दाङको लमहीमा १४ करोड बढीको लगानीमा बहुउद्देश्यीय व्यापारिक भवन निर्माण - Palikanews.com
Connect with us

कर्णाली

दाङको लमहीमा १४ करोड बढीको लगानीमा बहुउद्देश्यीय व्यापारिक भवन निर्माण

  • 37
    Shares

लमही नगर विकास समितिले आर्थिक वर्ष २०७३/०७४ सालबाट बनाउन थालेको बहुउद्देश्यीय व्यापारिक भवनको २ चरणको निमार्ण कार्य ४ वर्षमा सम्पन्न भएको छ । करिव साढे १४ करोडको लगानीमा भवन निमार्ण गरेको नगर विकास समितिका सवइन्जीनियर तुलसीराम अर्यालले जानकारी दिएका छन् । ‘पहिलो चरणमा स्ट्रक्चर बनाउने काम भयो । दोस्रो चरणमा फिनिसिङको काम गरियो,– सवइन्जीनियर अर्यालले भने– ‘दोस्रो चरणको भवन निमार्ण सकेर निर्माण कम्पनीले नगर विकास समितिलाई हस्तान्तरण गरिसकेको छ ।,

आर्थिक वर्ष २०७३/०७४ देखि शिवशक्ति चक्रेश्वरी जेभी कन्स्ट्रक्सनले करिव ७ करोडको लगानीमा स्ट्रक्चरले काम गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०७५/०७६ देखि सिनर्जी ज्ञानज्योती जेभीले दोस्रो चरणको फिनिसिङको काम सुरु गरेको र अहिले त्यो काम सम्पन्न भएको हो ।

लमहीमा बनेको बहुउद्देश्यीय व्यापारिक भवनले यस क्षेत्रको व्यापार, व्यवसायलाई प्रवद्र्धधन गर्ने विश्वास गरिएको छ । लमही क्षेत्रको होलसेल र ब्राण्डेड बजारको लागि भवन उपयुक्त हुने देउखुरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष केशव घिमिरेले बताए । लुम्बिनी प्रदेशको राजधानीको रुपमा रहेको यस क्षेत्रमा यस्ता ठूला व्यापारीक महलको आवश्यक रहेको पनि उनले बताए । ठूला व्यापारीक महल अझै निमार्ण गर्ने र प्रदेश स्तरीय ठूलो व्यापारीक बजार बनाउने गरी सवैले सोच्नु पर्ने उनको भनाई छ ।

साना देखि ठूला सवै व्यापारीको आकर्षण यस भवनमा छ । यहाँ व्यापार व्यवसायको लागि स्टल लिनका लागि धेरैले चाहेका छन् । चैत महिना देखि भवनलाई भाडामा दिने गरी सुचना आह्वान गर्ने तयारी भएको नगर विकास समितिले बताएको छ ।

भवन भित्र सुविधै सुविधा

यो भवनमा सुविधै सुविधा छ । भवनको तल्लो तहबाट सुविधा थपिएको छ । पार्किङ अण्डरग्राउण्ड छ । सडक किनारमा पार्किङ गर्नुपर्दैन । कार र मोटरसाइकल पार्किङ गर्ने गरी अण्डरग्राउण्डमा व्यवस्था गरिएको छ । त्यसपछि ग्राउण्ड तलमा व्यापारिक सटरहरु छन् । जहाँ पसल सञ्चालन गर्न व्यपारीहरु आकर्षित छन् । उत्तरमा पूर्व पश्चिम राजमार्ग र दक्षिणमा बैंक रोडतर्फ व्यापारिक सटरहरु रहेका छन् ।

 

  •  
    37
    Shares
  • 37
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

गृहमन्त्री थाप पदमुक्त

बागमती51 years ago

चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरे

गण्डकी51 years ago

उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा श्रेष्ठ निर्वाचित

लुम्बिनी51 years ago

भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु

प्रदेश १51 years ago

तीन वटा स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा

खेलकुद51 years ago

प्रथम महालक्ष्मी मेयर कप प्रतियोगिता समपन्न

मुख्य समाचार51 years ago

एमसीसी प्रस्ताव सदनमा ल्याउने सहमति

मुख्य समाचार51 years ago

दाउन्नेमा यात्रु बहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

गण्डकी51 years ago

असिना पानीले आलु बाली नष्ट गरेपछि किसान चिन्तित

शिक्षा / स्वास्थ्य51 years ago

बैशाख महिनाभरि शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय

गण्डकी51 years ago

रक्तदान कार्यक्रममा ४४ यूनिट रगत संकलन

मुख्य समाचार51 years ago

ठोस निर्णय नभई सकियो सीसीएमसीको बैठक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement