प्रथम महालक्ष्मी मेयर कप प्रतियोगिता समपन्न - Palikanews.com
Connect with us

खेलकुद

प्रथम महालक्ष्मी मेयर कप प्रतियोगिता समपन्न

  • 20
    Shares

चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमीको आयोजना र महालक्ष्मी नगरपालिका ललितपुरको प्रायोजनमा “प्रथम महालक्ष्मी मेयर कप तथा राष्ट्रिय जुनियार (आई.टि.एफ) तेक्वान्दो प्रतियोगिता समपन्न भएको छ । सो कार्यक्रम महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो ।

प्रथम महालक्ष्मी मेयर कप तथा राष्ट्रिय जुनियार (आई.टि.एफ) तेक्वान्दो प्रतियोगिताान महिला तर्फका १५–२० के.जी विधामा सुरक्षा लामा प्रथम हुनुभएको थियो भने सजनी खड्का दोस्रो र महिमा बस्नेत तेस्रो स्थानमा हासिल गर्नुभएको थियो ।

२०–२५ के.जी विधामा सुप्रिना लामा प्रथम स्थान हात पर्न सफल हुनभएको छ भने रिया श्रेष्ठ दोस्रो स्थानमा र अनामिका लिम्बु र दिक्षा तिवारी तेस्रो हुनुभएको थिाये । २५–३० के.जी विधामा जेजिना थापा प्रथम हुनभएको थियो भने प्रकृती मगर दोस्रो स्थान हुनभएको छ ।
३०–३५ के.जी विधामा राधिका कार्की प्रथम, सुजिना तामाङ्ग र सिद्धिका कुँवर दोस्रो र स्वीकृती गिरी तेस्रो हुनुभएको थियो ।

३५–४० के.जी विधामा अन्सिष कार्की प्रथम, रोलिना तामाङ्ग दोस्रो र एन्जल श्रेष्ठ र अरुणा निरौला तेस्रो हुनुभएको थियो । ४०–४५ के.जी विधामा मनिषा तामाङ्ग प्रथम, सिमा थापा दोस्रो र शर्मिला पौडेल तेस्रो हुनुभएको थियो । ४५–५० के.जी विधामा करुणा गौतम प्रथम, आयुषना घिमिरे दोस्रो, आस्था के.सी र एलिजा राउत तेस्रो स्थान हात पर्नुभएको छ ।

त्यस्तै पुरुष तर्फबाट १५–२० मा सुजन पुन मगर प्रथम हुनुभएको थियो भने आरुष कार्की दोस्रो, सहिल रसाईली र बिनित मगर तेस्रो हुनुभएको हो । २०–२५ मा रिजन भारती प्रथम, सदिक राज थापा दोस्रो, पासाङ्ग तामाङ्ग र युगल मल्ल तेस्रो हुनुभएको थियो । २५–३० मा प्रसन्न बि.क. प्रथम, मन्जिल मग्राती दोस्रो, निस्चल मल्ल र राजेश तामङ्ग तेस्रो र ३०–३५ मा दिपजल ठकुरी प्रथम, निरन तामाङ्ग दोस्रो, सुरज चालिसे र प्रबिन तामाङ्ग तेस्रो, ३५–४० मा – अनुश राई प्रथम, राम चन्द्र बोलाखे दोस्रो, प्रबिन के.सी र आयुश बिष्ट तेस्रो हुनुभएको थियो । त्यस्तै ४०–४५ मा मिलन लामा प्रथम, बिसुब जङ्ग कुँवर दोस्रो, निस्चल तामाङ्ग र बिबेक अधिकारी तेस्रो हुनुभएको थियो भने ४५–५० मा समीर थापा प्रथम, निमा घिसिङ्ग दोस्रो, क्षितिज तामाङ्ग र अर्पण कार्की तेस्रो स्थान पर्न सफल हुनुभएको छ ।

विभिन्न विधाका विजेताहरूलाई वडा नं १, २, ४ र ७ का वडा अध्यक्षहरूसहित अन्य अतिथिहरूले पुरस्कृत गर्नु भएको थियो । प्रतियोगितामा महिला उत्कृष्ट खेलाडी मनिशा तामाङ्ग र पुरुष उत्कृष्ट खेलाडी समीर थापा हुनुभएको थियो ।

टिम च्याम्पियनको उपाधी बागमती प्रदेशले हासिल गरेकोे थियो भने गण्डकी प्रदेश टिम दोस्रो हुन सफल भएको छ । उत्कृष्ट खेलाडी र टिम च्याम्पियन र टिम दोस्रोहरूलाई नगर प्रमुखसहित अन्य अतिथिहरूले पुरस्कृत गर्नु भएको थियो ।

उत्कृष्ट खेलाडीहरू र टिम दोस्रोलाई ट्रफीसहित नगद रू पाँच हजार र टिम च्याम्पियनलाई ट्रफीसहित नगर रू दस हजार प्रदान गरी सम्मान गरिएको थियो । त्यस्तै प्रतियोगितामा उपस्थित अतिथि, कोच, रेफ्री र स्वयंसेवकहरूलाई मायाको चिनोहरू समेत प्रदान गरिएको थियो ।

पुरस्कार वितरण पछि सम्बोधन गर्नुहुँदै नगर प्रमुखज्यूले विजेता खेलाडीहरूलाई बधाई दिनु हुँदै आगामी दिनहरूमा थप सफलता मिलोस् भन्ने शुभकामना सन्देश व्याक्त गर्नुभएको छ ।

सहभागी खेलाडीहरूलाई सहभागिता आफैमा एक प्रकारको जीत हो, खेलमा हुने हारजीतलाई सामान्य रुपमा लिई आगामी दिनमा थप उत्साह र लगनका साथ खेलमा निरन्तरता दिन हौसला प्रदान गर्नु भयो । साथै, उहाँले महालक्ष्मी नगरपालिकाले आगामी दिनमा पनि खेलाडीहरूलाई आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उहाँले खेलाडीहरूको सफलताका पछाडी उनीहरूको अत्मविश्वास, लगनशीलता, खेलप्रतिको साधना, निरन्तर अभ्यासका साथै उनीहरूको कोच, ट्रेनर, परिवार र साथीहरूको पनि उतीकै भूमिका रहने हुँदा नगरप्रमुखले उहाँहरूलाई पनि बधाई तथा शुभकामना दिनुभयो ।

विजेता खेलाडीहरूले आगामी दिनमा कुनै किसिमको अहम राख्न नहुने र सधै अनुशासित रहि खेलमा सिकेका कुस्तिको कलालाई खेलामा मात्रै सिमित राख्न आग्रहसमेत गर्नुभएको छ ।

त्यस्तै प्रतियोगितामा विभिन्न प्रदेश बाट ३०० भन्दा बढी खेलाडी कोच, अफिसियलहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सभापतित्व चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दोका अध्यक्ष बिकास के.सी.ले गर्नु भएको थियो ।

महालक्ष्मी नगरपालिकाका नगर उप–प्रमुख निर्मला थापा विशेष आतिथ्यता रहेको उक्त कार्यक्रमा महालक्ष्मी नगरपालिकाका प्रशासकीय प्रमुख पुरुषोत्तम सापकोटा, युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख चिरञ्जीवी पौडेल, वडा नं ७ का वडा अध्यक्ष नकुल थापा, वडा नं १ का वडा अध्यक्ष नन्द कुमार न्यौपाने, वडा नं २ का अध्यक्ष रामबहादुर के.सी , वडा नं ४ का अध्यक्ष लक्ष्मण रोक्का सहित नगर कार्यपालिका सदस्य र वडा सदस्यहरू लगाएत विभिन्न संघ संस्थाका पदाधिकारीहरू, समाजसेवीहरू लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । दिप श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको उद्घाटन महालक्ष्मी नगरपालिका नगरप्रमुख श्रेष्ठले गर्नुभएको थियो भने वडा नं ७ का वडा अध्यक्षलेस्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतियोगिता सञ्चालनको विश्राम समयमा प्रतिभाशाली बालबालिकाहरूबाट नृत्य प्रदर्शन पनि गरिएको थियो ।

  •  
    20
    Shares
  • 20
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

कोभिड–१९ नियन्त्रणको प्रयास : धमाधम निषेधाज्ञा थप गर्दै स्थानीय प्रशासन

मुख्य समाचार51 years ago

पछिल्ला तीन दिन यता रुपन्देहीमा संक्रमण र मृत्यु दर घट्दै

बागमती51 years ago

काठमाडौं उपत्यकामा थपिए २,६०९ जना कोरोना संक्रमित

मुख्य समाचार51 years ago

थप ७,३१६ सङ्क्रमित थपिए, ६,६४८ जना डिस्चार्ज, १४५ सङ्क्रमितको मृत्यु

बागमती51 years ago

संसदबाटै बजेट ल्याउने प्रधानमन्त्री ओलीको संकेत

शिक्षा / स्वास्थ्य51 years ago

एमालेको अन्तरिक समस्या समाधान गर्न कार्यदल गठन

बागमती51 years ago

चाँगुनारायण नगरपालिकामा १०० श्ययाको आइसोलेशन तयार

समाचार51 years ago

होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई नगरपालिकाको कोसेली

बागमती51 years ago

प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा छलफल सुरु

बागमती51 years ago

असार १ गतेदेखि शुरु हुने शैक्षिकसत्र अन्योलमा

प्रदेश १51 years ago

राजापानीबाट भरुवा बन्दुकसहित ४ जना पक्राउ

कर्णाली51 years ago

सामाजिक विकास समितिको प्रदेश सरकारलाई निर्देशन

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement