नगरप्रमुखलाई खुला पत्र - Palikanews.com
Connect with us

कर्णाली

नगरप्रमुखलाई खुला पत्र

  • 449
    Shares

मेयर ज्यु ,, नमस्कार ! अब त तपाई आफ्नो कार्यकालको उत्तरार्धमा हुनुहुन्छ । जनता लाई दिएको आश्वासनले ५ बर्ष पूरा गर्नै लाग्यो । तपाईंको सेवा अवधिमा नगरबासीले आठबिसकोट नगर भित्र धेरै सन्तोषजनक कामको अपेक्षा राखेका थिए । तपाईंबाट धेरै आशा र विश्वास थियो । त्यसमा के कति पुरा भए त्यो त स्थानीय बासीन्दाले प्रष्ट रुपमा देखिसकेका छन् । जसको मूल्याङ्कन अब बाँकी रहेको तपाईंको कार्यकालमा हुने कामबाट नगरबासीले गर्ने नै छन् । तपाई लाई यो खुला पत्रमा के लेखौँ –लेखौँ लाग्दैछ । जुन विषयवस्तु हरु यसअघि पनि कयौंपटक लेखिसकेको छु । समाचार आइसकेपछि त्यसको खण्डन तर्फ मात्रै जाने तपाईंको बानीले आठबिसकोट क्षेत्रमा कहिल्यै सुधार आउनसकेको छैन ।

नगर प्रमुख ज्यु,,राष्ट्रको प्रगतिको आधार त्यस देशका नागरिकले प्राप्त गर्ने शिक्षाको स्तरले निर्धारण गर्दछ । कुनै पनि राष्ट्रको शिक्षाको आमुल विकासको लागि राष्ट्रिय दृष्टिकोण, नीति र नीति कार्यन्वयनको संकल्प सहितको सुशासन अपरिहार्य मानिन्न्छ । शिक्षामा,स्वास्थ्य र यातायातमा बिकास र सुशासन कायम के कति लागु भयो त्यो त तपाई लाई थाहा होला ? नेपालको संविधानले १२ कक्षासम्मको शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारभित्र राखेको छ । त्यो अधिकार लाई कसरी प्रयोग गर्नुभयो ? शिक्षामा गुणस्तर कत्तिको बढेको छ ? त्यो पनि आम आठबिसकोटबासीले मुल्यांकन गरेका छन् । विकास मापनको आधारभूतमध्यको प्रमुख विषय भनेको शिक्षा, स्वास्थ्य र यातायात हो । यी प्रमुख क्षेत्रमा आठबिसकोटबासी निराशाजनक मात्रै होईन आक्रोशित समेत देखिँदा उनिहरु आफैलाई पश्चाताप लाग्छ होला । नगरपालिका भित्र मठमन्दिर निर्माण ,पर्यटकीय पदमार्ग,कृषि श्रमसहकार्य लगायतका उपभोक्ता समिति मार्फत संचालित धेरै राम्रा योजनाहरु छन् । तर तपाई यस्ता स्वागत योग्य योजनाहरुबाट अन्तैकतै भड्किएको जस्तो भान हुन्छ।

बिकास निर्माणका कार्यहरू त अलपत्र छन् नै शिक्षामा मनपरि तन्त्रले च्यापिसकेको अवस्था छ। विद्यालय सुधार योजना अघिसारेर मात्रै हुँदैन योग्यता र दक्षताका आधारमा शिक्षक परिचालन नभएको गुनासाहरु जनस्तर बाट नै बढ्दै छ। सडकको कुरा गरौँ ,,चिसापानी राडी सडकखण्ड कालोपत्रेमा ढिलाई किन ? तपाईंको टोलमा मोटर बाटो खनिदिन्छौँ भनेर पार्टी प्रवेश गराएर अहिलेसम्म बाटो किन खन्नु भएन? तपाई आफै सवार गर्दा सडक धुलाम्मे÷ हिलाम्मे हुँदा अलिकतिपनी तपाईंको आँखामा धुलो पसेन? सडक खन्नेक्रममा जोखिममा परेको गारासिम्तारा,डाँफेको वस्ती प्रती तपाईंको ध्यान गएन ? पाँच वर्षमा पाँच किलोमिटर सडक पनि पिच गर्नु भएन?खानेपानीको हाहाकार उस्तै छ , बिजुलीको महँगो शुल्क तिरेर उपभोक्ताले हैरानी खेपिरहेका छन् । ११ वर्ष बित्नै लाग्यो कालाखोला जलविद्युत किन सन्चालन भएन? बजेट अभावका कारण निर्माणाधिन अवस्थामा रहेका योजनाहरु अलपत्र अवस्थामा छन् तर तपाई भने,,ब्यक्तिले चन्दा उठाएर सुरु गरेको अभियानमा नगरपालिकाको तर्फबाट लाखौं सहयोग गर्ने प्रतिबद्धता गर्नुहुन्छ ? तपाईकै वडाका नागरिकलाई मेरो कार्यकालमा भएका काममा कत्तिको सन्तुष्ट हुनुहुन्छ भनी सोध्नुभयो भने तपाईले ठोस जवाफ त्यहीँ पाउनुहुन्छ। समग्रमा बिकास निर्माण लाई हेर्ने हो भने नगरपालिकामा लथालिङ्ग परेको अवस्था छ । यस तर्फ नगरप्रमुखको ध्यान जान जरुरी देखिदैनर?

मेयरज्यू,बिकास साना– साना कुरामा हुनुपर्छ । ती स–साना कुरा भनेको बास,गास र आवास हुन् ।यी कुरामा नगरबासी कत्तिको सन्तुष्ट छन् एकपटक मुल्यांकन गर्नुहोला।मेयर साव!लाई कहिलेकाही त बाडुली पनि सारै नै लाग्दो हो,, आजकल तपाईंलाई । बाडुली लाग्ने भनेकै तपाई जस्ता ठुलाबडालाई हो ,, किनकी म जस्तै सयौं नागरिकले तपाई लाई सम्झिन्छ्न। बाटोमा धुलो खादा होस् , भेरीको पानी पिउँदा होस् या अँध्यारो साझमा मैन बत्ती बाल्न सलाईको काटी कोर्दा होस् । कम्तिबिजोग छ,, शुद्ध खानेपानी नपाएर, बिजुली बाल्न नपाएर अनि त्यो सडकमा यात्रा गर्न बज्जारिदै दुई पाँग्रे सवारी भिरमा ठोक्किएला भन्ने चिन्ता लिएर !

सायद ,, कार्यालयको कामकाजमा आउने सेवाग्राही ,सडकमा यात्रागर्ने यात्रु , फोहोर पानी पिउँन बाध्य भएका बासिन्दा लगायतका थुप्रै नागरिकको तपाई अभिभावक हो । ती नागरिकले तपाई संग समस्याको समाधान भोलि त होला भन्ने आशामा वर्ष नै बित्न आँट्यो । तपाईंको व्यक्तित्वबाट म प्रभावित भएको व्यक्ति हो तर पनि कार्यसम्पादनमा तपाई जागरीलो भएको देखिएन। पौराणिक शैलिका मठमन्दिर,शिक्षा स्वास्थ्य र यातायात क्षेत्रमा सुधार होला अनि समृद्ध नगरको परिकल्पना गरेझै यथार्थमा पूरा होला भन्ने हामी नगरबासीको आशा थियो।

धेरै लामो पत्रपनी नलेखौँ बुँदागत रुपमा कयौं प्रश्नहरु पनि छन् ती प्रश्नहरु अर्को पत्रमा समावेश गरौंला अन्तमा,,अब तपाईले आफ्नो कार्यकालको अन्तिमतिर , सट्टा पट्टामा शिक्षक परिचालन बन्द , यातायात क्षेत्रमा व्यवस्थापन ,खानेपानीमा जोड , सडक कालोपत्रे,विद्युत संचालन ,कृषि उत्पादनलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरण ,जनताको दैनिक जीवनमा अत्यावश्यक पर्ने नुन, दूूध, पेट्रोलियम पदार्थ, औषधि जस्ता वस्तु सूचिकृत र अबैध रुपमा सञ्चालन भैरहेका व्यवसाय
लगायतका क्षेत्रमा आफ्नो निर्भीकता देखाउनुहोस।

तपाईको शुभेच्छुक ,नगरबासी
 अर्जुन बिष्ट

  •  
    449
    Shares
  • 449
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

काठमाडौं उपत्यकामा मात्रै ४,८२५ जना कोरोना संक्रमित थपिए

बागमती51 years ago

पछिल्लो २४ घण्टामा ५८ को मृत्यु, ८,६०५ जना संक्रमित थपिए

कर्णाली51 years ago

कर्णालीमा कोरोना नियन्त्रणका लागि साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता

मुख्य समाचार51 years ago

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ

बागमती51 years ago

राष्ट्रपति भण्डारीद्वार रेल्वे अध्यादेश, २०७८ जारी

लुम्बिनी51 years ago

गैँडाकोट नगरपालिकाको सबै सेवा बन्द

अन्तर्वार्ता51 years ago

सन्तुलित र समानुपातिक विकास गरेका छौँ : नगरप्रमुख न्यौपाने

बागमती51 years ago

रेम्डेसिभिर कोभिडको अचुक औषधि नभएको विभागको दावि

अर्थ51 years ago

घट्यो सुनको मूल्य, तोलामा कति ?

अर्थ51 years ago

निषेधाज्ञाले घटायो पेट्रोलियम पदार्थको मुल्य

मुख्य समाचार51 years ago

खेतमै तरकारी खेर जाने भन्दै कृषक चिन्तित

लुम्बिनी51 years ago

लुम्बिनी अस्पतालको फिबर क्लिनिकमा ४ कोरोना संक्रमितको मृत्यु

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement