भूमिहीन परिवारका लागि एकीकृत नमूना बस्ती निर्माण - Palikanews.com
Connect with us

प्रदेश १

भूमिहीन परिवारका लागि एकीकृत नमूना बस्ती निर्माण

  • 52
    Shares

झापा जिल्लाको दमक नगरपालिकाले आफ्नो घरजग्गा नभएका भूमिहीन परिवारलाई एकीकृत नमूना बस्ती निर्माण गरी नयाँ घरमा बसोबास गराउन थालिएको छ । गतवर्ष नगरका भूमिहीनका लागि २३ वटा समान प्रकृतिका घर लक्षित परिवारलाई दिन थालिएको नगरपालिकाले जनाएको छ ।

दमक–१ मा नमूना एकीकृत बस्तीको रूपमा बसोबासको व्यवस्था मिलाउने लक्ष्यअनुसार पहिलो चरणमा ती परिवारका लागि नमूनाबस्ती निर्माण गरिएको नगर प्रमुख रोमथान ओलीले बताउनुभयो । नगरपालिकाको स्वामित्वमा रहेको जमीन उपयोगसँगै अतिक्रमण हटाई क्रमिकरूपमा यस प्रकारका बस्ती निर्माण गर्ने योजनाअनुसार नमूनाबस्ती निर्माण गरिएको हो । नगर प्रमुख ओलीका अनुसार सो स्थानमा बसोबासका लागि नगरपालिकाभित्र कम्तीमा १० वर्षदेखि बसोबास गरेको र कहीँ पनि जमीन नभएको परिवार छनोट गरिएको हो ।

यस्तै, दमक– ७ को सुनचाँदीलाइनमा रहेको नगरपालिकाको जमीनमा बसोबास गरेका परिवारलाई पहिलो हकदार बनाइएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार तीन नमूना बस्तीको घरको संरचना आर्कषकसँगै व्यवस्थित रुपले तयार गरिएको छ ।

एक तले पक्की ती घरको छानोमा निलो रङको जस्तापाता लगाइएको छ । प्रत्येक घरमा विद्युत् र खानेपानी र सानो फूलबारीसमेत रहने प्रबन्ध छ । प्रत्येक घरमा आधुनिक तरिकाले बनाइएका दुई कोठा छन् । यसैसँग जोडिएको एउटा भान्छा कोठा छ । प्रत्येक घरमा मार्बल हालेर बनाइएको शौचालय—स्नान कक्ष जस्तै आवश्यक पूर्वाधार निर्माण गरिएको छ । कूल रु तीन करोड ७० लाखमा बस्ती निर्माण गरिएको हो । यसमा तीनै तहका सरकारको लागत सहभागिता छ ।

बस्ती निर्माणमा सङ्घीय सरकारको स्थानीयपूर्वाधार विकास साझेदारी कार्यक्रमको रु एक करोड ४० लाख, प्रदेश सरकारको रु एक करोड ३० लाख र दमक नगरपालिकाको रु एक करोड खर्च भएको नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिनुभयो ।

लामो समयदेखि नगरपालिकाको जग्गामा बस्दै आएका घर पाएपछि मनमाया भुजेल हर्षित हुनुहुन्छ । अहिलेसम्म घरवारविहीन भएका भुजेल परिवारले अहिले आफ्नै घरमा बस्न पाएपछि खुशी भएको छ ।

यसवर्ष फेरि सोही नमूना बस्तीनजिकै वडा नं ७ मा सोही प्रकृतिका दोस्रो नमूनाबस्तीमा १५ घर बनाइएको र ती पनि यस्तै विपन्न नागरिकलाई बसाउने स्थानीय सरकारको योजना छ । ती घर पनि यसैवर्ष नगरका भूमिहीनलाई हस्तान्तरण गरिने योजना रहेको वडाध्यक्ष भीम पौडेलले बताउनुभयो ।

नमूनाबस्ती घर सङ्घीय निर्वाचन साझेदारी कार्यक्रम र दमक नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो । साझेदारी कार्याक्रम अन्तर्गत १५ घर बनाउन कूल रु एक करोड ९२ लाख विनियोजन गरिएको थियो जस अनुसार प्रतिघर रु १२ लाख ८६ हजारको लागत रहेको जनाइएको छ ।

  •  
    52
    Shares
  • 52
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रदेश २51 years ago

सप्तकोसी नगरपालिकालाई आफन्तको भर्तीकेन्द्र बनाईयो : अध्यक्ष आचार्य

कर्णाली51 years ago

वादी समुदायको आन्दोलनमा वैद्य माओवादीको एक्यवद्धता

प्रदेश २51 years ago

मौलापुर महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै

बागमती51 years ago

नीलगाईको आक्रमणबाट एक जनाको मृत्यु

बागमती51 years ago

पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड

मुख्य समाचार51 years ago

वडा अध्यक्ष धामीको निधन, दुई स्थानीय तहमा दुई दिन शोक बिदा

बागमती51 years ago

डोजरले फालेको माटाले पुरिएर महिलाको मत्यु

मुख्य समाचार51 years ago

आफूमाथि शारीरिक हमला भएपनि पार्टीको भविष्य अन्धकार हुनदिन्न : प्रधानमन्त्री ओली

गण्डकी51 years ago

कालिका दर्शन वर्ष अभियान शुरु

प्रदेश १51 years ago

मानेभञ्ज्याङमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

गण्डकी51 years ago

कारागार अध्ययन गर्न छानबिन समिति गठन

मुख्य समाचार51 years ago

फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement