सात दिनभित्र परीक्षणको विवरण पठाउन निर्देशन - Palikanews.com
Connect with us

मुख्य समाचार

सात दिनभित्र परीक्षणको विवरण पठाउन निर्देशन

  • 19
    Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण पुष्टि नगरिकन नै कोरोना बीमा दाबी गरेको पाइएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको विवरण रुजु गर्दा सङ्क्रमित नभई पनि बीमा दाबी गरेको पाइएको बताउनुभयो ।

मन्त्रालयले १८ हजार विवरणमध्ये अहिलेसम्म १५ हजारभन्दा बढीको प्रमाणीकरण गरिसकेको छ । उहाँले कतिपयले सङ्क्रमित नभएपनि सङ्क्रमित भनेर बीमाका लागि दाबी गरेको तथ्याङ्क भने एकिन नभइसकेको जानकारी दिनुभयो ।

कोरोना बीमा दाबी रकमको प्रमाणीकरण गर्न गठित बीमा समिति र मन्त्रालयका प्रतिनिधि सम्मलित टोलीबाट बीमा दाबी गरेका विमितको विवरण मन्त्रालयको अभिलेखीकरणमा रहेका सङ्क्रमितको विवरणसँग रुजु भइरहेको छ”, उहाँले भन्नुभयो, “तर प्रमाणीकरणको क्रममा कतिपय सङ्क्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको पाइएको छ ।”

मन्त्रालयले यसरी सङ्क्रमण भएको विवरण नभेटिएको र परीक्षणको मिति नमिलेकाले प्रयोगशालालाई सात दिनभित्र आजभन्दा अगाडिको मितिमा परीक्षण गरिएको विवरण पठाउन निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । प्रयोगशालाले ‘कोभिड–१९ राष्ट्रिय परीक्षण मापदण्ड’ भित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) मा सङ्क्रमितको विवरण नपठाएको उहाँको भनाइ छ । मन्त्रालयले सात दिनभित्र सङ्क्रमितको विवरण सही नपठाए कोरोना बीमा नपाउने र प्रयोगशाला जिम्मेवार रहने जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले अब नियमित रुपमा तोकिएअनुसार सङ्क्रमितको विवरण नपठाए प्रयोगशालाको सम्बन्धन खारेज गर्ने जानकारी दिनुभयो । विवरण रुजु गर्दा केही व्यक्तिको विवरण कोभिड–१९ परीक्षण गरिएको मितिभन्दा अगाडिको मितिमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इडिसिडीमा पठाइएको पाइएको छ । यसरी अगाडि नै पठाएको विवरण कोरोना बीमा दाबी भुक्तानीका लागि प्रमाणीकरण अयोग्य भएको जानकारी उहाँले गराउनुभयो ।

मन्त्रालयले कोरोना बीमाको भुक्तानी दाबी गरेका विमितले विभिन्न संस्थामा दौडधुप गर्नुपर्दा अनावश्यक दुःख पाइरहेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बीमा दाबीका लागि प्रक्रियामा रहेका तथा प्रमाणीकरण भएका विमितको विवरण के कसो भइरहेको छ भनी स्पष्ट बुझिने र सहज हुने गरी व्यवस्था मिलाउन सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताउनुभयो ।

  •  
    19
    Shares
  • 19
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अर्थ51 years ago

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

गण्डकी51 years ago

फेवातालको नयाँ क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर

स्थानीय कला साहित्य51 years ago

साउथ फिल्म ‘थिरिमाली’मा स्वस्तिमा खेल्ने

समाचार51 years ago

‘वनमा खयर’ गीतमार्फत दुलालको पुनरागमन (भिडियो सहित)

फोटो फिचर51 years ago

पर्यटकको रोजाईमा गणतन्त्र स्मारक पार्क (फोटो फिचर)

कर्णाली51 years ago

गाउँघर आयुर्वेद घुम्ती सेवाबाट १५ सय लाभान्वित

बागमती51 years ago

व्यङ्ग्यचित्र पत्रकारिताबाट राजनीतिलाई खबरदारी गर्न आग्रह

बागमती51 years ago

रघुजी पन्तविरुद्ध अदालत जाँदै राष्ट्रियसभा सदस्य कोमल वली

बागमती51 years ago

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

बागमती51 years ago

स्वस्थानी व्रत समापन

बागमती51 years ago

चैनपुरमा खानेपानीको हाहाकार

गण्डकी51 years ago

भानु जन्मस्थल पुनः सङ्घ मातहत

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement