पर्यटकको चासो बढ्दै पर्वतारोहणमा - Palikanews.com
Connect with us

मुख्य समाचार

पर्यटकको चासो बढ्दै पर्वतारोहणमा

  • 11
    Shares

कोरोना सङ्क्रमणका कारण गत वर्ष मुख्य सिजनमै असर बेहोरेको नेपालको पर्वतारोहणमा यस वर्ष भने सुधारको सङ्केत देखिएको छ । विदेशी पर्यटकलाई नेपाल प्रवेशबापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ ।

नेपालको पर्वतारोहणमा मुख्य सिजन मानिने वसन्तयाम (अप्रिल र मे)का लागि यतिबेला ‘बुकिङ’ चलिरहेको नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय जना आरोहीहरूले बुकिङ गरिसकेका छन् ।

पर्वतारोहणका लागि तुलनात्मक रूपमा लामो समय खर्चिनुपर्ने भएकाले क्वारेन्टिनको प्रावधान यसका लागि त्यति बाधक नहुँदा पनि आकर्षण बढेको शेर्पाको भनाइ छ । सगरमाथाबाहेक अन्य हिमालमा पनि आरोहीहरूको चासो रहेको उहाँले बताउनुभयो ।

सरकारले कोरोना सङ्क्रमणकै अवस्थामा मन्त्रिपरिषद्बाटै बहराइनका राजकुमारसहितको टोलीलाई मनास्लु हिमाल आरोहणको अनुमति दिएको थियो । टोलीले गत असोज २९ गते मनास्लु हिमालको सफल आरोहण गरेको थियो । कोरोना सङ्क्रमणयता भएको उक्त आरोहण नै विदेशी टोली सम्मिलित पहिलो आरोहण थियो ।

त्यसपछि कतारका राजकुमारसहितको टोलीले कात्तिक २६ गते अमादब्लम हिमालको आरोहण गरेको थियो । राजपरिवार सदस्यकै चासोले पनि कोरोनाकै अवस्थामा पर्वतारोहणका गतिविधि सुरु भएको थियो ।

मुख्य सिजनमा पर्वतारोहण हुन नसके पनि पर्यटन विभागले हिउँदयामका लागि भने अनुमति खुला गरेको थियो । विभागको पछिल्लो तथ्याङ्क अनुसार हिउँदयामको पर्वतारोहणका लागि अहिलेसम्म ४५ जनाले अनुमति पाइसकेका छन् । यसबीचमा लुजा पिक, क्युङ्ग्या रीप् टु, अमादब्लम, सुर्मा सरोवर, रोकापी, मनास्लु, थापा पिक, चुक्युमा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

पर्वतीय पर्यटनका लागि आरोहीले एक महिनाभन्दा बढी नै समय बिताउने भएकोले पाँच दिन क्वारेन्टिन बस्नुपरे पनि पर्वतारोहण भने चालू रहेको शेर्पा बताउनुहुन्छ । तर सीमित अवधिका लागि मात्र नेपाल आउने पर्यटकलाई क्वारेन्टिन प्रावधानका कारण पदमार्ग तथा घुमघामका लागि भने पर्यटक आउन सकेका छैनन् ।

पर्यटन व्यवसायीहरूले तत्काल यस्तो प्रावधान हटाएर कोरोना परीक्षणको आधारमा नेगेटिभ रिपोर्ट आएका पर्यटकलाई घुमघामका लागि खुला गर्नुपर्ने माग राखेका छन् । देशभित्रै ठूला आमसभाहरू आयोजना हुँदा पर्यटकलाई क्वारेन्टिनकै कारण नेपाल भित्रिन रोक्न नहुने उनीहरूको भनाइ छ । गोरखापत्र दैनिक

  •  
    11
    Shares
  • 11
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

गृहमन्त्री थापा पदमुक्त

बागमती51 years ago

चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरे

गण्डकी51 years ago

उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा श्रेष्ठ निर्वाचित

लुम्बिनी51 years ago

भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु

प्रदेश १51 years ago

तीन वटा स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा

खेलकुद51 years ago

प्रथम महालक्ष्मी मेयर कप प्रतियोगिता समपन्न

मुख्य समाचार51 years ago

एमसीसी प्रस्ताव सदनमा ल्याउने सहमति

मुख्य समाचार51 years ago

दाउन्नेमा यात्रु बहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

गण्डकी51 years ago

असिना पानीले आलु बाली नष्ट गरेपछि किसान चिन्तित

शिक्षा / स्वास्थ्य51 years ago

बैशाख महिनाभरि शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय

गण्डकी51 years ago

रक्तदान कार्यक्रममा ४४ यूनिट रगत संकलन

मुख्य समाचार51 years ago

ठोस निर्णय नभई सकियो सीसीएमसीको बैठक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement