साताको पहिलो दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आठ सय रुपैयाँले बढेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
गत साताको शुक्रबार छापावाला सुनको मूल्य ८८ हजार दुई सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा पनि आठ सय रुपैयाँले बढेर ८८ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।