मुख्य समाचार
ढम्कनेका किसानहरु आलु लगाउनमै व्यस्त

- 29Shares
बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ७ ढम्कनेका किसानहरुलाई आलु लगाउने चटारो परेको छ ।
जिल्लाको अग्लो र हिँउदमा धेरै हिउँ पर्ने भएको ले फागुनमा अलिअलि न्यानो हुदै गएपछि किसानले आलु लगाउने समय भएपछि उनीहरु अहिले धमाधम आलु खेतमा लगाउन व्यस्त छन् ।
आलु लगाउँने उपयुक्त समय फागुनको दोस्रो सातादेखि मात्र भएकोले यती बेला ढम्कनेवासी आलु लगाउन निकै व्यस्त भएको बडिमालिका नगरपालिका ७ ढम्कनेका वडा अध्यक्ष धर्मराज पाध्याले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,ढम्कनेका ११५ देखि १२० घरपरिवार अहिले आलु खेती गर्दै आएका छन् । अन्नबाली भन्दा आलु खेतीबाट उनीहरुको जीविकोपार्जनमा सहज पुगेएपछि आलु खेती गर्न थालेको उहाँले बताउनुभयो ।
गत वर्ष बाजुराको दुर्गम ठाउँ भानिदै आएको ढम्मकनेमा पहिलो उत्पादन भएको अर्गानिक आलु देशका विभिन्न सहरमा पुगेपछि ११ लाख भन्दाबढी रुपियाँ कमाइ भएको वडा अध्यक्ष पाध्याले बताउनुभयो । ,“यसरी याहाँको आलु देृशका विभिन्न ठाउँमा निकै चिरपरिचित भएपछि याहाँका कृषक पनि आलु खेतीमा निकै उत्साहित बनेका छन्
- 29Shares
29