अहिले बनिरहेको संरचना यथार्थमा धरहरा नभएर अग्लो टावर हो : उप-मेयर हरिप्रभा

काठमाडौं नेपालको केन्द्रिय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो । यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् । शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०.६७ वर्ग किलो मिटरमा फैलिएर २७.२२ उत्तरी अक्षांश र ८५.२० पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।

धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको यस शहरको इतिहास लगभग २००० वर्ष पुरानो रहेको मानिन्छ । बौद्ध र हिन्दु धर्मावलाम्बीहरुको आस्थाको केन्द्रकोे रुपमा रहेको यो उपत्यका हजारौ प्रकृतिका चाड पर्व, जातजाती, रीतिरिवाज र चालचलनको विविधता भित्र एकता रहेको छ भने, नेपालीहरु मध्येकै एक प्रमुख समुदाय नेवार समुदायको कला र संस्कृतीको खानीकै रुपमा समेत रहेको छ ।

काठमाडौं महानगरपालिकामा कोरानाले विकास निर्माण तथा पर्यटनमा पारेको असर, महानगरपालिकामा भैरहेका विकास निर्माणका कार्यहरु, आगामी विकास निर्माणका योजनाहरु आदि सेरोफेरोमा रहेर काठमाडौं महानगरपालिकाको उप मेयर हरिप्रभा खड्गीसँग पालिका न्युज डटकमका लागि सम्पादक मनोज राज रेग्मीले गरेको कुराकानीको सम्पादित अंशः

कोरोनाको नियन्त्रणमा कस्ता कस्ता प्रयास भयो भनेर प्रश्न गर्दा उहाँले भन्नुभयो, “कोरोना प्रारम्भिक चरणमा शुरु हुँदा नागढुँगा, दक्षिणकाली तथा धुलिखेल नाकामा म आफै गएर नाकाबाट मानिसको आवातजावत रोक्ने कोशिस ग¥यौं तर नेपाल सरकारको सहयोग नभएकोले सफल हुन सकिएन ।

फलतः कोरोनाले काठमाडौं उपत्यकामा भयावह अवस्था सिर्जना ग-यो । समुदाय स्तरमा नै यसले प्रवेश ग-यो । अनि हामीले वडा वडालाई कोरोना भनेको के हो, कसरी बच्ने, यसबाट बच्न के के सावधानी अपनाउने बारे प्रशिक्षण प्रदान ग-यौं । काठमाडौं नगरपालिकाको १ देखि ३२ वडाका प्रतिनिधिहरुलाई कोरोनाबाट कसरी बच्न सकिन्छ भनेर १ दिने प्रशिक्षण प्रदान ग-यौं ।” गएको साढे तीन वर्षमा कस्ता कस्ता कामहरु भए भन्ने प्रश्नको उत्तरमा उहाँले भन्नुभयो, “पहिलाको महानगरपालिका र अहिलेको महानगरपालिकामा आकास जमिनको फरक छ । हामी आउँदै गर्दा हामीलाई काम गर्न हम्मे हम्मे भएको थियो, निकै अस्तव्यस्त थियो ।

कसरी शुरुआत गर्ने भनेर हामी अन्यौलमा थियौं । अहिले १ देखि ३२ वडामा बजेट विनियोजन गरेर भित्रभित्रसम्म विकास निर्माणका कामहरु भएका छन् । जबसम्म महानगरपालिकामा स्थानीय सरकारलाई ढल निकास, खानेपानी, विद्युत हाम्रो मातहतमा आउँदैन तबसम्म हामीलाई काम गर्न हम्मे हम्मे छ । किनभने एउटाले खन्ने अर्कोले पुर्ने गर्दा महानगर कहिले पनि सफा हुन सक्दैन । एकैठाउँमा गाभिदियो भने एकैचोटी ढल बनाउने कुरा, अण्डरग्राउण्ड गर्ने कुरा एकैचोटी आउँथ्यो । अस्तव्यस्त भएका सरकारी जग्गालाई हामीले पार्कमा परिणत गरेका छौं । मानव वस्ती भएको हुनाले स्वच्छ हावा खाने ठाउँ पनि छैन, त्यसैले बुढाबुढीलाई, युवापुस्तालाई यसो घुम्न र स्वच्छ हावाको लागि हामीले पार्क निर्माण गरेका हौं ।

पहिला पहिला टोलटोलमा ५, ६ वटा पाटीहरु हुन्थ्यो, त्यहाँ बुढाबुढी जान्थे, आफ्ना मनका कुराहरु गर्थे ।” कोरोनाले विकास निर्माणका कार्यमा कतिको असर ग¥यो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “गएको १ वर्षमा हामीले खासै विकास निर्माणका काम गर्न सकेनौं किनकी कोरोनाले विकास निर्माणका कार्यलाई निकै व्यवधान पु-यायो । हामीले कोरोना नियन्त्रणमा फोकस ग¥यौं । हामीले विकासका बजेटहरु सबै रोकौं, कोभिडलाई नै हामीले नियन्त्रण गरौं भनेर त्यसप्रति लाग्यौं । प्रत्येक वडा वडामा हामीले हात धुन, मास्क लगाउन र स्यानिटाइजर लगाउन जनचेतना फैलाउन प¥यो । सारा जनप्रतिनिधिहरु यो एकवर्ष कोरोना नियन्त्रणमै लाग्यौं र विकास निर्माणका कार्यहरु ठप्पै भयो ।” सरकारले महानगरपालिकाको विकास निर्माणमा अलि अलि बजेट पठाएकै छ । हाम्रो महानगरपालिका बजेट कम भएको महानगरपालिका होइन । हाम्रो वार्षिक बजेट लगभग १७ अरब छ ।

महानगरपालिका भित्र मात्र २५, २६ लाख जनता छन् । त्यति जनतलाई खुशी पार्ने हिसाबले काम गर्नुपरेको छ । मेयर र उपमेयर बीच त्यति तालमेल नभएको प्रसंगमा उहाँले भन्नुभयो, “विकास निर्माणको कार्य त कसैले रोक्ने कुरै हुँदैन । नीति निर्माणमा काम गर्दा एकै ठाउँमा बसेर काम गर्ने हो । वा वही बनाउने जसलाई नेवारी भाषामा चोकहरु भनिन्छ, त्यो चोक बनाउने, विहार बनाउने त्यो विषयमा छलफल भएर काम गर्ने हो, कसैले रोक्ने कुरा हुँदैन । मेरो भनाई हरेक कुरामा समन्वय भएर अगाडि बढ्नुपर्दछ भन्ने हो ।

महानगरपालिकामा सूचनाको कमी हो । सूचनाको कमी भएकोले धेरै काम विग्रीन जान्छ । हामीले सम्पदाको संरक्षणमा जोड दिनुपर्दछ । राणाकालमा बनाएको सम्पदा इतिहास हो र त्यसको जगेर्ना गर्नुपर्दछ । जस्तै रानीपोखरी त झण्डै अर्कै बन्न लागेको हो, यदि म त्यहाँ उपस्थित नभएको भए रानी पोखरी शिखर शैलीमा बन्दैनथ्यो । हामी महानगरपालिकाले नै बनाउनुपर्दछ भनेर मैले स्ट्याण्ड लिएँ । महानगरपालिकाको कार्य महानगरपालिकालाई नै छोडिदिनुपर्दछ । धरहरा धरहरा होइन त्यो, त्यो पुर्ननिर्माण पनि होइन । त्यसलाई टावरको रुपमा लिनुपर्दछ । मैले बुझेको अनुसार पुर्ननिर्माण भनेको त्यसलाई विगारेर त्यसैको सामाग्री प्रयोग गरेर बनायो भने त्यसलाई पुर्ननिर्माण भनिन्छ । २२ तलाको धरहरालाई टावरको रुपमा लिनुपर्दछ, त्यो धरहरा होइन ।

पुर्ननिर्माणको नाम लिएर टावर बनेको छ । धरहराको इतिहास छुट्टै छ । नेपाल सरकारले स्थानीय सरकार आइसकेपछि हाम्रो जुन काम गर्ने अधिकार थियो त्यो उहाँहरुले लिनुभयो । त्यो लिन मिल्दैन । रानीपोखरी बनाउनको लागि पनि हाम्रो महानगरसँग बजेट प्रशस्त थियो तर त्यो रातारात पुर्ननिर्माण प्राधिकरणले बनाउने निर्णय ग-यो । त्यसपछि मैले मेयरसापलाई हामी तुरुन्तै प्रधानमन्त्रीसँग जाऔं र उहाँले निर्देशन गरेअनुसार १ सालमा सम्पन्न गरी काम गरौं भनेकी थिएँ, उहाँले मान्नुभएन । यसरी हस्तक्षेप भयो, यसरी हस्तक्षेप गर्न मिल्दैन । हामीले भक्तपुरबाट कामदारहरु ल्याएर बनाउने भनेका थियौं ।

यसरी हस्तक्षेप भयो भने स्थानीय सरकारको महत्व रहँदैन । काठमाडौंमा भएका सम्पदालाई जोगाइराख्न के कामहरु भैरहेका छन् भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “हाम्रो पहिचान भनेको संस्कृति, सम्पदा, कला र भाषा हो । काठमाडौंमा ७२ सालको भूकम्पले सम्पदाहरुलाई असर पु¥याएको थिया, अस्तव्यस्त भएको थियो । गद्यी बैठक अमेरिकाले बनाइदिएको थियो, दरबार हाइस्कूल चीनले बनाइदिएको छ । हामीले महानगरले बनाइराखेकोमा काष्ठमण्डप, अर्को दुइटा बन्दैछ । यहाँको भाषा, कला, बाजालाई अधिकतम बजेट छुट्टयाएर कसरी बचाएर राख्न सकिन्छ भनेर काम गरेका छौं । यसपालीको नयाँ सत्रदेखि सामुदायिक स्कूलमा नेवारी भाषालाई समेट्ने विचार गरेका छौं । ९१ वटा स्कूलमा १ देखि ८ कक्षासम्म नेवारी भाषाको पाठ्यक्रम शुरु हुन्छ ।