मेलम्ची खानेपानी सुरुङको पुनः परीक्षण शुरु गरियो - Palikanews.com
Connect with us

बागमती

मेलम्ची खानेपानी सुरुङको पुनः परीक्षण शुरु गरियो

  • 20
    Shares

मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आज पुनः पानी भर्न थालेर परीक्षण शुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिएको हो । खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकूदमन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वकानूनमन्त्री शेरबहादुर तामाङलगायतले आज सो कार्यको शुभारम्भ गर्नुभएको हो । आयोजनास्थल अम्बाथान सुरुङमा नै औपचारिक कार्यक्रम गरेर काम अगाडि बढाइएको हो ।

गत असार २१ गतेदेखि पानी परीक्षण शुरु गरेको आयोजनाले ३० गते १७ नं गेट फुटेर परीक्षण स्थगित गरिएको थियो । सो घटनामा दुईजनालाई खोलाले बगाएको समेत थियो । दुईमध्ये एकजनाको शव फेला परेको छ भने एकजनाको शव अझै फेला परेको छैन ।

मन्त्री थापाले पानी काठमाडाँै लगेर वितरण गर्न सक्यो भने ठूलो उपलब्धि हासिल हुने बताउनुभयो । उहाँले आयोजनाका बारेमा आफूलाई खासै ज्ञान नभएको भन्दै सचिव र इन्जिनीयरसँग समन्वय गरिरहेको बताउनुभयो । पूर्वमन्त्री तामाङले पानी पथान्तरण गरिसकेपछि जिल्लावासीले पाउने लेभीको टुङ्गो छिट्टै लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पानी लगिसकेपछि काठमाडौँले सिन्धुपाल्चोकको विकास निमार्णको काममा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।

“विशेषज्ञहरूले निरीक्षण गर्नुभयो, उहाँका महत्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार गरिएको छ, आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो ।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताउनुभयो । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेल तथा काठमाडौँका विभिन्न अस्पतालसँग समन्वय गरिएको छ ।

कार्यकारी निर्देशक खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । शुरूआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उहाँले बताउनुभयो ।

  •  
    20
    Shares
  • 20
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रदेश २51 years ago

विप्लवका तीन नेता पक्राउ

मुख्य समाचार51 years ago

पहिलो पटक नीजि होटेले दियो निशुल्क स्वास्थ्य सेवा

कर्णाली51 years ago

सरसरफाई पछि चम्कियो खुल्ला मञ्च

समाचार51 years ago

नगर प्रमुखको जन्मदिनको अवसरमा ट्रष्ट स्थापना

बागमती51 years ago

शहरको सरसफाइ र स्वच्छता कायम गर्न सहमति पत्रमा हस्ताक्षर

बागमती51 years ago

राजनीतिक र गुटगत झगडाका कारण कृषि विश्वविद्यालय अस्तव्यस्त वन्दै

खेलकुद51 years ago

गोरखाका प्रत्येक पालिकामा जोखिम न्यूनीकरण र पुर्वतयारी सम्बन्धि पुस्तक उपलब्ध गराइने

गण्डकी51 years ago

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

कर्णाली51 years ago

हप्ता दिनसम्म पशुपन्छीजन्य मासु आयातमा रोक

गण्डकी51 years ago

ग्रामीण बस्तीलाई शहरसँग जोड्न १३ पक्की पुल निर्माण

कर्णाली51 years ago

फेरिए हुम्लाका प्रजिअ र प्रनाउ दुबै

मुख्य समाचार51 years ago

मन्त्री श्रेष्ठद्वारा दरबार हाई स्कूलको निरीक्षण

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement