कृषिमा उच्च प्रविधिको प्रयोगसँगै उत्पादकत्व वृद्धिमा प्रदेशको जोड : मुख्यमन्त्री गुरुङ - Palikanews.com
Connect with us

गण्डकी

कृषिमा उच्च प्रविधिको प्रयोगसँगै उत्पादकत्व वृद्धिमा प्रदेशको जोड : मुख्यमन्त्री गुरुङ

  • 22
    Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषिमा उच्च प्रविधिको प्रयोगसँगै उत्पादकत्व वृद्धिमा प्रदेश सरकारले जोड दिँदै आएको बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित कृषि ज्ञान केन्द्र कार्यालयको आज उद्घाटन गर्दै उहाँले सरकारले कृषि उत्पादन वृद्धिका लागि जमीनको चक्लाबन्दीको साथै व्यावसायिकतामा जोड दिएको बताउनुभयो ।

जनसङ्ख्या दरमा आएको वृद्धिसँगै सानो जग्गा, कम लागतमा बढी उत्पादन गर्ने खालको प्रविधियुक्त दक्षजनशक्ति विकास गरिनुपर्ने आवश्यकता औँल्याउँदे मुख्यमन्त्री गुरुङले त्यसका लागि तीनै तहका सरकारबीच समन्वय अपरिहार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

सो केन्द्रमार्पmत प्रदेशका सबै पालिकाको माटो परीक्षण गरी कहाँ कुन वस्तु उत्पादन गर्न सकिन्छ भन्ने तथ्याङ्क सङ्कलन गरिने बताउँदै उहाँले आर्थिक समृद्धिको आधार कृषि उत्पादन वृद्धि गर्न सबैको साथ र सहयोग आवश्यक रहने बताउनुभयो ।

खाद्यान्न उत्पादन हुने उर्बर भूमि कङक्रिट बस्तीमा परिणत हुँदै गएकोमा दुःख व्यक्त गर्दै उहाँले मानिसको बाच्ने आधारको रुपमा रहेको कृषि पेशालाई मर्यादित र सम्मानित बनाउन सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

विश्वव्यापी रुपमा पैmलिएको कोभिड–१९ नियन्त्रण र रोगथामका प्रदेश र स्थानीय सरकारले उल्खनीय भूमिका निर्वाह गरेर सङ्घीयताको पुष्टि गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले लगानी बढाउँदै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले गण्डकी प्रदेशका १० जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरी सञ्चालनमा आएको बताउँदै मनाङ जिल्लामा पनि निकट भविष्यमा कार्यालय स्थापना गरिने जानकारी दिनुभयो । ‘एक पालिका ः एक मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम’ सञ्चालन गरिएको जानककारी दिनुभयो ।

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले सिमित श्रोत र साधनको अधिकतम उपयोग गर्दै अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषिको व्यवसायिकरणमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अगुवा कृषक धर्मदत्त पौडेलले उन्नत र गुणस्तरीय विउ, मल र प्राविधि, तथा बजारको अभावका कारण कृषि पेशा संकटमा पर्दै गएको बताउँदै त्यसतर्पm सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सवनम सिवाकोटीले सिमित श्रोत साधान तथा जनशिक्तको अभावका बावजुद पनि कर्मचारी वर्गले कृषकलाई सक्दो सेवा गर्दै आएको बताउनुभयो ।

  •  
    22
    Shares
  • 22
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

विप्लव समूहको पहिलो चरणको वार्ता सम्पन्न

कर्णाली51 years ago

हुम्लाका तीन गाउँपालिकामा पुग्यो सडक

लुम्बिनी51 years ago

गरिबी निवारणका लागि लघुउद्यम सचेतना

प्रदेश १51 years ago

फुङ्लिङ बजारमा ठूला–ठूला आगलागीका घटना दोहोरिदै

मुख्य समाचार51 years ago

जिल्ला समन्वयसमितिको अनुगमन : गढवा गाउँपालिकामा २६ करोड बढी बजेट खर्च

बागमती51 years ago

नयाँ आकाशे पुल निर्माणसँगै जीर्णको मर्मतमा तीव्रता

बागमती51 years ago

एक हजार बढीले लिए सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा

प्रदेश १51 years ago

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार51 years ago

स्थायी बन्ध्याकरण शिविरमा ४६ जनाले लिए सेवा

कर्णाली51 years ago

स्याउ जोनमा साढे ७ हजार स्याउका बोट

मुख्य समाचार51 years ago

आठ हजार १९० रोपनी जग्गा अतिक्रमणमा

प्रदेश २51 years ago

कर्मचारी सरुवा गरेकोप्रति जनप्रतिनिधिको गम्भिर ध्यानाकर्षण

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement