शक्तिपीठमा भौतिक दूरी कायम राखी भक्तजनलाई दर्शन गराईयो - Palikanews.com
Connect with us

बागमती

शक्तिपीठमा भौतिक दूरी कायम राखी भक्तजनलाई दर्शन गराईयो

चैत्र शुक्ल अष्टमीमा मनाइने चैते दशैँका अवसरमा उपत्यकाका शक्तिपीठमा कोरोना जोखिमबाट बच्न भौतिक दूरी कायम राखी भक्तजनलाई दर्शन गराइएको छ ।

कोरोना जोखिम नभएको बेलाजस्तो भक्तजन मन्दिरमा गएका छैनन् । गएका भक्तजन पनि मास्क लगाइ भौतिक दूरी कायम गरेर दर्शन गर्ने बित्तिकै फर्कने गरेका छन् । उपत्यकाको प्रमुख शक्तिपीठ गुह्येश्वरीमा दुई वर्षअघिको चैते दशैँमा जस्तो भक्तजनको भीड नलागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गीले राससलाई जानकारी दिनुभयो ।

गत वर्षको चैते दशैँमा भने कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले भक्तजनलाई दर्शन गर्न दिइएको थिएन । नित्यपूजा, बलिपूजा, कालरात्रिपूजालगायत विधि भने गत वर्ष पनि पूरा गरिएको थियो ।

आएका भक्तजनलाई दूरी कायम गरी सहजरुपमा दर्शन गराएर फर्काइएको उहाँले सुनाउनुभयो । चैत्र शुक्ल अष्टमीका अवसरमा गरिने पूजा विधि भने मन्दिरमा पूरा गरिएको छ । बेलुकी गुठी संस्थानले कालरात्रि पूजासहित पञ्चबलि दिएर तान्त्रिक विधि पूरा गर्ने समितिले जनाइएको छ । यसको व्यवस्थापन संस्थानले नै गर्ने गरेको छ ।

उपत्यकाको पनि मुख्य शहर बाहिरका ग्रामीण भेगमा रहेका शक्तिपीठमा भने बढी भक्तजन दर्शनका लागि गएका छन् । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ स्थित शिवपुरी नागार्जुन राष्ट्रिृय निकुञ्ज क्षेत्रमा रहेको सुन्दरीमाई मन्दिरमा भने विगत वर्षमा जस्तै भक्तजन गएका छन् ।

अलि टाढाबाट आउने भक्तजन नआएपनि नजिकका प्राय ः भक्तजन चैत्र शुक्ल पक्षको नवरात्रमा मन्दिर दर्शन गर्न आएको मन्दिर व्यवस्थापन समितिका सदस्य सुशील सिम्खडाले जानकारी दिनुभयो । रमणीय स्थलमा भएको मन्दिर भएकाले पनि यहाँ भक्तजनको भीड लाग्ने गरेको छ ।

यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मै रहेको चामुण्डा मन्दिरमा पनि भक्तजनले भौतिक दूरी कायम गरेर दर्शन गरेका छन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर नगरक्षेत्र र काठमाडौँ महानगरपालिका–६ स्थित बौद्ध क्षेत्रमा चामुण्डा रथयात्रा गरिन्छ ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड बमोजिम रथयात्रा चलाउन आज बिहान मन्दिर व्यवस्थापन समिति, वडा कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धले बैठक गरी दिउँसो एक बजेदेखि रथयात्रा चलाउने निर्णय गरेको वडा अध्यक्ष नारायणबहादुर सुवेदीले राससलाई जानकारी दिनुभयो । रथयात्रामा दूरी कायम गराउन प्रहरी र स्वयंसेवकसमेत परिचालन गरिने छ ।

शङ्खरापुर नगरपालिकामा रहेको बज्रयोगिनी मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराइएको छ । यसैगरी उपत्यकाका जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, कङ्केश्वरी, बिजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भाटभटेनीलगायत शक्तिपीठमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराइएको छ ।

यी शक्तिपीठमा गुठी संस्थानलगायत सरकारी निकायबाट हुने बलिसहित पूजा जारी रहने जानकारी गराइए पनि भक्तजनले भने बलिसहित पूजा गरेका छैनन् । उपत्यकाबाहिरका मुख्य शक्तिपीठमा पनि चैते दशैँका अवसरमा भक्तजनको भीड लाग्ने गर्छ । सरकारले सोमबार मन्दिरलगायत सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भीडभाड नगर्ने गरी मापदण्ड जारी गरेको छ ।

  •  
  •  
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

नेपाल एयरलाइन्सको विमान आजै बेइजिङ जादै

मुख्य समाचार51 years ago

शनिबार थप ८,०४६ जनामा सङ्क्रक्रमण पुष्टि, १८७ सङ्क्रमितको मृत्यु, ५,४५५ डिस्चार्ज

बागमती51 years ago

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्दै

बागमती51 years ago

वाणिज्य बैंकका शाखा खुल्न तीन स्थानीय तहमा बाँकी

बागमती51 years ago

जनस्वास्थ्यविद, कोभिड नियन्त्रणका लागि प्रधानमन्त्री ओलीद्वारा सामुहिक छलफल

बागमती51 years ago

मकवानपुरका नौ वटा स्थानीय तहमा आइसोलेशन कक्ष संचालनमा

बागमती51 years ago

चरीकोट अस्पताललाई ५८ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

बागमती51 years ago

नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय

कर्णाली51 years ago

हुम्लामा दुई गाउँपालिका ‘सिल’

बागमती51 years ago

अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

मुख्य समाचार51 years ago

बाँकेमा कोभिड दोस्रो लहरमा झण्डै तीन गुणा बढीको मृत्यु

लुम्बिनी51 years ago

बाँकेमा थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement