दैविक शक्ति र जनविश्वासको धरोहर ढोरबाराही मन्दिर - Palikanews.com
Connect with us

गण्डकी

दैविक शक्ति र जनविश्वासको धरोहर ढोरबाराही मन्दिर

  • 281
    Shares

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरबाराही मन्दिर हिन्दु धर्मावलाम्बिहरुको लागि एक पवित्र धार्मिक स्थल हो । २४ औँ ढोर राज्यको पालादेखि नै सञ्चालनमा आएको यो मन्दिरमा अनौठो दैवि शक्ति रहेको छ । विशेष गरि परापूर्वकालदेखि नै चलिआएको बोका बलिदिने चलन छ । यस मन्दिर क्षेत्रमा वर्ष भरि दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

ढोरवाराही मन्दिरमा पूजाआजाका लागि शनिबार भक्तजनको निकै भीड लाग्ने गर्दछ । मन्दिरमा पूजाअर्चनाका लागि विभिन्न जिल्लाबाट भक्तजन आउने गरेको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

विशेष गरि मन्दिरमा पुजाआजाका लागि बडादशैंको नवदु्र्गा, चैतेदशैँको नवदुर्गा, नयाँ वर्षको दिन, वैशाख महिनाभर, श्रीपञ्चमी लाग्ने गर्दछ । ढोरवाराही मन्दिरको दर्शनका लागि देशबाट मात्र नभएर भारतको बिहार, भुटान, बर्माका हिन्दुधर्मालवम्बिहरु पनि आउने गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार ढोरवाराही मन्दिरलाई जङ्गलले चारैतिर घेरेको छ र यो पहाडको मनोरम स्थानमा रहेको छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउने गर्छ । मन्दिर परिसरको करिब १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुईजोर शिला छन् । पोखरीमा कम्तीमा आधा घण्टाको अन्तरालमा छुट्ने रहस्यमय लहरी (पानी घटबढ) हुनाले ढोरवाराही मन्दिरप्रतिको आस्थालाई अझ बढाएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।
पोखरीको मूलबाट पानीको ठूलो भल आउने गर्छ । एकैछिनमा फेरि स्वतः घट्दै जान्छ । यसरी यहाँको पोखरीमा लहरी छुट्नुलाइ धार्मिक आस्थासँग जोडिएको छ । ढोरवाराही माता प्रसन्न हुँदा लहरी छुट्ने धार्मिक कथन रहेको उहाँले बताउनुभयो ।

मनले चिताएको पूरा हुने जनविश्वास समेत रहेको उहाँले बताउनुभयो । मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत देशका विभिन्न स्थानबाट मनले चिताएको पुग्छ भनेर विश्वासले भक्तजन आउने गरेको उहाँको भनाई छ ।

कोरोना भाइरसका कारण चैतबाट सरकारले लकडाउन गरेपछि मन्दिर नौ महिना सम्म बन्द रहेको थियो । नगरपालिकाले क्षमासहितको बहाली पूजा गरेर नौ महिनापछि भक्तजनका लागि खुला गरिएको उहाँले बताउनुभयो । मन्दिर खुला भएपछि भक्तजनहरुको मन्दिर दर्शन गर्नेहरुको निकै भिड लाग्ने गरेको छ । विशेषतः मन्दिरमा सरकारी विदाको दिन शनिबारमा भक्तजनहरुको दर्शनका लागि विहानै देखि भिडभाड देखिने गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

जनविश्वास

आफ्नो बाल्यवस्था र जीवनका धेरै कुराहरु धार्मिक आस्थाको धरोहर ढोरवाराही मन्दिरसँग जोडिएको बताउनुहुन्छ हेमा पोखरेल । उहाँ अहिले मन्दिर संरक्षण समितिको सचिव पनि हुनुहुन्छ ।

उहाँले भन्नुभयो, आफु सानो हुँदा आफु जन्मेको साढे तीन वर्ष सम्म हिड्न र बोल्न नसक्ने अवस्था थियो भन्ने कुरा आमा बुवा र अरु घरका सदस्यहरुको मुखबाट अहिले सुन्छु । सानोमा बोल्न र हिड्न नसक्ने भएपछि मलाई उपचारका लागि विभिन्न ठाउँमा पुर्याइएको थियो । जहाँ लिएर गए पनि जोसुकैले पनि यसको उपचारको कुनै उपाय नै छैन भन्थे ।

हेमाले भन्नुभयो, “कुनै ओखतीमुलो प्रयोग गरेर पनि ठीक नभए पछि आमाले धार्र्मिक आस्थाको रुपमा रहेको ढोरवाराही मन्दिरमा भाकल गर्यो भने बोल्न र हिड्न सक्छिन् भन्ने विस्वास उहाँलाई थियो । आमाले खाली खुट्टा पिठ्युँमा मलाई बोकेर हातमा कालो बोका डोर्याउँदै स्याङजाबाट ढोरवाराहीको मन्दिर सम्म आउनुभयो ।

आमा मलाई लिएर मन्दिर पुग्दा पुजारीले लहरी छुटेको बेला मन्तर जन्तर गरेर पानीको कोरहमा फालेर निकाले पछि आफुले मन्दिर स्थानमै मेरो मुखबाट आमा भन्ने शब्द आएको र त्यसपछि जीवनको पहिलो शब्द उच्चारण भएको थियो भन्ने कुरा आमाले मलाई सुनाउनुभयो र त्यही समयबाट म राम्रो संग बोल्ने र हिड्ने भएको थिएँ ।” उहाँले भन्नुभयो, त्यसैले मैले ढोरवाराहीको मन्दिरप्रति धेरै विश्वास गर्ने गर्छु ।

“आमा र अन्य घरका सदस्यहरुले हिजोको पीडालाई सुनाउँदा आफ्नो आँङ जिरिङ भएर आउने गर्छ”, उहाँले बताउनुभयो । आफैले नपत्याउने कुरा सुन्दा कहिलेकाहिँ अचम्म पनि लाग्छ र डर पनि लाग्ने गरेको उहाँको भनाई छ ।

लाग्छ मेरो जिन्दगीको पुनर्जन्म ढोरवाराही देवीले नै गराई दिनुभएको हो । उहाँ नै मेरो आमा हुनुहुन्छ भन्ने विश्वास गर्छु र ढोरवाराही देवी प्रति एकदम आभारि पनि छु, उहाँले भन्नुभयो । अहिले जन्म दिने आमा र ढोरवाराही देवी दुइटै आफ्नो आमा हुनुहुन्छ । दुइटैलाई समान रुपमा सम्मान र आदर पनि उत्तिकै गर्ने गरेको उहाँको भनाई छ ।

हेमा अहिले हिड्न र बोल्नमात्र हैन शिक्षाको क्षेत्रमा भन्ने हो भने सरकारी स्थायी जागिरमा पहिलो वर्षमै नाम निकालेर अहिले शुक्लागण्डकी नगरपालिकामा प्रशासकीय अधिकृतको रुपमा काम गर्दै हुनुहुन्छ ।

हेमा ढोरवाराहीको एउटा पात्र भक्तजन मात्र हुनुहुन्छ । हेमा जस्तै ढोरवाराही मन्दिरको विश्वास गर्ने धेरै भक्तजनहरु छन् । सन्तान विहिन दम्पत्तिहरु, दुख पिडा पाएका, दिर्घ रोगी समेत ढोरवाराही मन्दिरमा मागेको मनको भाकल पुरा हुने विश्वासले त्यहाँ सम्म पुग्ने गर्दछन् ।

त्यसको संरक्षण

ढोरवाराही मन्दिर शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९ स्थित रहेकोले वडा अध्यक्षको संयोजकमा संरक्षण समिति गठन गरिएको छ । अहिले शुक्लागण्डकी नगरपालिका र संघ सरकारको समन्वयमा यसको विकास एकपछि अर्को हँुदै गएको समितिका संयोजक समेत रहनुभएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । अहिले भक्तजनहरुले सहज तरिकाले मन्दिर सम्म आउनको लागि सडक सञ्जाल समेत विकास भएको उहाँले बताउनुभयो ।

  •  
    281
    Shares
  • 281
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गण्डकी51 years ago

कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते

प्रदेश १51 years ago

उर्लाबारीमा सन्थाल जातिको एकीकृत बस्ती निर्माण

मुख्य समाचार51 years ago

ज्येष्ठ नागरिकको भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

मुख्य समाचार51 years ago

कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश

कर्णाली51 years ago

सदन छलेर दुईवटा अध्यादेश ल्याउने तयारी

अर्थ51 years ago

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

गण्डकी51 years ago

फेवातालको नयाँ क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर

स्थानीय कला साहित्य51 years ago

साउथ फिल्म ‘थिरिमाली’मा स्वस्तिमा खेल्ने

समाचार51 years ago

‘वनमा खयर’ गीतमार्फत दुलालको पुनरागमन (भिडियो सहित)

फोटो फिचर51 years ago

पर्यटकको रोजाईमा गणतन्त्र स्मारक पार्क (फोटो फिचर)

कर्णाली51 years ago

गाउँघर आयुर्वेद घुम्ती सेवाबाट १५ सय लाभान्वित

बागमती51 years ago

व्यङ्ग्यचित्र पत्रकारिताबाट राजनीतिलाई खबरदारी गर्न आग्रह

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement