ताजा जनादेशका लागि जनताबीच जानु कसरी प्रतिगमन ? : प्रधानमन्त्री ओली - Palikanews.com
Connect with us

मुख्य समाचार

ताजा जनादेशका लागि जनताबीच जानु कसरी प्रतिगमन ? : प्रधानमन्त्री ओली

  • 31
    Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेशद्वारा विहिबार बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बीचमा गएर निर्वाचन गर्नु ‘प्रतिगमन’ नभएको र निर्वाचन भएर छाड्ने प्रष्ट पार्नुभएको छ ।

देश हैन, आफूलाई बनाउन हिड्ने केही नेताहरु आज सडकमा पुगेको उहाँले बताउनुभयो । देश बनाउने उद्देश्य नबोकेका तत्वहरु अहिले पार्टी छाडेर बाहिरिएका छन उहाँले थप्नुभयो, चुनाव हुने भनेको कसरी प्रतिगमन ? ताजा जनादेशका लागि जनताबीच जानु कसरी प्रतिगमन ? तपाईहरुले कस्तो व्यवस्था खोज्नुभयो ?

नेपाली भूभाग समेटेर नयाँ नक्सा छाप्ने वित्तिकै पार्टी भित्रका केही नेताहरुले विरोध गरे, पदबाट हट्न भने, उधारो होइन नगदानगद चाहियो भन्नुभयो अध्यक्ष ओलीले थप्नुभयो, केही व्यक्ति पार्टीबाट चोइटिएर गएपछि पार्टी गतिशील बनेको छ, एकताबद्ध भएको छ । पार्टीभित्र शुद्धीकरणको आवश्यकता भएका बेला केही व्यक्ति बाहिरिएपछि शुद्धीकरण भएको उहाँले बताउनुभयो ।

निराश हुनुपर्ने कुनै कारण छैन, केही व्यक्ति बाहिर गएका हुन” अध्यक्ष ओलीले पार्टी पङ्तिलाई आश्वास्त पार्नुहुँदै थप्नुभयो, “सरकारले गरेको राम्रो कामको कहिल्यै प्रसंशा भएन, उहाँहरुले कुनै विकासको काम देख्नु भएन । सरकारले तीन वर्षको कामको समीक्षा गर्ने तयारी गरेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले आउने शनिबार सञ्चारमाध्यम मार्फत प्रत्यक्ष जनतामाझ आउने जानकारी दिनुभयो ।

प्रतिनिधिसभा संविधानसम्मत ढङ्गले विघटन गरेको प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, देश अस्थिरतातर्फ जाने देखिएपछि, काम गर्न नदिएपछि बहुमतको प्रधानमन्त्रीको हैसियतले संसद विघटन गरेको हुँ । संविधान धारा ७६ ९७०, धारा ८५ अनुसार प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरी विघटन गरिएको उहाँले बताउनुभयो । देशलाई अस्थिरतातर्फ अदालतले फर्काउने छैन भन्ने मलाई विश्वास छ उहाँले भन्नुभयो ।

  •  
    31
    Shares
  • 31
  •  
  •  

गण्डकी51 years ago

कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते

प्रदेश १51 years ago

उर्लाबारीमा सन्थाल जातिको एकीकृत बस्ती निर्माण

मुख्य समाचार51 years ago

ज्येष्ठ नागरिकको भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

मुख्य समाचार51 years ago

कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश

कर्णाली51 years ago

सदन छलेर दुईवटा अध्यादेश ल्याउने तयारी

अर्थ51 years ago

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

गण्डकी51 years ago

फेवातालको नयाँ क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर

स्थानीय कला साहित्य51 years ago

साउथ फिल्म ‘थिरिमाली’मा स्वस्तिमा खेल्ने

समाचार51 years ago

‘वनमा खयर’ गीतमार्फत दुलालको पुनरागमन (भिडियो सहित)

फोटो फिचर51 years ago

पर्यटकको रोजाईमा गणतन्त्र स्मारक पार्क (फोटो फिचर)

कर्णाली51 years ago

गाउँघर आयुर्वेद घुम्ती सेवाबाट १५ सय लाभान्वित

बागमती51 years ago

व्यङ्ग्यचित्र पत्रकारिताबाट राजनीतिलाई खबरदारी गर्न आग्रह

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement