दोस्रो चरणको कोरोना भाइरस (कोभिड१९) विरुद्धको खोप अभियान अन्तर्गत सप्तरीमा ८३ प्रतिसतले खोप लगाएका छ । सप्तरीको ७ स्थानमा सञ्चालन भएको कोरोना भाइरस (कोभिड१९) विरुद्धको खोप केन्द्रमा ३ हजार २ सय ३८ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिनुभयो ।

दोस्रो चरणमा ३ हजार ७ सय ९४ जना हसभागी हुने भनिएता पनि ३ हजार २ सय ३८ जनाले मात्र खोप लगाएको यादवले बताउनुभयो ।
फाल्गुण २ गते देखी ५ गते सम्म कोभिड (१९) विरुद्धको खोप जिल्लाका विभिन्न सात स्वास्थ्य सस्थामा सञ्चालमा रहेको थियो । पहिलो चरणको ५ कोभिड(१९) विरुद्धको खोप कार्यकमा ९८.३४ प्रतिसले खोप लगाइ सकेको स्वास्थ्य कार्यालयका सप्तरीले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत आइतवारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारीलाई खोप लगाईने भनिएको थियो ।
त्यसैगरी, काठमाडौंबाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयले आवाहन गरेको थियो । यसअघि अग्रमोर्चामा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मी, पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीले शनिवार सम्म खोप लगाइसकेका छन् ।
