तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा - Palikanews.com
Connect with us

गण्डकी

तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा

  • 21
    Shares

बागलुङ जिल्लाको गलकोटका तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसोदेखि गलकोट नगरपालिका वडा नम्बर ५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा आज बिहान नियन्त्रणमा आएको हो ।

वन पैदावार र बस्तीसमेत जोखिममा परेपछि सामुदायिक वनका उपभोक्ताहरू रातभर आगो नियन्त्रणका लागि खटिएको ठूलाचौर महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थुमकुमारी थापाले जानकारी दिनुभयो ।

आगलागीका कारण गलकोट नगरपालिका वडा नम्बर ५ को दानसिङडाँडा सामुदायिक वन, गगनपानी सामुदायिक वन र वडा नं ७ को ठूलाचौर सामुदायिक वनमा करोडौँ रुपैयाँको क्षति भएको उहाँले बताउनुभयो । भैंसे दानसिङडाँडा सामुदायिक वन गलकोट नगरपालिका वडा नम्बर ५ देखि शुरु भएको आगो गगनपानी सामुदायिक वन हुँदै छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको थियो ।

राति स्थानीयवासीले अग्नि रेखा निर्माण गरी बिहान आगो नियन्त्रण गरिएको गलकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले जानकारी दिनुभयो । ठूलाचौर सामुदायिक वनको मल्म खोलापारिदेखि मान्दारादानसिङ जोड्ने गोरेटो बाटो सफा गरी स्थानीयवासीले अग्नि रेखा निर्माण गरेका थिए ।

करीब २०० मानिसले लाइनमा बसी स्याउला, बाल्टीमा पानी बोकेर आगो निभाउन सफल भएको ठूलाचौर सामुदायिक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले बताउनुभयो । मोबाइल र टर्च लाइटको सहारामा आगो निभाउन सफल भएको समाजसेवी बाबुराम थापाले बताउनुभयो ।

जङ्गल नजीकै रहेको बस्ती खोलापारि, साहानीडाँडा, नरौदी र मान्दारा आगोको उच्च जोखिममा रहेका थिए । आगो झण्डै १७÷१८ घण्टापछि नियन्त्रमा आएको हो । आगलागीका कारण दानसिङडाँडा सामुदायिक वनको झण्डै ४० हेक्टर क्षेत्रफल, गगनपानी सामुदायिक वनको पाँच हेक्टर र ठूलाचौर सामुदायिक वनको ८० हेक्टर जङ्गल जलेको छ । वन क्षेत्रमा आगलागी हुँदा वनमा रहेका जीवजन्तु, चराचुरुङ्गी र रूखबिरुवा जलेर नष्ट भएका छन् ।

आगलागीले तीनवटा सामुदायिक वनमा करोडौँ मूल्यको क्षति भएको छ । आगो निभाउन इलाका प्रहरी कार्यालय गलकोट, गलकोट नगरपालिका वडा नम्बर ५ हरिचौर, टेउवा, दानसिङडाँडा, मान्दारा, सर्दाखेतका स्थानीयवासी रातभर खटिएका थिए ।

  •  
    21
    Shares
  • 21
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

वक्तृत्वकला प्रतियोगितामा भुजेल प्रथम

प्रदेश २51 years ago

अनुदानको रकम हत्याउन फर्जी किसानहरुको होडबाजी

बागमती51 years ago

जीर्ण भवनमा हुलाक कार्यालय

अर्थ51 years ago

शुक्रबार सुनको मुल्यमा गिरावट, तोलाको कति ?

बागमती51 years ago

मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि

मुख्य समाचार51 years ago

पर्यटकको चासा बढ्दै पर्वतारोहणमा

गण्डकी51 years ago

चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

प्रदेश १51 years ago

औषधि व्यवस्था विभागका अधिकृत घुस रकमसहित पक्राउ

गण्डकी51 years ago

जिप दुर्घटनामा एक जनाको मृत्यु,चार घाइते

मुख्य समाचार51 years ago

खोप भण्डार गृह अभिवृद्धि आगामी दुई महिनामै तयार गरिने

बागमती51 years ago

स्थानीय सरकारको विश्वव्यापी नेटवर्क अध्यक्षमा मेयर व्याञ्जु निर्वाचित

प्रदेश २51 years ago

प्रदेश समन्वय परिषदको सद्स्यमा नगर प्रमुख पटेल मनोनयन

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement