झापामा एकै दिन पाँचवटा बिओपी उद्घाटन - Palikanews.com
Connect with us

प्रदेश १

झापामा एकै दिन पाँचवटा बिओपी उद्घाटन

  • 31
    Shares

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा आज एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोडर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ । पाँचवटै बिओपीको मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

मेचीनगर—१ स्थित तिरिङ, भद्रपुर–३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा स्थापना गरिएका बिओपीको एकै ठाउँबाट उद्घाटन गरिएको हो । यीसँगै जिल्लामा बिओपीको सङ्ख्या १७ पुगेको छ । एउटा बिओपीमा प्रहरी निरीक्षकको कमान्डमा २५ जना सुरक्षाकर्मी रहने व्यवस्था मिलाइएको प्रहरी नायब महानिरीक्षक दाहालले बताउनुभयो ।

यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौैरीगञ्ज, घेरावारी कुञ्जिवारी भद्रपुर र पृथ्वीनगर गरी कूल १२ वटा सशस्त्र प्रहरीको बिओपी स्थापना गरी सकिएको छ । उहाँले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरणका लागि जिल्लामा चार किलोमिटरको अन्तरमा ३७ वटा बिओपी स्थापना गर्ने सरकारको लक्ष्यअनुसार १७ वटा भइसकेको र बाँकी २० वटा निर्माणका लागि जग्गाको पहिचान भइसकेको जानकारी दिनुभयो ।

नगरप्रमुख आचार्य र उपप्रमुख मीना उप्रेतीले चौकी स्थापना भएसँगै सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सीमाको सुरक्षा र अवैध चोरी तस्करी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले बिओपीमा आवश्यक पर्ने भौतिक तथा अन्य संरचना निर्माणमा नगरले आर्थिक सहयोग गर्ने बताउनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापाकोे १४४ दशमलव दुई किलोमिटर क्षेत्रफलमा भारतसँगको खुला सीमा रहेकाले हातहतियार, लागुऔषध, मानव बेचबिखनलगायत आपराधिक गतिविधि न्यूनीकरण हुने, सीमाको उचित रेखदेख र राष्ट्रिय सुरक्षालाई मजबुत पार्ने काममा बिओपीहरुको महत्वपूर्ण योगदान रहने बताउनुभयो ।

सीमा सुरक्षालाई ध्यानमा राखी सङ्घीय सरकारले २०७६ मङ्सिर ३० गते नै देशभरिमा ११४ वटा बिओपी थप्ने निर्णय गरेको थियो । सोहीअनुरुप नै जिल्लामा कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेटक्वार्टर चन्द्रगढीका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिनुभयो ।

  •  
    31
    Shares
  • 31
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रदेश २51 years ago

कर्मचारी सरुवा गरेकोप्रति जनप्रतिनिधिको गम्भिर ध्यानाकर्षण

बागमती51 years ago

कोभिड १९ विरुद्धको खोपबारे अभिमुखीकरण सम्पन्न

समाचार51 years ago

कर्णाली प्रदेशका नौ जिल्ला कोभिड सङ्क्रमणमुक्त

समाचार51 years ago

साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छ : वरिष्ठ नेता महतो

बागमती51 years ago

विप्लव समूहले पनि गठन गर्‍यो वार्ता टोली, को भए संयोजक ?

अर्थ51 years ago

आइपिओका लागि न्यूनतम ५० कित्ताको नीति अबलम्बन गरिँदै

समाचार51 years ago

दलहरुसँग १९ गतेबाट सभामुखले परामर्श सुरु गर्ने

समाचार51 years ago

चन्द समूहसँग वार्ताका लागि दुई सदस्यीय टोली गठन

मुख्य समाचार51 years ago

‘प्रदेश गौरव भिलेज’को प्रधानमन्त्रीद्वारा उद्घाटन

कर्णाली51 years ago

हुम्लामा ६ हजार बढी च्याँदुलर ओखरका विरुवा वितरण गरिने

प्रदेश १51 years ago

प्रधानमन्त्री ओली झापामाः पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन हुँदै

मुख्य समाचार51 years ago

के हो पाल्पा ? लौ अब चाल्पा

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement