कर्णाली
वीरेन्द्रनगरको विभिन्न ठाउँहरुमा फोहोरको थुप्रो

- 31Shares
सुर्खेतको वीरेन्द्रनगर नेकपाको पार्टी कार्यालय नजिकै रहेको कुहिनेपानि जङ्गल फोहोर फाल्ने डम्पिङ्ग बन्दै गएको छ । नजिकै होटेल त्यहि नजिकै फोहोरको थुप्रो देखेपनि फोहोर व्वस्थापनमा स्थानीय निकायको ध्यान जान सकेको छैन । त्यस्तै फोहोरको थुप्रो छ सुर्खेतको पर्यटकिय स्थलका परिचित घण्टाघरनजिकैको खुल्लामञ्चमा पनि फोहोरको थुप्रो देखिन्छ ।
वीरेन्द्रनगर सुर्खेतमा पछिल्लो समय फोहोरको मात्रा बढ्दै गएको र कर्णाली प्रदेशको राजधानी भएसँगै जनघनत्व र बढ्दो सहरीकरणले यहाँका सार्वजनिक स्थल र सडकमा समेत फोहोर बढेको तर स्थानीय निकाएले चासो नदेखाएको ग्रिन कर्णाली क्लि कर्णालीका अभियान्ता भिम थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘फोहोर व्यवस्थापनमा हामीले केहि सरसफाई गरे नगरपालिकालाई र सम्बन्धित निकायको ध्यान जान्थ्यो कि भनेर अभियान सुरु ग¥यौँ त्यहि भएर होकि अहिले सार्वजनिक ठाउँहरुमा समेत फोहोरको थुप्रो देखिन्छ ।
विश्व महामारिका रुपमा फैलिएको कोभिड १९ पश्चात घण्टाघर नजिकको चौरमा क्वारिनटिन राखेको क्वारिनटिन चाहिने चिज भएकाले उठाए तर फोहोर ज्युँको त्युँ रहेको कमल शाहीको भनाई छ ।
‘यसरि सार्वजनिक ठाउँमा र सडकमा फोहोर थुपारिएको देख्दा जिम्मेवार निकायले घिन मान्नु पर्ने हो तर मुखमा पट्टी बाधेर हो कि पत्तै छैन ।, नगरपालिकाको कुहिनेपानी क्षेत्र,घण्टाघर क्षेत्र, बसपार्क रं लगायतका विभिन्न ठाउँहरु फोहोर थुप्रिने गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाको नारा नै ‘शैक्षिक, प्रशासनिक, पर्यटकीय सहर, स्वच्छ समुन्नत वीरेन्द्रनगर’ भन्ने छ । तर उक्त नारा नारमै सिमित रहेको वीरेन्द्रनगर ६ का भिम सर्माले गुनासो गर्नुभयो ।
‘नगरपालिकाले नारालाई कार्यान्वयन गर्न सकेको छैन । कुहिनेपानी क्षेत्र फोहोर फाल्ने र दिशापिशाव गर्ने डम्पिङ्ग र चर्पि भएको छ, । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ का पार्वती शाहीले भन्नुभयो । ‘कुहिनेपानी क्षेत्र र घण्टाघर पार्कको एरिया फोहोर फाल्ने ठाउँ हुदा पनि कसैको ध्यान किन जादैन आखिर फोहोर व्यवस्थापन गर्ने जिम्मेवारि कस्को हो ?
नगरपालिकाले फोहोर व्यवस्थापनका लागि खटाइएका कर्मचारीले नै लापरबाही गरेका कारण पनि समस्या भएको स्थानीय रमेश न्यौपानेले बताउनुभयो ।
यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल कुहिनेपानि जङ्गलमा फोहोर फालेको याद भएन र घण्टाघरको खुल्ला मञ्चमा आर्मिले क्वारिनटिन उठाएको र फोहोर उठाउन बाकि रहेको र कुहिनेपानि जङ्गको फोहोर व्यवस्थापन गछौँ ।
‘फोहोरमैलाको समस्या एउटा निकायको भरमा मात्र व्यवस्थापन हुन सक्दैन, त्यसैको प्रभावका काराण केही वडामा समस्या देखिएको हो,’ अधिकृत ढकालले भन्नुभयो, ‘अहिले नगरले फोहोर उठाउँछ ५०—६० सम्म पैसा दिन आनाकानी गर्छन्, एक त सानो जनशक्ति छ सामग्री र खर्च लगायतका कुराहरुमा पनि समस्या छन ।’
फोहोर उत्पादन कम गरी त्यसलाई वर्गिकरण अनुसार पुनः प्रयोग गर्नाले केहि हदसम्म फोहोरको व्यवस्थापन गर्न सकिने प्रशासकीय अधिकृत ढकालको सुझाव छ ।
- 31Shares
31