माछापुच्छे बैंकले बनायो पोखरालाई क्यु. आर. कोड सेवा - Palikanews.com
Connect with us

अर्थ

माछापुच्छे बैंकले बनायो पोखरालाई क्यु. आर. कोड सेवा

देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रा. लि तथा पोखरा कै सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबार देखि एकैसाथ क्यु. आर. कोड सेवा सञ्चालनमा ल््याएको छ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छे बैंकले पोखराका ३ स्थानमा एकैपटक भव्य क्यु आर कोड समुद्घघाटन समारोहको आयोजना गरेको हो । पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका का .मु निर्देशक पुस्कर सुर्खाली ज्यु तथा माछापुच्छे बैंकका संचालक श्री रोशन केसी ज्युले संयुक्त रुपमा उक्त समारोहको समुद्घघाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा माछापुच्छे  बैंकका सञ्चालक श्री विश्वप्रकाश गौतम तथा श्रीमती सृजना कार्र्की ज्युको पनि उपस्थिती रहेको थियो ।

यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन्।् । त्यसैगरि पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्यु आर कोडको प्रयोग गरि ट्याक्सी भाडा तिर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका का.मु निर्देशक श्री पुस्कर सुर्खाली ज्युले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानि मार्फत गर्न आम उपभोक्तालाई आग्रह गर्नुभयो ।

ग्राहकले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्नुहुनेछ । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गएको छ । पोखरामा सुरु गरिएको क्यु आर कोड सेवाको साथै माछापुच्छे बैंकको क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या करिब ९००० पुगेको छ ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका संचालक, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु, पोखरेली ट्याक्सी सेवामा आबद्ध व्यवसायी तथा स्थानीय व्यापारी लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

  •  
  •  
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

गृहमन्त्री थाप पदमुक्त

बागमती51 years ago

चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरे

गण्डकी51 years ago

उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा श्रेष्ठ निर्वाचित

लुम्बिनी51 years ago

भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु

प्रदेश १51 years ago

तीन वटा स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा

खेलकुद51 years ago

प्रथम महालक्ष्मी मेयर कप प्रतियोगिता समपन्न

मुख्य समाचार51 years ago

एमसीसी प्रस्ताव सदनमा ल्याउने सहमति

मुख्य समाचार51 years ago

दाउन्नेमा यात्रु बहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

गण्डकी51 years ago

असिना पानीले आलु बाली नष्ट गरेपछि किसान चिन्तित

शिक्षा / स्वास्थ्य51 years ago

बैशाख महिनाभरि शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय

गण्डकी51 years ago

रक्तदान कार्यक्रममा ४४ यूनिट रगत संकलन

मुख्य समाचार51 years ago

ठोस निर्णय नभई सकियो सीसीएमसीको बैठक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement