भक्तहरुको आस्थाको केन्द्र पाल्पाको भैरवनाथ मन्दिर - Palikanews.com
Connect with us

मुख्य समाचार

भक्तहरुको आस्थाको केन्द्र पाल्पाको भैरवनाथ मन्दिर

  • 121
    Shares

पाल्पाको सदरमुकाम तानसेनबाट झन्डै ९ किलोमिटरको दुरीमा रहेको भैरवनाथको मन्दिर प्रख्यात रहेको छ । रिब्दीकोट गाँउपालिका अन्र्तगत पहाडको टुप्पोमा रहेको सो मन्दिरमा स्वदेश तथा विदेशबाट भक्तजनहरु दर्शन पूजा गर्न पुग्ने गर्दछन् ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सो मन्दिरमा बर्षेनी १० लाखको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् भने मन्दिरले प्रतिबर्ष भेटीबाट मात्रै ५० लाखको हाराहारीमा आम्दानी गर्ने गरेको छ ।

भैरवस्थानको मन्दिर मणि मुकुन्द सेन प्रथमले वि.स. १५८१ मा बनाएको भनिन्छ । मुकुन्द सेनको पालामा सेनवंशी राजाले भैरवस्थान मन्दिरलाई शक्तिपीठको रुपमा स्थापना गरेका हुन् । भैरवस्थान मन्दिरलाई अष्टभैरव, कुम्भ भैरव, भिमसेन भैरव, बाघ भैरवलगायत विभिन्न भैरवको रुपमा पूजा गरिन्छ । यहाँ महाकाल भैरव र बटुक भैरवको मूर्ति स्थापना गरिएको छ । पहिले पहिले विभिन्न समुदायले ढाडा, टण्टा, सत्तल, पौवा निर्माण गर्ने, पूजा लगाउने, पातहरु, दाउराहरु ल्याउने चलन थियो । भैरवको मन्दिरमा बलि पनि चढाइने भएकोले राँगा, बोका, कुखुरा, भालेहरुको बलि चढाइन्छ । घरमा मासु नखानेहरुले कुभिण्डो पनि चढाउने गर्दछन् ।

मन्दिर प्यागोडा शैलिमा बनाइएको छ । मन्दिर सांस्कृतिक झल्काउने खालको छ । मन्दिरमा पहिले झिंगटीको छानो लगाइएको थियो । साथै यो ईटा प्रयोग गरेर बनाइएको छ । बीचमा टीनको पनि छानो लगाइएको थियो, हालसालै पुरातत्व विभागले पुर्नव्यवस्थित गरेको छ । तर भित्री भाग चलाइएको छैन । मन्दिर निर्माणमा पुरानो काठहरु प्रयोग गरिएको छ । भक्तपुरका कालीगढहरु आएर बनाएका छन् । मन्दिरको दर्शन गर्न मानिसहरु तराई क्षेत्रबाट, पाल्पा जिल्लाका विभिन्न क्षेत्रबाट र भारतबाट पनि भैरवलाई मान्नेहरु, काल भैरवलाई मान्नेहरु आउने गर्दछन्, दान दक्षिणा दिने, पूजा आजा गर्ने गर्दछन् ।

त्यसैगरी यहाँ दाङतिरका जोगीहरु पनि आउँदछन् । यहाँ कान चिर्ने चलन छ । जोगिहरुले कान चिर्दा छुट्टै विधि अपनाउनुपर्दछ, गुप्तवास बस्नुपर्दछ, सूर्यलाई १४, १५ दिनसम्म हेर्न नहुने चलन छ । ठूलो ठूलो कानको प्वालहरु बनाउने चलन छ । भारत लगायत विदेशीहरु पनि कान चिर्ने गर्दछन् । आफूलाई मुण्डन गर्ने, महात्मा सावित गर्ने, पूर्ण घरबार त्याग्ने गर्दछन् । यस मन्दिरमा विभिन्न धातुहरुले बनेको मूर्ति छ । यहाँको त्रिशुललाई नेपालकै ठूलो त्रिशुल मानिन्छ, त्रिशुलमा सुनको जलप लगाइएको छ । मन्दिरको दोश्रो छाना १८५१ मा प्रदीप शमसेरले बनाई गजुर पनि बनाएका थिए । गजुर कलात्मक छ । सेनकालीन बेलाका थुप्रै पंचकोठी, राजाको आसन पनि जोगाएर राखिएको छ । झ्यालहरु कलात्मक शैली छ, आँखीझ्यालहरु छन् । पाटनमा भक्तपुरमा भएजस्तै झ्यालहरु यहाँ छन् । पूर्णिमामा बढी र अरु बेला पनि नियमित रुपमा भक्तजनहरु आइरहन्छन् । दुर्गा पूजामा यहाँ भीड हुन्छ । पाथी, मानाको रोट चढाउने चलन छ ।

काला भैरव हेर्न हुँदैन, हे-यो भने मानिसको मृत्यु हुन्छ भनिएको हुनाले मूर्तिलाई ढाकेर राखिन्छ, कहिले पनि देखाइदैन । पूजा गर्दा पनि मन्दिर भन्दा १५० मिटर तल पानीको मूल छ, राती ४ बजे मुख छोपेर पानी बोक्ने छुट्टै मानिसले पानी ल्याउने चलन छ, त्यो पानी मात्र चलाइन्छ । त्यो पानी लगेपछि मात्रै पूजा शुरु हुन्छ । पूजा गर्नुभन्दा अगाडि दमाहा बजाइन्छ ।

कोभिडको बेलामा पनि आन्तरिक पूजा कहिल्यै पनि रोकिएन । यहाँ अखण्ड धोनी हुन्छ, आगो बालिरहिन्छ । मन्दिरमा पंचवली ल्याउने, दान दक्षिणा गर्ने, विवाह पनि गरिन्छ । भैरवको दर्शनले मनोआकंक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ, त्यही भएर मानिसहरु पूजा गर्न निरन्तर आउँछन् । जिल्ला प्रशासकहरु, आर्मी प्रमुखहरु, प्रहरी प्रमुख आफ्नो कार्यकाल राम्रोसँग चलोस् भनेर आउँछन् । पुराना शासकहरु पनि आउने गर्दछन् । भैरव भनेको महादेवको प्रतीक हो ।

भैरवको मन्दिरमा त्रिशुल तथा रोटी चढाएर पूजा गर्न दर्शनार्थीहरुको ठूलो भीड लाग्ने गरेको छ । खासगरी दशैको बेला, मंसिर तथा बैशाखमा उल्लेख्य संख्यामा दर्शनार्थीहरु आउने गर्दछन् ।

  •  
    121
    Shares
  • 121
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

गृहमन्त्री थापा पदमुक्त

बागमती51 years ago

चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरे

गण्डकी51 years ago

उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा श्रेष्ठ निर्वाचित

लुम्बिनी51 years ago

भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु

प्रदेश १51 years ago

तीन वटा स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा

खेलकुद51 years ago

प्रथम महालक्ष्मी मेयर कप प्रतियोगिता समपन्न

मुख्य समाचार51 years ago

एमसीसी प्रस्ताव सदनमा ल्याउने सहमति

मुख्य समाचार51 years ago

दाउन्नेमा यात्रु बहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

गण्डकी51 years ago

असिना पानीले आलु बाली नष्ट गरेपछि किसान चिन्तित

शिक्षा / स्वास्थ्य51 years ago

बैशाख महिनाभरि शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय

गण्डकी51 years ago

रक्तदान कार्यक्रममा ४४ यूनिट रगत संकलन

मुख्य समाचार51 years ago

ठोस निर्णय नभई सकियो सीसीएमसीको बैठक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement