कर्णाली
कर्णालीमा किशोरी उमेरमै बढी गर्भपतन

- 50Shares
सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग पे्रम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको पे्रम सम्बन्ध दरिलो हुँदै थियो । जब पे्रमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए । अन्ततः उनीहरुबीच पे्रम सम्बन्ध टिकेन । पे्रमीले धोका दिएपछि २०७६ साल माघमा ती किशोरी वीरेन्द्रनगरस्थित एक क्लिनिकमा गर्भपतन गराउन बाध्य हुनुभयो । गर्भपतन गराउँदा उहाँको पेटमा आठ हप्ताको गर्भ थियो । गर्भपतनका साथै पे्रमीको मायापे्रमबाट टाढिनुपर्दा ती किशोरी शारीरिक तथा मानसिकरूपले विक्षिप्त हुनुभयो । उहाँले अहिले रोकिएको पढाइलाई निरन्तरता दिनुभएको छ ।
लहैलहैमा लागेर किशोरीले पे्रम सम्बन्ध राख्ने र पे्रमीबाट धोका पाएपछि गर्भपतन गराउने प्रवृत्तिका कारण गम्भीर स्वास्थ्य समस्या निम्तिने गरेको छ । उचित परामर्श नपाउँदा यस्तो अवस्थामा कतिपय किशोरी आत्महत्या गर्ने अवस्थासम्म पुगेका उदाहरण पनि छन् । टिपिओ नेपाल सुर्खेतका मनोपरामर्शकर्ता शर्मिला बिसी किशोरीमा गर्भ निरोधकका अस्थायी साधन प्रयोगको कमी हुँदा गर्भपतन गराउनुपर्ने अवस्था निम्तिने गरेको बताउनुहुन्छ । “ग्रामीण परिवेशमा अविवाहित किशोरीले अस्थायी साधन प्रयोग गर्न सक्ने वातावरण हुँदैन, समाजले देख्ला भन्ने डर हुन्छ, पुरुषले सजगता अपनाउनुपर्ने हो तर उनीहरुमा वास्तै हुँदैन, त्यसको सिकारमा किशोरी÷महिला पर्ने गर्छन्, उहाँ भन्नुहुन्छ, “जसले गर्दा महिलाहरु गर्भपतन गराउन बाध्य हुन्छन्, अझ असुरक्षित तवरले गर्भपतन गराउन खोज्नेको ज्यानै जोखिममा पर्ने पर्दछ ।” यसले कतिपय महिलामा डिपे्रसन ९मानसिक अवसाद०को समस्या देखापर्ने गरेको छ ।
मनोपरामर्शकर्ता शर्मिलासँग बन्दाबन्दीका बेला पूर्वी सुर्खेतको एक किशोरीलाई आत्महत्या गर्नबाट जोगाएको अनुभव छ । “स्नातक तहमा पढ्ने अविवाहित ती किशोरी पनि आफ्ना पे्रमीबाट धोका पाएपछि निकै तनावमा पर्नुभयो, टिपिओ नेपालको हेल्पलाइनमा सम्पर्कमा आएपछि हामीले काउन्सिलिङ गर्याँै”, शर्मिला भन्नुहुन्छ, “गर्भपतनको कुरा घर–परिवारबाट गोप्य राख्नुपर्दा उचित खानपिन र आरामको कमीले उहाँ अझै तङ्ग्रिन सक्नुभएको छैन ।” यही जेठमा वीरेन्द्रनगरस्थित एक क्लिनिकमा ती किशोरीले अढाइ महिनाको भ्रूणको गर्भपतन गराउनुभएको थियो । उहाँलाई अहिले योनीबाट सेतो पानी बग्ने र महिनावारीमा गडबडी हुने समस्या छ । शर्मिला भन्नुहुन्छ, “सायद हाम्रो सम्पर्कमा नआएको भए ती किशोरी आत्महत्या गर्ने अवस्थासम्म पुग्नुहुन्थ्यो किनकी अविवाहितले बच्चा जन्माएको समाजले स्वीकार गर्दैन ।”
गर्भपतन गराउने किशोरी उमेरको सूचीमा विवाहित पनि छन् । नेपालको कानूनअनुसार महिलाको विवाहयोग्य उमेर २० वर्ष हो । त्यसैले सचेतनाका लागि भन्ने गरिन्छ, ‘बिहेवारी २० वर्ष पारि’ तर कर्णालीमा उमेर नपुगी गरिने बिहेअर्थात् बालविवाहको प्रचलन कायमै रहँदा कतिपय किशोरी उमेर नपुग्दै गर्भपतन गराउनुपर्ने बाध्यतामा पुग्ने गरेका छन् । तत्काल सन्तान जन्माउने रहर नहुनु, पहिलो सन्तान छोरा चाहनु, पढाइ तथा वृत्तिविकासमा असर पर्नेजस्ता कारण देखाएर किशोरी उमेर समूहका महिलाले गर्भपतन गराउने गरेको पाइएको छ । पे्रमीबाट धोका पाउनु, हाडनाता करणीबाट गर्भ रहनुले पनि कतिपय किशोरी गर्भपतन गराउने बाध्यतात्मक अवस्थासम्म पुगेका हुन्छन् ।
सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरी स्टोप्स सेन्टर सुर्खेतका अनमी काउन्सिलर मीना आचार्य पहिलो सन्तान नजन्माई गर्भपतन गराउँदा जटिल स्वास्थ्य समस्या निम्तिने बताउनुहुन्छ । “पहिलो सन्तान नजन्माई गर्भपतन गराउनु भनेको जोखिमपूर्ण कार्य हो, यसले बाँझोपन बढाउने खतरा रहन्छ”, उहाँले भन्नुभयो, “सुरक्षित गर्भपतनसम्बन्धी कानूनी व्यवस्था र सेवाको सहज उपलब्धताका कारण हामीकहाँ गर्भपतनलाई परिवार नियोजनका साधनको विकल्पको रूपमा बुझ्ने गरिएको छ, जसले गर्दा महिलाको स्वास्थ्यमा जटिल समस्या देखिने सम्भावना प्रबल हुन्छ ।” उमेर नपुग्दै गरिने गर्भपतनले महिला मानसिक तथा शारीरिकरूपले कमजोर हुनुका साथै रगतको कमी हुने, बच्चा जन्माउन गाह्रो हुने र गर्भपतनपछि उपचारमा जटिलता हुने गरेको उहाँको भनाइ छ ।
- 50Shares
50
You may like

मेलम्ची खानेपानी आयोजना सुन्दरीजल आइपुग्यो

भक्तपुर मासिक पत्रिकाबारे अन्तरक्रिया

सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

गाउँपालिकाले बनायो स्वास्थ्य चौकीलाई मोटरसाइकल ग्यारेज

केही स्थानमा हल्का वर्षा र हिमपातकको सम्भावना

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

हुम्लामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

अधिकृत पदबाट अवकाशपछि कागती खेतीतर्फ आकर्षित

बैतडीका स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

धनगढी उपमहानगरको छैटौँ नगरसभामा तीन विधेयक पारित

‘तेजु स्मृति अक्षय कोष’का लागि मेयर वडद्वारा आर्थिक सहयोग

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या
