छौं तर अरु सहयोग दुवै सरकारबाट पाएनौं ।
धनगढीमा एभियसन म्युजियम पनि रहेको छ । यसले यहाँको आन्तरिक तथा बाह्य पर्यटनलाई कस्तो टेवा पु¥याइरहेको छ ? धनगढीमा पर्यटन व्यवसाय कस्तो स्थितिमा छ ?
गत ८ महिना देखि पर्यटन मात्र होइन सबै कुराहरु धरासयी भएको अवस्था छ । अहिले सामान्य रुपमा पिकअप लिईरहेको अवस्थामा छ । त्यसलाई व्यवस्थित रुपमा लिएर अगाडि जाने बेला हो । अहिले बल्ल तल्ल होटल, रेष्टुरेण्टहरु खुलेको अवस्था छ । बल्ल तल्ल मठमन्दिर खुल्न थालेका छन् । त्यसैगरी पार्कहरु पनि खुल्न थालेका छन् । पर्यटकका लागि गौरवको क्षेत्र बनाउने हाम्रो प्रयास हो । धनगढीमा जोकर बाबा ताल भन्ने छ जसका लागि स्थानीय सरकारले साढे छ करोड बजेट विनियोजन गरेको छ । त्यसपछि गएर शिवपुरी धाम छ त्यसलाई पनि व्यवस्थापन गर्दै अगाडि लिएर गएका छौं । उता पट्टी बेणा बाबा मन्दिर भन्ने छ, यो शक्तिपीठ हो र त्यसै रुपमा धार्मिक पर्यटकको रुपमा अगाडि बढाएका छौं । होमस्टे बाबा धनगढीमा भएकाले त्यसलाई पनि व्यवस्थित र सुदृढिकरण गरेर अगाडि बढाइरहेका छौं । अहिले वाटर पार्क वडा नम्बर ३ मा रहेकोलाई पनि संचालन गर्ने विचार गरेका छौं । त्यसलाई बोर्डबाट र परिषदबाट पर्यटीकय क्षेत्रको रुपमा विकास गर्नको लागि पहिलो प्राथमिकतामा पारेका छौं । त्यसले डुवान व्यवस्थापन क्षेत्रका लागि पनि काम गर्दछ र पर्यटन क्षेत्रको रुपमा पनि काम गर्ने भएकोले त्यसलाई एक नम्बरमा पहिलो प्राथमिकताको रुपमा विशेष अनुसन्धानका रुपमा हामीले एक नम्बरमा राखेका छौं । संघिय सरकारले छनोट गरेको खण्डमा धेरै राम्रो हुन्छ । त्यो सुचारु भयो भने पाँच सात वटा पर्यटकीय क्षेत्रहरुलाई हामीले स्थापित गर्न सक्थ्र्याैं । अहिले त्यस्तै सातताल भन्ने छ, सातवटा ताल भएको ठाउँ र एउटा तालबाट अर्को तालमा पनि जान मिल्ने । त्यसलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि बजेट माग गरेका छौं । धनगढी उपमहानगरपालिका पर्यटकीय रुपमा अगाडि छ । धनगढीको चारपाँच ठाउँ हेर्न लायकको छ । शिवपुरी धाम नेपालकै १०८ शिव लिङग भएको क्षेत्र हो । जोकर बाबा २०, २२ बिघामा फैलिएको ताल छ । त्यसलाई विस्तार गर्दैछौ । बेणा बाबा मन्दिर भनेको धनगढीकोे शक्तिपिठको रुपमा लिन मिल्छ । होमस्टे बाबा पनि पहिले देखि नै चलिआएको र अहिले त्यस क्षेत्रमा झोलुङगे पुुल निर्माण गरिदैं छ । त्यस क्षेत्रको बाटोघाटोहरुको पनि व्यवस्था गर्दैछौ । होमस्टेको लागि २० वटा घरहरु छन, त्यसलाई पनि व्यवस्थित गरेर अगाडि लग्दैछौं ।
अन्तमा, आगामी वर्षको लागि धनगढी नगरपालिकाको उन्नति र प्रगतिको लागि के कस्ता कार्यक्रमहरु अगाडि सार्नु भएको छ, केही प्रकाश पारिदिनुहुन्छ कि ?
कोरोनाका कारणले गर्दा ७५३ वटै स्थानीय तहको बजेटहरु ब्रेक भएको छ । त्यो बजेट अहिले संघिय सरकारमा गएको छ । संघिय सरकारले पनि त्यो बजेटलाई निरन्तरता खुकुलो बनाई विनियोजन गरिदिने र आउँदो बेला निश्चित क्षेत्रहरुमा, जस्तै शिक्षाको क्षेत्रमा, पर्यटन क्षेत्रमा, कृषि क्षेत्रमा, यो बजेटहरु विनियोजन भएर अगाडि बढ्न सक्यो भने विकास हुने सम्भावना तीव्र छ । धनगढी उपमहानगरपालिका भनेको सुदूरपश्चिम प्रदेशको हरेक क्षेत्रको हबका रुपमा जस्तै शिक्षाको हबको रुपमा, व्यवसाय, कृषि र त्यसपछि गएर पर्यटक हबका रुपमा रहने कारणले एकदमै सम्भावनै सम्भावना रहेको ठाउँ हो । यसका लागि संघिय सरकार, प्रदेश सरकारले गम्भीर रुपमा धनगढी उपमहानगरपालिकालाई नमूनाका रुपमा अगाडि सार्नुपर्दछ । ८८ वटा स्थानीय तहमा धनगढी उपमहानगरपालिकाले हरेक दिन प्रगति गरेको छ । त्यसैले धनगढी उपमहानपालिकालाई नमूनाको रुपमा अगाडि सारेर विकास गर्नुपर्दछ । यहाँ अन्य क्षेत्रभन्दा धेरै सम्भावनाहरु छन् ।
- 62Shares
62
You may like

अदालतको फैसलापछि सरकार बन्न नसके मुलुक निर्वाचनमा जाने : बस्नेत

गोठीगाउँका महिलाहरूद्वारा वृक्षारोपण

बाघको छाला सहित २ जना पक्राउ

गाउँपालिका क्षेत्र भित्रका नयाँ भवन तथा संरचनाहरु निमार्णमा रोक

प्रधानमन्त्री ओलीको राजीनामाबारे विहिबार छलफल गर्दै सरकार

सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै अगाडि बढ्ने नेकपाको निर्णय

हुम्लामा १७८९ फ्रन्टलाइनले लगाए कोरोना विरुद्धको खोप

‘मानवाधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी हुँदैन’

मयूरधाप औद्योगिक क्षेत्रको फागुन १४ गते शिलान्यास गरिदै

संयोगले जोगिएको मातृशिशुको ज्यान

दुई स्थानीय तहमा आरोग्य सेवा केन्द्र स्थापना

सिमकोट बिमानस्थलको निर्माण कार्य छिट्टै सम्पन्न हुँदै

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या
