कोभ्याक्समार्फत खोप ल्याउन सरकारको अन्तिम तयारी - Palikanews.com
Connect with us

शिक्षा / स्वास्थ्य

कोभ्याक्समार्फत खोप ल्याउन सरकारको अन्तिम तयारी

  • 14
    Shares

सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउन थालेको जानकारी दिनुभयो ।

उहाँका अनुसार २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले एकैपटक नभई पटकपटक पठाउने छ । विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइअन्स’ (गाभी) लगायत संस्थाले निम्न आय मुलुक भएका देशलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।

‘कोभिशिल्ड’ खोप विश्व स्वास्थ्य सङ्गठनमा सूचिकृत भएकोले नै कोभ्याक्सले सोही खोप पठाउन थालेको हो । यसअघि नेपालमा उक्त खोप लगाउन थालिएको छ । भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेबाट लगाउन थालिएको हो ।

सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ ।

केही दिनअघि मात्र सरकारले कोभिशिल्ड २० लाख मात्रा खोप किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ । उक्त खोप केही हप्तामा आउने आउने उहाँले बताउनुभयो । सोही किनेको खोप यही फागुन २३ गतेदेखि ५५ वर्षभन्दामाथिका व्यक्तिलाई लगाइने भएको छ ।

यस्तै चीन सरकारले पनि सरकारलाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । चीनले ‘भेरोसिल’ नामक खोप उपलब्ध गराउने भनेको छ । उक्त खोप औषधि व्यवस्था विभागले समेत सूचिकृत गरिसकेको छ ।

  •  
    14
    Shares
  • 14
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा एकताबद्ध हुन्छ : गौतम

समाचार51 years ago

नगद रकम बोकेर भारततर्फ जार्दै गरेका दुइजना प्रहरीकोे नियन्त्रणमा

प्रदेश २51 years ago

शिक्षकले तलब नपाउँदा विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी

अर्थ51 years ago

कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गबीच सम्झौता

कर्णाली51 years ago

बसन्तलाई स्वागत गर्ने ‘चैतलो’ पर्व

कर्णाली51 years ago

निराश बनाउँदै पर्यटकलाई सुर्खेत बुलबुले ताल

गण्डकी51 years ago

म्याग्दीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्रे हुदै

मुख्य समाचार51 years ago

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालन समय घटाउने

कर्णाली51 years ago

यारी र हिल्छामा सौर्य उर्जा स्थापना गरिदै

मुख्य समाचार51 years ago

नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै

मुख्य समाचार51 years ago

कोभिड–१९ विरुद्धको खोप अभियानले जगाएको आश

मुख्य समाचार51 years ago

अदालतको फैसलापछि सरकार बन्न नसके मुलुक निर्वाचनमा जाने : बस्नेत

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement