तरकारी खेतीको लागि उर्वर भूमि मदनपोखरा - Palikanews.com
Connect with us

मुख्य समाचार

तरकारी खेतीको लागि उर्वर भूमि मदनपोखरा

  • 19
    Shares

नेपालका विभिन्न ठाउँमा विभिन्न प्रकारको खेती गरिन्छ । त्यसमा तरकारी खेती पनि एक हो । नेपालको पश्चिमाञ्चल क्षेत्रमा रहेको सुन्दर नगरी तानसेन नजिकै रहेको मदनपोखरा तरकारी खेतीको लागि नेपालमै प्रसिद्ध छ । यहाँ उत्पादित भएका तरकारी बुटवल, पाल्पा, स्याङ्जासम्म विक्री हुने गर्दछन् । मदनपोखरामा तरकारी खेती कस्तो छ भनी मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी लिमीटेडको उपाध्यक्ष घनश्याम घिमिरेसँग सोध्दा उहाँले भन्नुभयो, “गएको वर्ष कोभिड भएको बेलामा पनि ८०० मेट्रिक टन तरकारी खेती भएको थियो । अहिले पुस मसान्तसम्म २५० मेट्रिक टन बजारमा गएको छ, यो उहाँ काम गर्ने सहकारी मातहतबाट गएको हो । मदनपोखरामा माथिल्लो र तल्लो भेक छ । माथिल्लो भेकबाट तरकारी उत्पादन भएर बुटवल, पाल्पा, स्याङजा, गुल्मीतिर जान्छ । पूरा मदनपोखराको कुरा गर्दा ८००–९०० मेट्रिक टन वर्षमा मदनपोखराबाट बजारमा जान्छ । हाम्रो मात्र ३, ४ करोडको तरकारी निर्यात हुन्छ भने पुरै मदनपोखराको कुरा गर्दा १५–१६ करोडको हुन्छ ।”

 

नेपालको कुन कुन ठाउँमा तरकारी खेतीले बजार पाएको छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “खुल्ला प्रतिष्पर्धा छ, त्यही अनुसार लड्नुपर्ने आवश्यकता छ । सीमा खुला र नजिक भएकोले सुनौलीदेखि भारतबाट तरकारी आएको हुन्छ । बजार बुटवल र पाल्पा बजार हो, अहिले स्याङ्जा पनि जान्छ । काठमाडौंतर्फ गएको छैन । तरकारी खेतीमा सिजनेवल तरकारी सबैको उत्पादन हुन्छ जस्तै काउली, बन्दा, खुर्सानी, भान्टा, बन्दागोभि, सेमी, धनियाँ ।”

उहाँका अनुसार अहिले तरकारी उत्पादन र विक्रिको अवस्था पहिलेको अवस्थाभन्दा राम्रो छ । किसानसँग त्यस्तो धेरै जग्गा पनि छैन । पानीको समस्या छ, मलखादको समस्या छ । तर पनि हाम्रो क्षेत्रमा हेर्दा तिनीहरुको जिवीका राम्ररी चलेको छ । हाम्रो सहकारीले बजारीकरण गरिदिन्छौं । माथिल्लो भेकमा अझै व्यवस्था भएको छैन । पुरानो मदनपोखराको केही क्षेत्रहरु जुन सिद्धार्थ राजमार्गसँग जोडिएको छ, उहाँहरु आफै किसानहरुले बेच्ने हो । हामीले चाहिं किसानको बारीमा गएर उत्पादन लिइदिन्छौं, बजारमा पु¥याएर बेचिदिन्छौं । बेचेर सहकारीको कृषि शाखा छ त्यसमा उहाँको खातामा राखिदिन्छौं । उहाँको खर्च कम हुन्छ र वचत अलि बढी नै हुन्छ । दिगोपन छ, नयाँ पुस्ताले हस्तान्तरण लिनुभएको छैन तर पुरानो हिसाबले हेर्दा जीवन चलेको छ ।

 

तरकारी खेतीमा निर्भर रहेका किसानहरुको बारेमा कुराकानी गर्दा उहाँले बताउनुभयो, “सहकारीमा हामीले सूचीकृत कृषक भन्छौं जसले बर्ष भरिमा उत्पादन गर्नुहुन्छ, सूचिकृत हुनुभएका २३२ जना किसानहरु हुनुहुन्छ । उहाँहरुले मैले वर्षभरि तरकारी उत्पादन गर्ने हो, मेरो तरकारी बेचिदिनुप-यो भन्नुहुन्छ । यसमा धेरै जना हुनुहुन्छ जो तरकारी खेतीमा निर्भर रहनुभएको छ । उहाँहरुको जीवन तरकारी खेतीबाट चलेको छ ।” तानसेन नगरपालिका ९ क्षेत्रमा बढी उत्पादन हुन्छ भने माथिको ८ क्षेत्रको कोरिडरको क्षेत्रमा उत्पादन हुने हो । कुल ५, ६ सय किसानहरु हुनुहुन्छ ।

तरकारी खेती गर्दा भोग्नुपरेको कठिनाईबारे प्रश्न गर्दा उहाँले भन्नुभयो, “पाल्पाको बाटो त्यति राम्रो छैन, बाटोको समस्याले गर्दा बजारसम्म तरकारी ल्याउन नसकेको अवस्था छ । वर्षामा बाटो बन्द भएर उत्पादित वस्तुलाई बजारसम्म पु¥याउन सकिंदैन । त्यसैगरी केही दिनसम्म तरकारीलाई सड्न गल्नबाट नदिन स्टोरेजहरु प्नि छैनन् । बजारसम्म ल्याउन नसकेपछि त तरकारी खेर जाने भयो । तरकारी बिहान साँझ मूल्य दरमा फरक पर्दछ । बिहान सस्तोमा बेच्यो भने बेलुका महँगो हुन जान्छ । कहिले बेलुका सस्तो भयो भने बिहान महँगो हुन जान्छ । अनि खुला सिमानाको कारणले भारतको तरकारी अधिकतम आएको छ ।”

कोभिडको समयमा पनि कृषि एम्बुलेन्सको अवधारणा शुरु गरेको प्रंसग उल्लेख गर्दै उहाँले भन्नुभयो, “ तानसेन बजारमा कृषि एम्बुलेन्स सेवा सुरु भएको छ । नगरपालिकाले किसानसँग तरकारी खरिद गर्छ । कृषि एम्बुलेन्स घरघरै पठाएर खरिद मूल्यमा ताजा तरकारी उपभोक्तालाई दिएको छ । तरकारी बिक्रीको लागि कृषि एम्बुलेन्सको इन्धन र तरकारी प्याक गर्ने प्लाष्टिक नगरपालिकाले अनुदान दिएको छ । नगरपालिकाको यो रचनात्मक काममा नगरपालिकाको युवा परिषद सक्रिय भएको छ । परिषदका पदाधिकारीहरू तरकारी किन्ने, बजारमा बिक्री गर्ने काममा स्वयमसेवा गरिरहेका छन् ।

तरकारी खेतीलाई सहज कसरी बनाउन सकिन्छ भन्ने प्रंसगमा उहाँले भन्नुभयो, “यदि भारतबाट आउने तरकारीलाई त्यति प्रोत्साहन नदिने हो भने नेपालका धेरै किसानहरुलाई धेरै राहत हुन्थ्यो । अहिले खुला सिमानाको कारणले तरकारी सजिलै आउँछ, मानिसहरु १ किलो चिनी किन्न पनि सुनौली पुग्दछन् । बजारको समस्या छ । मलखाद समयमै नपाउने त राष्ट्रको समस्या हो । हामीले साल्ट ट्रेडिङसँग डिलरसिप लिएका छौं र हामीले अलिकता स्टक गरिदिन्छौं, त्यसले गर्दा किसानलाई अलिकता राहत मिलेको छ । तानसेन नगरपालिकाको ७, ८, ९, १० वडासम्म तरकारी उत्पादन हुन्छ । धेरै क्षेत्रमा तरकारी उत्पादन भएको छ । माडीको पनि टाडी भेकमा तरकारी खेती हुन्छ ।”

मदनपोखराको विशेषताको बारेमा उहाँले बताउनुभयो, “तरकारी खेती, सामुदायिक वन, सामुदायिक रेडियो जुन एशियाको पहिलो हो, यिनै मदनपोखराका विशेषता हुन् । समुदायले संचालन गरेको मदनपोखरा रेडियो एफएम, यसमा समुदाय नै मालिक हुन्छ । मदनपोखराको सामुदायिक वनको अवधारणा पनि नेपालकै पहिलो हो ।”

  •  
    19
    Shares
  • 19
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

वक्तृत्वकला प्रतियोगितामा भुजेल प्रथम

प्रदेश २51 years ago

अनुदानको रकम हत्याउन फर्जी किसानहरुको होडबाजी

बागमती51 years ago

जीर्ण भवनमा हुलाक कार्यालय

अर्थ51 years ago

शुक्रबार सुनको मुल्यमा गिरावट, तोलाको कति ?

बागमती51 years ago

मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि

मुख्य समाचार51 years ago

पर्यटकको चासा बढ्दै पर्वतारोहणमा

गण्डकी51 years ago

चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

प्रदेश १51 years ago

औषधि व्यवस्था विभागका अधिकृत घुस रकमसहित पक्राउ

गण्डकी51 years ago

जिप दुर्घटनामा एक जनाको मृत्यु,चार घाइते

मुख्य समाचार51 years ago

खोप भण्डार गृह अभिवृद्धि आगामी दुई महिनामै तयार गरिने

बागमती51 years ago

स्थानीय सरकारको विश्वव्यापी नेटवर्क अध्यक्षमा मेयर व्याञ्जु निर्वाचित

प्रदेश २51 years ago

प्रदेश समन्वय परिषदको सद्स्यमा नगर प्रमुख पटेल मनोनयन

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement