फूलेको तोरी टिप्न नपाउँदै ओईलिईन भागरथी - Palikanews.com
Connect with us

मुख्य समाचार

फूलेको तोरी टिप्न नपाउँदै ओईलिईन भागरथी

  • 85
    Shares

शुक्रबार भागरथी भट्टको अन्तिम संस्कार गरेर घर फर्किनु भएका केशवलाई आमा समाल्न गाह्रो भईरहेको छ । आमा द्रोपति छोरीले बारीमा लगाएको तोरी फूलेको देखेर छिन छिनमा भक्कानिएर रुनुहुन्छ । भागरथीको याद आउने घरका सबै वस्तु हटाए पनि बारीमा फूलेको तोरी कहाँ लगेर राख्नु ? भागरथीका दाजु केशवले भन्नुभयो । फूलेको तोरी टिप्न नपाउँदै आफै ओईलिएर गई, केशवले भन्नुभयो, घर खर्च चलाउन बाख्रा पनि पालेकी थिएन्, वस्तुभाउ उसैको जिम्मा थिए ।

चडेपानी गाउँबाट डेढ घण्टाको सडक दूरीमा पर्ने बैतडी अस्पतालको शवगृहबाट भागरथीको शव निकालेर भागरथीका दाइ केशवले महाकालीमा अन्त्यष्टि गर्न जाँदा छोरीको अनुहार अन्तिम पटक हेर्ने चाहना थियो तर, आमा द्रोपतिलाई आफन्तले हेर्न जान दिएनन् ।

श्रीमानको मृत्युपछि सेतो पहिरनमा रहनु भएकी द्रोपतिलाई छिमेकी र नजिकका नातेदार रातदिन सम्झाउन घरमा आईरहनुहुन्छ तर, एकपछि अर्को बज्रपातले द्रोपति एकोहोरो टोलाएर रोईरहनुहुन्छ । घरमा कहाँबाट को आउँदैछन् ? केही थाहा छैन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको जन्म २०५९ साल वैशाखमा भएको थियो ।

आमा द्रोपति निरक्षर हुनुहुछ । सामान्य लेखपढ गर्न जान्ने बुवा कृष्णानन्द भट्टको मधुमेह रोगका कारण किड्नीमा समस्या देखिएपछि उपचार गराउन नसक्दा उहाँको तीन महिनाअघि धनगढीमा मृत्यु भयो ।घरको एक मात्र सहाराको रुपमा रहनु भएका कृष्णानन्दको मृत्यु भएपछि परिवारको मेरुदण्ड नै भाँचियो । बुवाको किरिया सकेर घर खर्च चलाउन २० वर्षीया केशव भट्ट सेतो पहिरनमा रहेकी विधवा आमा द्रोपतिलाई १७ वर्षीया बहिनी भागरथीको जिम्मा छोडेर यही माघ ४ गते मजदुरी गर्न भारत जानु भएको थियो ।

गरिबीका कारण कक्षा १० सम्म मात्र अध्ययन गरेर बुवा कृष्णानन्दले पछ्याउँदै गरेको बाटो ‘ईण्डियाको चौकीदारी’ अर्थात् भारत गएर ज्याला मजदुरी गर्ने बाटोमा मोडिएका केशव आफूले पढ्न नसके पनि बहिनी भागरथीलाई उच्च शिक्षा पढाउने धोको थियो ।

खर्चको जोहो गर्नकै लागि विधवा आमालाई बहिनीको सहारामा छाडेर झोला बाकेर भारत लागेको थिए, केशवले भन्नुभयो, सबै सपना चकनाचुर भयो । माघ ४ गते भारत गएको हुँ । २१ गते बहिनी हराएको खबर सुने । २२ गते बलत्कारपछि हत्या भएको समाचार सुने । मुगलानबाट रुँदै कसरी घर आईपुगे केही थाहा छैन । चरम गरिबी, त्यसमाथि रोगी बुवा उपचार नपाएर बितेको पीडा । घर छाडेर परेदेशिएका दाइ ।

घरमा विधवा आमा, यी सबै पीडा सहेर पनि भारथी भट्ट चडेपानी गाउँबाट एक घण्टा पैदल हिँडेर खोचलेक बजार नजिकै रहेको सनातन धर्म माविमा अर्थशास्त्र विषय पढ्नुहुन्थ्यो । जन्मदै गरिबी झेलेकी भागरथीको अर्थशास्त्र विषय पढ्ने धोको थियो । पढाईमा गाउँकै अब्बल विद्यार्थी थिईन् भागरथी । नियमित विद्यालय जाने भागरथी घरको अवस्थाका कारण पढाई सकेर चाँडै घर फर्किनु हुन्थ्यो ।

समयमै विद्यालय आउने जाने भागरथी माघ २१ गते बुधबारका दिन अबेरसम्म पनि घर नफर्किदा आमा द्रोपतिको मनमा चिसो पस्यो । भागरथीले पालेका बाख्रा, गाई गोरु पनि भागरथीकै बाटो हेरिरहेका थिए । भागरथीले पढाई गरेर बचेको समय निकालेर घरमा पाँच वटा बाख्रा, तीन गाई, तीन बाच्छा, एक भैंसी र एक हल गोरु पाल्नु भएको थियो ।

भर्खरै ब्याएका तीन वटा बाख्राका पाठा आँगनमा अहिले पनि लडिबुडी गरिरहेका छन् । एउटा गोठसहितको सानो घर छ । घर नजिकैको गहुँको बारीको डिलै डिलमा तोरी फूलेको छ ।आँगनमा बाख्राका पाठा खेल्दा, बारीमा फूलेको तोरी देख्दा आँखाबाट आँसु रोकिदैनन्, आमा द्रोपतिले भन्नुभयो, दिन त रोएर काट्छु । रात बिताउँन साह्रै पीडा हुन्छ । श्रीमानको मृत्युुपछि सेतो पहिरनमा बसेकी आमा द्रोपतिलाई मेलापात देखि साँझ–बिहान सघाउने भागरथी नै थिईन् । घरधन्दा, मेलापात र खेतीपातिको जिम्मेवारी पनि भागरथीकै काँधमा थियो ।

फूल जस्ती छोरीमाथि पापीको आँखा लागेपछि निमोठेर प्राण लिएपछि बाँच्न गाह्रो भएको द्रोपतिले पीडा सुनाउनुभयो । माघ २१ गते विद्याबाट घर फर्किदा बेपत्ता भएकी भागरथीको भोली पल्ट २२ गते गाउँ नजिकैको लडालेक जङ्गलमा शव फेला परेको थियो ।

बैतडी प्रहरीले भागरथीको हत्या भएको १३ दिनपछि यही फागुन ५ गते बुधबार भागरथीको हत्या आरोपमा चडेपानीकै दिनेश भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपछि परिवारलाई सुरुमा पत्याउनै गाह्रो भयो । आरोपी दिनेश भट्ट भागरथीकै भाइ ताना पर्ने थिए । अझ उमेर र पढाईमा पनि कान्छो थिए । हत्यामा दिनेशको संलग्नता पुष्टि नभएसम्म परिवारले शव नबुझ्ने बताउँदै परिवारले केही दिन शव बुझ्न मानेनन् ।

अरोपित दिनेश भट्टले फागुन ६ बिहीबार आफ्नै घरपरिवारका सदस्य मध्येका बुवा, सरकारी वकिल र अनुसन्धानमा सरिक प्रहरी अधिकृतका सामु बलात्कारपछि आफूलेनै हत्या गरेको स्वीकारगरेपछि भागरथीको शव बुझेर महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको आफन्त शिवराज भट्टले बताउनुभयो ।

विहीबार अभियुक्त दिनेश भट्टको बयानका आधारमा लडाकेल जङ्गलबाट भागरथीले प्रयोग गर्ने गरेको घडी फेलापरेपछि घटनाको विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । गोरखापत्र दैनिक

  •  
    85
    Shares
  • 85
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कर्णाली51 years ago

वीरेन्द्रनगरको विभिन्न ठाउँहरुमा फोहोरको थुप्रो

समाचार51 years ago

प्रधानमन्त्री ओलीसँग थप गोल गर्ने समय सकियो : नेतृ झाँक्री

मुख्य समाचार51 years ago

प्रधानमन्त्री ओली र गौतमबीच भेटवार्ता

कर्णाली51 years ago

वादी समुदायको माग पूरा गर्न अपिल

अर्थ51 years ago

माछापुच्छे बैंकले बनायो पोखरालाई क्यु. आर. कोड सेवा

प्रदेश २51 years ago

बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय झण्डा महोत्सव

लुम्बिनी51 years ago

लुम्बिनी प्रदेश व्यवस्थापन कार्यालयको होडिङ्ग बोर्डमा अज्ञात व्यक्तिद्धारा तोडफोड

मुख्य समाचार51 years ago

ढम्कनेका किसानहरु आलु लगाउनमै व्यस्त

मुख्य समाचार51 years ago

भक्तहरुको आस्थाको केन्द्र पाल्पाको भैरवनाथ मन्दिर

कर्णाली51 years ago

चुचलढुङ्गाको कालो ऐँसेलु औषधीको खानी

कर्णाली51 years ago

दाङको लमहीमा १४ करोड बढीको लगानीमा बहुउद्देश्यीय व्यापारिक भवन निर्माण

बागमती51 years ago

अब पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीबाटै भेटी दान गर्न सकिने

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement