बाँस बिक्रीबाट मनग्य आम्दानी - Palikanews.com
Connect with us

प्रदेश २

बाँस बिक्रीबाट मनग्य आम्दानी

  • 45
    Shares

लगनशील भई काम गर्दा प्राप्त हुने आत्मसन्तुष्टि नै ठूलो हुने उदाहरण बाँस बिक्रेताबाट देखिएको छ । विराटनगर वडा नम्बर ११ केशलीया नदी सडक छेउमा विगत ३० वर्षदेखि बाँस बेच्दै आउनुभएको जुगल मण्डलले सो कुराको पुष्टि गर्नुभएको छ । उहाँले मेहनत र लगनशील भएर काम गर्दा परिवारको पालनपोषण र मासिकरुपमा राम्रो आम्दानी गर्न सफल हुने बताउनुभयो ।

बाँसको आवश्यकता जन्मदेखि मृत्युसम्म हुने गर्दछ । घरायसी कार्यका लागि बाँस नभई नहुने भएकाले यसको बजार विस्तृत रहेको छ । घर निर्माण, पूजापाठ, मृत्यु वा घरयासी कामका लागिसमेत बाँसबाट बनेका धेरै प्रकारका सामग्री आवश्यक पर्ने गरेको छ । त्यसैले यसको बिक्री ज्यादै हुने गरेको बाँस व्यापारीको भनाइ छ ।

बाँसबाट बनेका सामग्री नाङ्लो, घरेलु सामान राख्ने ढकी, जुत्ता राख्ने ¥याक, तराईको ठूलो चाँड छठमा आवश्यकपर्ने कुनियालगायतका सामग्री निर्माण गर्ने गरिन्छ । अहिले विभिन्न नगर क्षेत्रका रेष्टुरेण्ट, होटलमा ग्राहकलाई नयाँ सजावट देखाउन र आकर्षणका लागि कटेज र बस्ने स्थानको निर्माण हुनाले यसको बिक्रीमा आधुनिकता वृद्धि बढेको देखिन्छ । अहिले पनि ग्रामीण क्षेत्र तथा शहरमा सुत्नका लागि बाँसको खाटसमेत बनाइएको देखिन्छ ।

बाँस खरीद गर्न आफू सुनसरीको देवानगञ्ज, हरिनगरा र भुटहाको ग्रामीण क्षेत्रमा जाने गरेको मण्डलले जानकारी दिनुभयो । विगतको तुलनामा अहिले बाँस गाउँतिर नै महँङ्गो मूल्यमा खरीद गर्ने उहाँले जानकारी दिनुभयो । बाँस अहिले रु २३० प्रतिवटा खरीद गर्नुपर्ने र रु २८० देखि रु ३०० मूल्यसम्ममा बिक्री गरिँदै आइएको छ ।

बाँस खरीद गर्न गाउँमा जाँदा बैलगाडा लिएर जाने र त्यसमा ४० देखि ५० वटासम्म बाँस लोड गरेर ल्याउने गरेको उहाँले बताउनुभयो । व्यापारीलाई गाउँबाट बाँस ल्याउँदा बाटो कच्ची भएकाले राति हिँड्दा विद्युत् बत्ती नहुने भएकाले धेरै समस्या हुने गरेको छ ।

वर्तमान अवस्थामा कालोपत्र बाटोको निर्माण नहुनाले गाडा चलाउन समस्या भएकाले दुःख लागेको उहाँको भनाइ छ । बाँस खरीद गरेर ल्याइपछि सबै दिन एकैनाशको व्यापार नहुने भएकाले कहिलेकाहीँ त खरीद गरी ल्याइएको बाँस एउटा पनि बिक्री नभई सबै सुक्ने गर्दछन् । खरीद मूल्यभन्दा कममा घाटा खाएर बाँस धेरै सस्तोमा बिक्री गर्नुपर्ने समस्या रहेको उहाँले जानकारी दिनुभयो । ग्राहकले माग गरेमा आफूले घरघरसम्म बाँस लगिदिनेसमेत गरेको उहाँले बताउनुभयो ।

आफ्नो पाँच जनाको परिवारको पालनपोषण यही बाँसको कारोवारले गर्दै आइरहेको र यसको व्यापारबाट महिनामा राम्रो आम्दानी भएको हँुदा पेशाप्रति सन्तुष्ट लागेको मण्डलले जनकारी गराउनुभयो ।

विराटनगर–११ निवासी रविन साह पनि विगत तीन वर्षदेखि बाँसको व्यापार गर्दै आउनुभएको छ । बाँस सुनसरीको गाउँबाट खरीद गर्ने र घरमा राखेर बेच्दै आइरहेको उहाँले बताउनुभयो । ग्राहक घरमा आएर बाँस खरीद गरी लाने गरेको उहाँले जानकारी दिनुभयो ।

चाडपर्वका समयमा अन्य महिनाको तुलनामा बाँसको बिक्री अत्यधिक हुने गरेको र त्यसबेला आम्दानी राम्रो हुने गरेको छ । विगतको तुलनामा ग्रामीण क्षेत्रमा कृषकले बाँस बढी मूल्य राखेकाले महङ्गोमा खरीद गर्नुपर्ने बाध्यता रहेको छ । उहाँ ग्राहकले नबुझेर अत्यन्त मोलमोलाई गर्दा दुःख लाग्ने गरेको बताउनुहुन्छ ।

बाँसका व्यापारीले विराटनगर महानगरपालिकाले ग्राहकलाई सहज खरीदका लागि एउटा बिक्री केन्द्रको व्यवस्था गर्नुपर्नेमा उहाँहरुले जोड दिएका छन् । त्यस्तै मोरङको कदमाह निवासी–२४ वर्षीय लक्ष्मण मण्डलले घरबाट ठेलागाडामा बाँस ढुवानी गरी विराटनगरको हाटखोलामा ल्याएर बाँस बेच्दै आइरहनुभएको छ । उहाँले बाँस मोरङको नेताचोक, कर्सिया, तेतरिया र झोराहाटबाट खरीद गरी ल्याई बिक्री गरेको जानकारी दिनुभयो ।

उहाँले १६ वर्षको उमेरदेखि बाँसको खरीद बिक्री गर्दै आइरहेको जानकारी दिँदै घरपरिवारको खर्च चलाउनुपर्ने जिम्मेवारी आएपछि काम गर्नुपरेको बताउनुभयो । मोरङको भित्री गाउँमा पसेर बर्षात् र हिउँदका समयमा समेत बाँस खरीद गर्ने र केही नाफा खाएर बिक्री गर्ने गरेको उहाँ जानकारी दिनुभयो ।

साउन भदौ महिनाबाहेक अन्य महिनामा बाँसको व्यापारबाट राम्रो मुनाफा आर्जन हुने व्यापारीको भनाइ छ । यसैगरी ६० वर्षीय श्याम सहनी बाँस बैलगाडामा घरघर डुली बिक्री गर्दै हिँड्ने गर्नुहुन्छ । उहाँ आफ्नो जीवन बाँस घरघरमा डुलाउँदै बिक्री गर्नमा बित्न लागेको बताउनुहुन्छ ।

दिउँसोका समयमा सडक व्यस्त हुनाले बैलगाडा सञ्चालनमा बाधा हुने तथा ट्राफिक प्रहरीले पनि समस्या गर्ने हुनाले बिहानको समयमा बिक्री लागि बाँस ल्याउने गरेको उहाँहरुको भनाइ छ ।

घरबाट बिक्रीका लागि बिहान हिँडेपछि सम्पूर्ण बाँस बिक्री नभएसम्म बिक्रीस्थलमा बस्ने, खाने गरेको उहाँहरुको भनाइ रहेको छ । उनीहरुले घरबाट ल्याएको चिउरा, मुरी अथवा बिक्रीस्थलमा खाना पकाइ खाने गरेको बताउनुभयो । बिक्रीस्थलमा अरु सबै ठिक भए पनि पानी र शौचालयका भने धेरै नै कष्ट व्योर्नुपर्ने उहाँको गुनासो रहेको छ ।

सानो व्यापार भए पनि ग्रामीण क्षेत्रबाट खरीद र बिक्रीका लागि ल्याउँदा गाउँपालिका र महानगरमा कर तिर्नुपर्ने हुँदा यसमा छुट गर्नुपर्ने व्यवसायिको आग्रह छ । घर सञ्चालनमा धेरै समस्या पर्ने भएकाले सम्पूर्ण बाँसको बिक्री नहुञ्जेलसम्मका लागि बिक्रीस्थलमा बस्ने गरेको उहाँहरुले बताउनुभयो ।

  •  
    45
    Shares
  • 45
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Palika TV51 years ago

पुराना सम्पदाहरुको संरक्षण गर्नु हाम्रो महत्वपूर्ण काम हो : नगर प्रमुख प्रजापति (भिडियो अन्तरवार्ता)

मुख्य समाचार51 years ago

नेकपा विवादको निर्णय आइतबार सुनाइने

प्रदेश २51 years ago

दलित परिवारको नाममा गोजी भर्दै जनता आवास

बागमती51 years ago

नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली

कर्णाली51 years ago

पर्यटन पूर्वाधारका लागि १० करोड खर्च

बागमती51 years ago

विप्लवले सम्झिए सहिदहरुलाई

मुख्य समाचार51 years ago

सरकार र ‘विप्लव’ समुहबीच सहमतिमा हस्ताक्षर कार्यक्रम सुरु

समाचार51 years ago

सरकार र नेत्रविक्रम चन्द समूहबीच सहमति हुँदा कालीकोटवासी उत्साहित

समाचार51 years ago

प्रतिबन्धित विप्लव समूहका नेता- कार्यकर्ता रिहाइ प्रक्रिया शुरु

मुख्य समाचार51 years ago

राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

समाचार51 years ago

मौलाकालिका मन्दिरको पदमार्गमा कलात्मक मूर्ति

बागमती51 years ago

कांग्रेस संसदीय दलको बैठक बस्दै

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement