हुम्लाका २७ बस्ती प्राकृतिक विपदको जोखिममा - Palikanews.com
Connect with us

कर्णाली

हुम्लाका २७ बस्ती प्राकृतिक विपदको जोखिममा

  • 39
    Shares

हुम्ला जिल्लाका करीब दुई सयभन्दा धेरै बस्तीहरु मध्ये २७ बस्ती प्राकृतिक विपदको जोखिममा रहेका छन् । पटक पटक यी बस्तीहरूका वर्षेनी साना ठूला प्राकृतिक विपदका घटनाहरू घटिरहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले विभिन्न सरोकारवाला पक्षहरूसँगको समन्वय र सजीकरणमा तयार पारेको हुम्ला जिल्लाको विपद जोखिम योजनामा उल्लेख भए अनुसार हिउँद महिनामा हिँउ पहिरो, आगलागी, खडेरी, बाढी, पहिरो, सुक्खा, ढुँगा खस्ने, वर्षा जस्ता तत्वहरु यो जिल्लाका लागि मुख्य हानीकारक रहेको उल्लेख भएको छ ।

यो वर्ष मात्रै प्राकृतिक विपदका घटनाहरूले करीब छ करोडको क्षति भएको छ तर जिल्ला प्रहरी कार्यालयमा करीब चार करोडको मात्र अभिलेख छ । यसको प्रमुख कारण भनेको घटना दर्ता गर्न गराउन लामो प्रक्रिया रहेको छ । जिल्ल प्रशासन कार्यालय हुम्लाले जोखिमको क्षतिपूर्ति अति कम दिने भएका कारणले पनि घटना दर्ता नहुने गरेको हुम्लाका स्थानीयतहरूको भनाई छ ।

हुम्ला जिल्लाभरी दुई सयभन्दा धेरै बस्ती रहेका छन् । यिनीहरू उच्च हिमाली क्षेत्रको ३० डिग्री भिरालोभन्दा पनि धेरै भिरालो भएका कारण धेरै बस्ती जोखिममा छन् तर सामाजिक, सांस्कृतिक कारणले गर्दा अर्को ठाउँमा सर्न नमान्ने गरेको कर्णाली प्रदेश योजना आयोगका सदस्य डा.दीपेन्द्र रोकायाको भनाई रहेको छ ।

पछिल्लो समय वरपर भएका प्राकृतिक स्रोतहरू पनि जनसंख्या वृद्धिका कारण नाँसमाँस हुँदै जानु, प्रकृति र संस्कृतिसँग विकासको तालमेल नहुनु, मानिसका दैनिक र आवश्यक सेवा सुविधा विस्तार हुँदै जानु तथा गुज्मुज घरभन्दा एकल घरको निर्माण बढ्दै जाँदा जग्गा जमिनको पनि माग बढ्नु र जग्गा नबढ्नु जस्ता विविध कुराहरूले नयाँ ठाउँका व्यवस्थित बसाल्नु पर्ने देखिएको छ ।

हुम्ला जिल्लाका अति जोखिममा परेका बस्तीहरूमा लिमीका तीन गाउँ हल्जी, जांग, तील, मुचु, हिल्छा, चाला, गाडपारी, तुम्कोट, स्याम्ने, चीसामुल, छिडीनाता, छाल, नेप्का, दोजाम, श्रीनगर, गल्लाबाडा, राम, नैकाला, थापागाउँ, खच्चा, जैर, खाँडालेख, नल्न आदि रहेको जानकारी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाका मन्त्री छेपाल दोर्जे लामाले दिनुभएको छ ।

यी गाउँहरूमा प्राकृतिक विपद्ले वर्षेनी केही न केही क्षति गरिरहेको हुन्छ । हालसम्म यस्ता बस्तीहरुमा दश वर्षदेखि ९० वर्षको सेरोफेरोमा ठूलो प्राकृतिक विदती आउने गरेको छ । यसैले पनि पछिल्लो समय अझ विकासको काममा डोजर प्रयोग हुँदा थप क्षतिको भार बहन गर्नु पर्ने अवस्था आएको छ । तर सम्बन्धित निकायले यसको बारेमा कुनै अल्पकालिन र दीर्घकालीन योजना र सचेतना बढाउने काम गरेको छैन ।

  •  
    39
    Shares
  • 39
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

के हो पाल्पा ? लौ अब चाल्पा

मुख्य समाचार51 years ago

धनुषा चेम्बर अफ कमर्सको दोश्रो वार्षिक उत्सव तथा तेश्रो साधारणसभा सम्पन्न

प्रदेश २51 years ago

धनुषाको बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष राउत फरार

बागमती51 years ago

नुवाकोटमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास, एक जना पक्राउ

प्रदेश १51 years ago

स्वास्थ्यसम्बन्धी जानकारी दिन स्वयंमसेविकालाई साइकल वितरण

समाचार51 years ago

भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

प्रदेश १51 years ago

ताप्लेजुङ दोभान बजारमा आगलागीः ३५ घर जलेर नष्ट

अर्थ51 years ago

सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

प्रदेश १51 years ago

इटहरीमा ३० करोडको लागतमा वाटर पार्क

समाचार51 years ago

प्रथम धवलागिरि किशोरी सम्मेलनमा ११ बुँदे घोषणापत्र जारी

बागमती51 years ago

नक्खु–बुङमतीे सडक विस्तारमा ढीलाई

प्रदेश २51 years ago

बहुविवाहका आरोपितलाई कैदको फैसला

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement