बा !
आज तिम्रो जन्मदिन
यो न चिसो न तातो
कपास जस्तो नरम मुलायम
याम तिम्रै राज त हो ।
आजको दिन यी चौडा सुकिला सड़कहरु
आशाका रेलमार्ग,सुरुङमार्ग साहसले
फर्काइ ल्याएका कालापानी,लिपुलेक,लिम्पियाधुरा
सिमाना रक्षार्थ बिओपी परिवर्तनका प्रतीक
गाँउगाउँमा अस्पताल यी कुनै युग्महरुका कुरा नगरौँ
किनकि परिवर्तनको नाम तिमी आफैँ हौ।
यी गोरेटोका कुरा नगरौं
किनकि तिमी आफैं सबैभन्दा लामो बाटो हौ
थकान र गन्तव्यको पनि कुरा नगरौँ ताकि,तिमी
कहिल्यै थकाक्ने यात्री र आफैँ सुन्दर गन्तव्य पनि
हौ यो अफ्ट्यारो अव्यवस्थितभूगोलको पनि कुरा
नगरौं जब तिमी आफैं अब्बल व्यवस्था हौ ।
जगेर्ना वनजस्तो तार घेरा गर्नु छैन तिमीलाई
कारण तिमी आफैं शक्ति र सुरक्षा हौ ।
यो समय तिमीलाई कुनै आचरण, इमान र
आदर्शको अध्यायघोकाऊँ पनि छैन थाहा छ,
तिमी आफैं सर्वोत्तम व्यवहार हौ ।
सत्य हो, आजको दिन तिम्रो शुभकामनामा
धेरै शब्द खपत गर्न मन छैन
ता कि, तिमी आफैं सर्वमान्य भाषा हौ
लिपि हौ व्याकरण र सिङ्गो ग्रन्थ हौ।
किनारसंग पराजित नदीको प्रवाह झैं तिम्रो
आगमनमा तमाम् उज्यालोहरू आफूलाई फिक्का
सम्झिँदै सर्माइरहेको यो समय
बाहिर गहिरो अँध्यारो छ नडराऊ यो पनि नभनौं
जब तिमी आफैं उज्यालो हौ।
बा!
संसारमा तिमीमात्र यस्तो बाबू हौ–जसले आफू
काँडैकाँडै टेकेर करोडौं सन्तानलाई फूलको
बाटो बनाइदियौ आफू अन्धकारको हजार माइल
बाटो हिंडेर अरुलाई आँखाभरिभरि पैतालाभरिभ
उज्यालो राखिदियौहजार रहरहरु बन्दक राखेर
दुनियाँको ओठ्मा खुशीका थुँगाहरु फुलाइरह्यौ
बा!
आजको दिन धेरै भन्नू छैन भन्नै पर्ने एउटा
कुरा छ–आज बर्सौंपछि अग्लिंदै गरेको धरहरा,शान्त
रानीपोखरी हेर्दैझोलाभरि निरोगी विसासय
आयु र अनुहारमा चम्किलो आभा उपहार लिएर
आइपुगेको छ एउटा चहकिलो सूर्यतिम्रो जन्मदिन मनाउन ।