बुटवलमा आइतबार अर्को केवलकारको शिलान्यास गरिएको छ । फागुन १ गते लुम्बिनी केवलकारको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको थियो भने आइतबार अर्थमन्त्री विष्णु पौडेलले अर्को केवलकारको शिलान्यास गर्नुभएको हो ।
केवलकार शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले तोकिएकै समयमानिर्माण सम्पन्न गर्न आग्रहगर्दै यसका लागि सरकारले आवश्यक सबै खाले सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उहाँले यो केवलकारको बहुआयामिक महत्व रहेको उल्लेख गर्दै यसले पूर्वाधार विकासमामात्रै नभै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेने बताउनुभयो । विकास निर्माणले फड्को मारिरहेको रुपन्देहीको इतिहासको मूल्यांकन गर्न आग्रह गर्दै जिल्लाले विकासको रोल मोडलको भूमिका खेलेको उहाँले बताउनुभयो ।
विकासको महत्वपूर्ण पाठशाला रुपन्देही हो भन्ने सन्देश यहाँ सञ्चालित ठूला ठूला आयोजनाहरुले दिएको पनि उहाँले बताउनुभयो । विकास सिक्न र पढ्नका लागि जानु पर्ने जिल्लाका रुपमा रुपन्देही रहेको चर्चा गर्दै उहाँले यहाँबाट अरु जिल्लाले विकासको पाठ सिक्ने पनि बताउनु भयो ।
तल्लो स्टेशन बुटवल देउराली डाँडाबाट पाल्पाको नुवाकोटसम्मको राजमार्गको दूरी दुई किलोमिटर छ । केवलकार निर्माण र सञ्चालनपछि २५ केवलकार डब्बामा दैनिक पाँच हजार पर्यटकले यात्रा गर्ने प्रालिको अपेक्षा छ । केवलकार मनोकवल डिटेचवल सर्कुलेटिंग गन्डोला स्वरुपमा हिंड्ने छ ।
केवलकार निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषदले २०७५ साउन २९ मा ३.९८ हेक्टर क्षेत्रफल र २०७६ फागुन १२ मा २.११८ हेक्टर क्षेत्रफलवनको जग्गा ३० वर्षका लागि लिज मा दिएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले शिलन्यास गर्नुभएको लुम्बिनी केवलकार प्रालिले दुई वर्षभित्रैमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माणको औपचारिक शुभारम्भ गरेको हो ।