प्रदेश २
महोत्तरीमा यौन हिंसाका घटना बढ्दै

- 16Shares
विगत सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना मुद्दा प्रहरीमा दर्ताभएका छन् । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका अनुसार आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि माघ महिनासम्म जिल्लामा ४१ वटा यौनहिंसाका घटना घटेका हुन् ।
महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले सो अवधिमा ३१ जबर्जस्ती करणी र १० जबर्जस्ती करणी प्रयासका घटना गरी जम्मा ४१ यौनहिंसाका घटना घटेको बताउनुभयो । उहाँका अनुसार जबर्जस्ती करणीमा ४५ जना संलग्न छन् भने १० जबर्जस्ती करणी उद्योगमा १३ जना संलग्न छन् । यसरी जम्मा ५८ जनाले ४१ यौनहिंसाका घटना घटाएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जबर्जस्ती करणीको घटनामा संलग्न ४५ मध्ये २२ जनालाई र जबर्जस्ती करणी उद्योगका घटनामा संलग्न १३ मध्ये आठ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
दुवैथरीका घटनामा २८ प्रतिवादी अझै फरार रहेका तथा उनीहरुको खोजतलास भइरहेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । यौनहिंसामा पर्ने अधिकांश महिला तथा युवायुवती २० वर्ष मुनिका र कोही कोही २४ वर्षसम्मको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
- 16Shares
16
You may like

नेकपाको निर्णय : माधव नेपाल एमालेमै फर्किने, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने

बस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणमा अग्रसर रहन आग्रह

प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक पेरिसडाँडामा सुरू

आगलागी हुँदा आठ जनाको मृत्यु

अन्तर्राष्ट्रिय नारी दिवस : श्रीमानलाई बोकेर दौड प्रतियोगिता

मैले उहाँहरुलाई सोध्न नपरोस्, तपाईं कुन पार्टीको हो ? : प्रधानमन्त्री ओली

मेलम्चीको पानीले वाग्मतीको बहाव बढायो

वडा नं. १० मा भोटर्स भन्दा घरसंख्या धेरै छ : वडा अध्यक्ष के.सी.

नीति निर्माण तहमा महिला सहभागिताको आवश्यकता : नेतृ कोइराला

नेकपा महासचिव चन्द र अभिनेत्री रेखाबीच भेट

बेपत्ता वृद्ध दम्पती अझै फेला परेनन्

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या
