बुटवल भविष्यको आर्थिक, पर्यटन र सांस्कृतिक केन्द्र बन्नेछ : मेयर सुवेदी - Palikanews.com
Connect with us

अन्तर्वार्ता

बुटवल भविष्यको आर्थिक, पर्यटन र सांस्कृतिक केन्द्र बन्नेछ : मेयर सुवेदी

  • 37
    Shares

नेपालका पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उप–महानगरपालिका, ५ नं प्रदेशको रुपन्देही जिल्लामा पर्दछ । देशका प्रमुख राजमार्गहरु पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गको संगम स्थलमा रहेको यस उप–महानगरपालिका विक्रम सम्वत २०१६ सालमा स्थापना भएको हो । नेपाल सरकार, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम सम्बत २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उप–महानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पुर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाँउपालिका रहेको छन् र दक्षिणपट्टिको सिमानाको रुपमा तिलोत्तमा नगरपालिका र सुद्धोधन गाँउपालिका रहेका छन् ।

बुटवल उपमहानगरपालिकामा कोरानाले विकास निर्माण तथा पर्यटनमा पारेको असर, महानगरपालिकामा भैरहेका विकास निर्माणका कार्यहरु, आगामी विकास निर्माणका योजनाहरु आदि सेरोफेरोमा रहेर बुटवल उपमहानगरपालिकाको मेयर शिवराज सुवेदीसँग पालिका न्युज डटकमका लागि डेस्क सम्पादक धर्म सुनारले गरेको कुराकानीको सम्पादित अंशः

बुटवलले विकास निर्माणको कार्यलाई कसरी अगाडि बढाइरहेको छ भन्ने प्रश्नमा सुवेदीले भन्नुभयो, “अहिलेको व्यवस्था एउटा राजनैतिक क्रान्ति पछि आएको नयाँ व्यवस्था हो । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था तीन तहको सरकार आइसकेपछिको पहिलो कार्यकाल हो जसले गर्दा कानुन, विधि, निर्देशिकादेखि लिएर यसको दिगो योजना दिर्घकालीन र आवधिक योजना बनाउनु प¥यो । त्यो सबै गरेर अनि त्यसले खोजेका आफ्नो श्रोतको पनि वृद्धि गर्नुप-यो, श्रोत वृद्धिका योजनाहरु प्नि बनाउनुप-यो । पहिला यसलाई विधि कानुन र दिगो विकास आयोजना आर्थिक हिसाबले आफूलाई सक्षम बनाउने आयोजना, भविष्यमा विकासको आधार फुटीसकेपछि त्यसको पूर्वाधार बनाउने कुराको निरुपण गर्ने काम गरियो ।”

बुटवलमा कोरोनाको अवस्थाबारे प्रश्न गर्दा सुवेदीले भन्नुभयो, “कोरोना संक्रमणको दर पहिलाको ३ अंक र ४ अंकबाट झरेर अहिले २ अंकमा झरेको छ । पहिले दिनमै ३५००–३६०० सम्म संक्रमणको अवस्था देखिएको थियो भने अहिले ५० भन्दा मुनी २ अंकमा झारेका छौं । कोभिड व्यवस्थापनका लागि कोरोना विशेष अस्पताल, आइसोलेसन वार्ड, क्वारेन्टाइन, बाहिरबाट आउनु भएका दाजुभाइ दिदी बहिनीको व्यवस्थापन, होम आइसोलसन, आयुर्वेदिक औषधि, व्यायाम, संक्रमितलाई प्रतिरोध शक्ति बढाउनको लागि मानसिक, शारीरिक व्यायाम गरेर बुटवलले एउटा उदाहरण नै प्रस्तुत ग¥यो । अहिले १ जना मात्र अस्पतालमा हुनुहुन्छ । भ्याक्सिन पनि शुरु गरिसकेका छौं । भ्याक्सिनको प्रसंगमा उहाँले भन्नुभयो, “पहिला मैले सबैलाई लगाएपछि लगाउँछु भन्ने ठानेका थिएँ । तर बुटवलमा ठूलाबडाले डर मानेर लगाएनन् भन्ने नकारात्मक असर मानिसहरुमा गयो त्यसैले मैले भ्याक्सिन लगाएँ । भ्याक्सिन पछि जटिल खालको असर कसैमा पनि देखिएको छैन ।”

बुटवलमा करबाट कति रकम उठेको छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य ५४ करोड राजस्व उठाउने थियो, कोभिडले गर्दा ४५ करोड उठाउन सफल भएका छौं । हामी आउँदा १३ करोड उठ्दथ्यो ।

वितेको समयमा कस्ता कस्ता काम गर्नुभयो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “कृषिमा उत्पादनशिलता बढाउने कुरा, बजारीकरण गर्ने कुरा तर्फ हामी लाग्यौं । त्यसपछि हाम्रो उपमहानगरपालिकालाई सुन्दर बनाउनका लागि पर्यटन हिसाबले व्यवस्थित गर्नको लागि वातावरणिय हिसाबल बुटवलको अध्ययन गर्नुप¥यो, त्यसको अध्ययन गरियो । हाम्रा १७ वटा सामुदायिक वनसँग सहकार्य गरेर ५३ प्रतिशत सौन्दर्य वन व्यवस्थित ग¥यौं । हाम्रो शहर ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण छ, यो शहर १ करोड १० लाख वर्ष पुरानो, मानव सभ्यताको शुरुआत भएको प्रमाणिकता बोेकेको शहर, रामापिथेकसले वसोवास गरेको शहर हो । बुटवल भविष्यको आर्थिक, पर्यटन र सांस्कृतिक केन्द्र बन्नेछ ।
बजेटको सन्दर्भमा उहाँले आफ्नो विचार राख्दै भन्नुभयो, “हामीले दामासाहीमा बजेट बनाउँदैनौं । हामी टोल, संस्था, वडा समन्वय समिति हुँदै ७ चरण पार गरेपछि बजेट तर्जुमा गर्दछौं । त्यसका लागि मापदण्ड तय गरेका छौं । प्राथमिकता निर्धारण गरेका छौं । जनसंख्या, भूगोल, विकासको स्थिति, आम्दानीमा योगदान, कार्यसम्पादनको प्रचुरता यी ५ वटा सूचकांकमा आधारित भएर समतामूलक विकासका लागि बजेट अगाडि बढाउँदछौं ।”

काम गर्दा आएका चुनौतीको प्रसंगमा उहाँले भन्नुभयो, “विकास निर्माणका कार्य गर्दा कुनै प्राविधिक जटिलता आए, कुनै योजना संचालनका जटिलता आए, कहीं श्रोत सुनिश्चितताका लागि जटिलता आए, कहीं सहमति नभएका कारणले जटिलता आए । यस्ता समस्याहरुमा नागरिकको सहकार्य, राजनीतिक दलको सहकार्य, प्रदेश र संघीय सरकारको समन्वय र सहकार्यमा अहिले सम्म आएका समस्याहरुलाई र प्राविधिक विज्ञताका हिसाबमा अप्ठेरो परेका कतिपय विषयहरुमा अन्तर्राष्ट्रिय विकास साझेदार पनि हामीसँग सहकार्य गर्नुभएको छ, उहाँसँग सहयोग लिएर समस्यासँग जुध्ने र अगाडि बढ्ने कार्य हामीले गरेका छौं ।”

  •  
    37
    Shares
  • 37
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

नेपाल एयरलाइन्सको विमान आजै बेइजिङ जादै

मुख्य समाचार51 years ago

शनिबार थप ८,०४६ जनामा सङ्क्रक्रमण पुष्टि, १८७ सङ्क्रमितको मृत्यु, ५,४५५ डिस्चार्ज

बागमती51 years ago

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्दै

बागमती51 years ago

वाणिज्य बैंकका शाखा खुल्न तीन स्थानीय तहमा बाँकी

बागमती51 years ago

जनस्वास्थ्यविद, कोभिड नियन्त्रणका लागि प्रधानमन्त्री ओलीद्वारा सामुहिक छलफल

बागमती51 years ago

मकवानपुरका नौ वटा स्थानीय तहमा आइसोलेशन कक्ष संचालनमा

बागमती51 years ago

चरीकोट अस्पताललाई ५८ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

बागमती51 years ago

नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय

कर्णाली51 years ago

हुम्लामा दुई गाउँपालिका ‘सिल’

बागमती51 years ago

अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

मुख्य समाचार51 years ago

बाँकेमा कोभिड दोस्रो लहरमा झण्डै तीन गुणा बढीको मृत्यु

लुम्बिनी51 years ago

बाँकेमा थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement