प्रहरीको सफलता : फरार रहेका ५०५ अपराधी पक्राउ - Palikanews.com
Connect with us

प्रदेश २

प्रहरीको सफलता : फरार रहेका ५०५ अपराधी पक्राउ

  • 22
    Shares

विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

जबरजस्ती करणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका–५ बस्ने २० वर्षीय मो. सहादतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार फरार प्रतिवादीमा कुटपिट मुद्दाका सर्वाधिक छन् भने सवारी ज्यान, कर्तव्य ज्यान, गाली बेइजती, ठगी, जबरजस्ती करणी, लेनदेनलगायत मुद्दाका फरार प्रतिवादी पनि रहेको तथ्याङ्कमा उल्लेख छ ।

पक्राउ परेका फरार प्रतिवादीबाट ६५ वर्ष छ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको बक्यौता रु १२ लाख ७७ हजार ७२६ असुली गरिएको जिल्ला प्रहरी कार्यालय प्रनाउ साहको भनाइ छ । पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै यस अवधिमा भन्सार छली गरी भित्र्याइएका ८८ मोटरसाइकल, आठ अटोरिक्सा, पाँच ट्र्याक्टर, तीन पिकअप तथा दुई टेम्पो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाइएको छ । सवारीसाधनको रु दुई करोड ३४ लाख १७ हजार ५७२ अनुमानित मूल्याङ्कन गरी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस अवधिमा जिल्लामा विभिन्न अपराधका ४३७ मुद्दा दर्ता भएका छन् । यो आँकडा गत आवको तुलनामा कम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी सप्तरी प्रहरीले भारतबाट मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको ६४१ थान विभिन्न तयारी कपडा नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कडोरबोनाको टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिकास्थित बलान खोला पुलमा जाँच गर्ने क्रममा तयारी कपडा नियन्त्रणमा लिएको हो । प्रहरीले तस्करीका कपडा र तस्करीमा प्रयोग भएका तीन वटा मोटरसाइकसहित दुई तस्करलाई नियन्त्रणमा लिएको छ ।

  •  
    22
    Shares
  • 22
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गण्डकी51 years ago

कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते

प्रदेश १51 years ago

उर्लाबारीमा सन्थाल जातिको एकीकृत बस्ती निर्माण

मुख्य समाचार51 years ago

ज्येष्ठ नागरिकको भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

मुख्य समाचार51 years ago

कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश

कर्णाली51 years ago

सदन छलेर दुईवटा अध्यादेश ल्याउने तयारी

अर्थ51 years ago

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

गण्डकी51 years ago

फेवातालको नयाँ क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर

स्थानीय कला साहित्य51 years ago

साउथ फिल्म ‘थिरिमाली’मा स्वस्तिमा खेल्ने

समाचार51 years ago

‘वनमा खयर’ गीतमार्फत दुलालको पुनरागमन (भिडियो सहित)

फोटो फिचर51 years ago

पर्यटकको रोजाईमा गणतन्त्र स्मारक पार्क (फोटो फिचर)

कर्णाली51 years ago

गाउँघर आयुर्वेद घुम्ती सेवाबाट १५ सय लाभान्वित

बागमती51 years ago

व्यङ्ग्यचित्र पत्रकारिताबाट राजनीतिलाई खबरदारी गर्न आग्रह

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement