चिकित्सकको परामर्श शुल्क नबढाउन निर्देशन - Palikanews.com
Connect with us

मुख्य समाचार

चिकित्सकको परामर्श शुल्क नबढाउन निर्देशन

  • 22
    Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको परामर्श शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमले नेपाल चिकित्सक सङ्घ र एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (एफिन)लाइ परामर्श र गृहकार्य गरेर मात्र चिकित्सकको परामर्श शुल्क तोक्न निर्देशन दिनुभएको हो ।

उहाँले कोरोना भाइरस–१९ को सङ्क्रमण र यसले निम्त्याएको आर्थिक शिथिलता समेतलाई मध्यनजर गर्दा चिकित्सको परामर्श शुल्क २०७१ भदौ ११ गते मन्त्रालयले जारी गरिएको पत्रानुसार हुने उल्लेख गर्नुभयो ।

उहाँले मन्त्रालयसँग सहमति नगरी वृद्धि गरिएको परामर्श शुल्क अमान्य भएको जनाउनुभएको छ । गत माघ ४ गते यस मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एकलौटीरुपमा सङ्घ र एफिनद्वारा वृद्धि गरिएको परामर्श शुल्कप्रति मन्त्रालयको सहमति नरहेको व्यहोरा जानकारी गराइन्छ, उहाँले भन्नुभयो, यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको अवस्थामा र मन्त्रालयसँग थप कुनै पनि परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था रहँदैन ।

मन्त्रालयले आवश्यक थप गृहकार्य र मन्त्रालयसँगको परामर्श गरी मात्र परामर्श शुल्क वृद्धि गर्न उचित हुने र सर्वसाधारणमा थप दुविधा उत्पन्न भई सेवामा असर पुग्नसक्ने बताउनुभयो ।

उहाँले निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक, अस्पतालको सेवा शुल्क र परामर्श शुल्कसमेतको समयसापेक्षित परिमार्जन गर्न सम्बन्धित सरोकारवालासँग छलफलका लागि मन्त्रालय तयार रहेकोसमेत उहाँले विज्ञप्तिमा जनाउनुभएको छ ।

  •  
    22
    Shares
  • 22
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि स्वीकृत

बागमती51 years ago

‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान

मुख्य समाचार51 years ago

अन्तर्राष्ट्रिय नारी दिवस : पुरुषसँग समान काम, ज्याला भने आधा कम

कर्णाली51 years ago

हुम्लामा चौथो पटक हिमपात, किसान खुशी

बागमती51 years ago

नागरिकताको प्रमाणपत्र प्राप्तिका लागि सहजीकरण गर्न जनप्रतिनिधि प्रशासनमा

मुख्य समाचार51 years ago

विश्वासको मत लिएर पार्टीलाई अगाडि बढाउने : प्रधानमन्त्री ओली

मुख्य समाचार51 years ago

फागुन २६ गते बस्ने गरि प्रतिनिधिसभाको बैठक स्थगित

मुख्य समाचार51 years ago

प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थिगित

मुख्य समाचार51 years ago

प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु (भिडियो)

मुख्य समाचार51 years ago

सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने : प्रधानमन्त्री ओली

बागमती51 years ago

एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा ब्युँतिए (पूर्णपाठसहित)

मुख्य समाचार51 years ago

ओली र प्रचण्डको नेतृत्वमा रहेको नेकपा खारेज

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement