एन आई सी एशिया बैंकको नयाँ वर्ष अफर : डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट - Palikanews.com
Connect with us

अर्थ

एन आई सी एशिया बैंकको नयाँ वर्ष अफर : डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट

नयाँ वर्ष २०७८ ले सम्पूर्ण ग्राहक महानुभावहरूमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ एन आई सी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ ।

यस आकर्षक योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplace र Stopgrab बाट २०७८ वैशाख ३ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका ग्राहक महानुभावहरूले ई–कमर्शमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू.१५०० सम्म नगद रकम फिर्ता (Cash Back) प्राप्त गर्न सक्ने बताईको छ ।

साथै, बैंकले Daraz सँग सहकार्य गर्दै ग्राहक महानुभावहरूलाई ई–कमर्श मार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम रू.१५०० सम्म छुटको योजना समेत ल्याएको छ ।

नेपालमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट तथा नगद फिर्ताको व्यवस्था गरेको हो ।

यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको iServe  मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नुहुनेछ । साथै, बैंकले Kathmandu Marriott Hotel / Drishya Lounge  मा New Year Eve को दिन सेवा लिई यस बैंकको कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने योजना समेत ल्याएको छ ।

बैंकले म्युजिक नेपालसँग सहकार्य गरी MOMO App  मार्फत NICASIA2078 कुपन कोड प्रयोग गरी आफ्नो ग्राहक महानुभावहरूको लागि निःशुल्क रुपमा एक महिनाको लागि Subscription हुने गरी विभिन्न लोकप्रिय गीत तथा संगीत सुन्न तथा चलचित्र हेर्न सकिने व्यवस्था गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

२२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

  •  
  •  
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

नेपाल एयरलाइन्सको विमान आजै बेइजिङ जादै

मुख्य समाचार51 years ago

शनिबार थप ८,०४६ जनामा सङ्क्रक्रमण पुष्टि, १८७ सङ्क्रमितको मृत्यु, ५,४५५ डिस्चार्ज

बागमती51 years ago

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्दै

बागमती51 years ago

वाणिज्य बैंकका शाखा खुल्न तीन स्थानीय तहमा बाँकी

बागमती51 years ago

जनस्वास्थ्यविद, कोभिड नियन्त्रणका लागि प्रधानमन्त्री ओलीद्वारा सामुहिक छलफल

बागमती51 years ago

मकवानपुरका नौ वटा स्थानीय तहमा आइसोलेशन कक्ष संचालनमा

बागमती51 years ago

चरीकोट अस्पताललाई ५८ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

बागमती51 years ago

नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय

कर्णाली51 years ago

हुम्लामा दुई गाउँपालिका ‘सिल’

बागमती51 years ago

अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

मुख्य समाचार51 years ago

बाँकेमा कोभिड दोस्रो लहरमा झण्डै तीन गुणा बढीको मृत्यु

लुम्बिनी51 years ago

बाँकेमा थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement